Kali Yug ko Chamatkar????

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Really???? बोकाले दूध दिएपछि... By Salokya on Dec 8, 2009 - 7:23 AM filed under समाचार/विचार. मोहन बस्याल/चितवन जलवायु परिवर्तनका कारण साङ्गलाले धेरै सन्तान जन्माउन थालेको खबर सुन्दा आश्चर्य लागेको थियो। नब्याएको कोरली बाच्छीले दूध दिएको सुन्दा पनि आश्चर्य लागेकै हो। तर उखानमा मात्र गोरु ब्याउने कुरा सुनेको मान्छेले बोकाले दूध दियो भन्ने सुन्दा आश्चर्य नलाग्ने कुरै भएन। शुरुमा त हल्लाको देशमा नयाँ हल्ला भन्ने लागे पनि बोका पाल्ने किसानले दूध दुहेरै देखाएपछि त पत्याउनै पर्‍यो। त्यतिमात्र होइन, चितवनमा पशु सेवा कार्यालयका प्रमुख बिष्णुकुमार श्रेष्ठले पनि बीसौँ वर्ष पशु सेवामा लाग्दा पनि यस्तो नदेखेको बताएपछि त यो खबर माइसंसारका पाठकलाई पनि सुनाउन मन लाग्यो। राजधानी बनाउने पहल शुरु भएपछि एकाएक नचिताएको मूल्यमा जग्गा खरिदबिक्री हुन थालेको चितवनमा धेरै खेत भएका कृषक यसै पनि खुशी थिए। अब बोकाले पनि दूध दिन थालेपछि खुशी नहुने त कुरै भएन नि हैन र? बिहाडका लागि भनेर पालिएको बोकाले दूध दिन थालेपछि चितवनको एक किसान परिवार आश्चर्यमा परेको छ। चितवनको भरतपुर नगरपालिका १२ निवासी बलबहादुर खड्काले पालेको बोकाले गाईभैँसीले जस्तै गरी दूध दिन थालेको हो। जमुना पारी नामको सो बोकाको थुन बढ्दै गएपछि हात लगाउँदा दूध आउन थालेको ८१ वर्षीय बलबहादुर खड्काले बताए। बोकाको थुनबाट दूध आउन थालेपछि पशु डाक्टरहरुलाई समेत देखाइएको छ। करिब डेढ वर्षअघि रामपुरमा रहेको फार्मबाट बिहाडकै लागि भने खड्काले किनेको ४२ किलोको सो बोका अहिले ८० भन्दा बढी किलोको भएको छ। बिहाडे बोकाले दूध दिने थाहा पाएपछि अहिले खड्का निवासमा दिनहुँ सयौँको भीड लाग्ने गरेको छ। जो आएपनि खड्का र उनकी श्रीमति उमा खड्काले बोका दुहेर देखाइदिने गरेका छन्। यस घटनाले सर्वसाधारण मात्र होइन, पशु चिकित्सकहरु समेत आश्चर्यचकित परेका छन्। स्त्रीलिङ्गीले बालि नजाँदै दूध दिएकोसम्म सुन्ने र देख्ने अवसर पाएका पशु चिकित्सकहरु बोकाले दूध दिएको आफ्नै आँखाले देख्दा अचम्ममा परेका छन्। जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक बिष्णुकुमार श्रेष्ठले हार्मोनको अनुपात बढी भएका कारण बोकाको थुनबाट दूध आएको हुन सक्ने अनुमान गरेका छन्। बोकाले दूध दिएको थाह भएपछि पशु सेवा कार्यालयले दूधको ल्याव टेष्ट समेत गराएको थियो। ल्याव टेष्टको रिपोर्टले पनि बोकाको दूध सामान्य गाईभैँसीको दूध भन्दा फरक नभएको प्रमाणित गरेको छ। पशुसेवा कार्यालयका बरिष्ठ पशु बिकास अधिकृत तेजबहादुर रिजालका अनुसार बोकाको दूधमा चार दशमलव चार प्रतिशत फ्याट, ३ दशमलव ५४ प्रतिशत प्रोटिन, ८.२२ प्रतिशत एस.एफ.एन. चार प्रतिशत कन्डक्टिभिटि, २७ प्रतिशत डेनसिटिको मात्रा रहेको छ। कहीँ नभएको जात्रा हाँडीगाउँ भनेझै चितवनमा देखिएको दूध दिने बिहाडे बोका साँच्चिकै नमुना बनेको छ।

Poon-Hill · Dec 8, 2009 8:23 AM · 3,070 views

2 Replies

now goats are getting handjobs....

sanobhaiisthulodai · Dec 8, 2009 8:46 AM

lol that's just plain stupidity. do people have brain to think or just too busy to follow herd-mentality.

novaguy83 · Dec 8, 2009 9:09 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all