मेरो देश ऊ पर कतै पहिरो गएको पाखो आशाको जुइनो फुस्किएको झोलुङेपुल अनी समस्याहरुको उर्लदो भेल साँझ कतै एक्लिएको बालकको क्रन्दन अलपत्र भास्सिदै गैरहेको जवान स्पन्दन अनी निराशाको बोझले चाउरीएको अनुहार टुकी बालेर धुम्धुम्ती बसेकी बुढी आमै भविष्य खोज्न हिंडेको हर्के अनी सिरानी भिजाउने चिसा ओछ्यानहरू तराई डाँडा काँडा हिमालले सजिएको ठाउँ आफ्नैसँग अल्झिएर भीरबाट लडेको शान्ती अनी बिचारै बिचारको कोलाहल खेतालाको सम्पत्तिमा जमिन्दारको भाग बन्डा चुपचाप तमासा हेर्ने तमासे अनी एक्लै सुक्क सुक्क रोइरहेको मेरो देश
nakkali keti · Dec 7, 2009 12:02 PM · 18,703 views
समय सापेक्ष एकदमै मार्मिक यथार्त पस्केकोमा धन्यवाद ! गजब छ ! लेख्दै गरम पढ्ने हामी छम !
ritthe · Dec 7, 2009 12:16 PM
गजब! यी सबै मन छुने हरफहरुबिच, एउटा आशाको त्यान्द्रोको हरफ पनि घुसाऊन सके के हुन्थ्यो होला! कवितालाई भनेको हैन आफ्नै बैरी मनलाई सान्त्वना दिन मात्र खोज्या हो नि फेरि।
Birkhe_Maila · Dec 7, 2009 12:25 PM
ritthe त्यही पढिदिने मान्छे भेटेको भएर लेख्ने आट आको हो । comment लागि धन्यवाद । जिम्बाल दाई (यस्तो handsome मान्छे लाई बा भन्नै मन लागेन :)) comment को लागि सधैं झै आभारी छु । हो त एउटा आशाको त्यान्द्रो त मलाई पनि थप्न मन लागेको तर त्यो त्यन्द्रो के हुन सक्ला भनेर सोच्दा सोच्दै म अल्मलिएँ । चाहिन त हामी सबैलाई चाहिएको छ नि के गर्नु र? Last edited: 07-Dec-09 03:47 PM
nakkali keti · Dec 7, 2009 3:47 PM
>>>जिम्बाल दाई (यस्तो handsome मान्छे लाई बा भन्नै मन लागेन :)) <<< हामीलाई देख्या भये झन के भन्नि होला... हरेsssssssssss
ritthe · Dec 7, 2009 4:21 PM
<<जिम्बाल दाई (यस्तो handsome मान्छे लाई बा भन्नै मन लागेन :)) >> लोल महा लोल ।।। बिर्खे बा ऐना हेरी हेरी मख्ख होला । <<हामीलाई देख्या भये झन के भन्नि होला... हरेsssssssssss >> बिर्खे बा दाई भए त हामी त बच्चा हरु भयौ रिट्ठे सान । अब कबिता तर्फ लागु एक दम राम्रो लाग्यो कबिता , तितो मिठो भयो , तितो देश सम्झेर मिठो हर्फहरु ले गर्दा
???? · Dec 7, 2009 4:29 PM
कुरा चै point को गरेको हो रिट्ठेले, बैरे ले त झन circle कै गरेको हो ......हुन त रिट्ठेको प्रश्नको जवाफ बैरेले दिसक्या भए नि आफ्नै शब्दमा भन्नु पर्दा अब जिम्बाल बालाई दाई भने पछी त्यही proportion मा भन्नु पर्दा रिट्ठेलाई भतिज भन्नु पर्ला, कसो बैरे ? प्रतिकृयाको लाई बैरेलाई पनि धन्यवाद ।
nakkali keti · Dec 8, 2009 9:20 AM
हन रिट्ठे त मेरो नी भतिज हो भन्नु पर्ला कि जस्तो पो लाग्यो त गाँठे। अनि जिम्माल र म पैला पैला--कभर्ड हलाँ टेबलटेनिस भल्न जन्थिम -- सरसोती क्याम्पस हुँदी त ९ कक्षाँ हुँदै देखि जान थालेको -- अनि अस्कलाँ त जानै परो। उता जेपी हाईस्कुल, युबक देखि लिएर पब्लिक युथ सम्म नी भ्याकै हो -- अब चुम्बक जता ततै आफ्नो मन त फलामे दरो थ्यो नी के गर्नु र -- चुम्बकको अगाडी नसकिने -- त्यसरी जिम्माल र म जताततै जाँदा सबैले ह्यान्सी -- कस्तो राम्रो केटा यस्तै यस्तै भन्थे -- तरुनीहरुले। पछी एकदिन जिम्मालले शहीद गेटाँ एक चौथाई बदाम र चना किने --त्यै खाँदै धररा तिर जाँदा दिक्क भएर हैन "तँ सँगै नभाको बेला खै के मिल्दैन मिल्दैन तरुनीहरुले केई भन्दैनन् भन्या" भन्थे -- हिंजै जस्तो लाग्छ। ए साँची कबिता त मन छुने हो। पैला नी यस्तै कबिताले छोएर झन्नै उपन्यास लेख्नु पर्या थ्यो फेरी त्यति लामो उपन्यास लेख्यो भ्याई नभ्याई लास्टाँ ट्र्याजिडी त हो-- धिक्कार होस भनेर लेखिन।
Deep · Dec 8, 2009 3:13 PM
My Nepal, My Pride
Veer Gorkhali · Dec 8, 2009 6:46 PM
हुन त तिम्रो मेरो झगडा परिरहन्छ तर पनि तिम्रो कबिता चै राम्रो छ है नक्कली नानी । लेख्दै जाउ के थाहा परिजात ले फेरी जन्म को लियेन्की तिम्रो रुप म । अनी नानी तिमलाई येती मिठा शब्द कोर्न आउदो रैछ त फेरी किन तिता मनै पोल्ने शब्द भन्छौ , कास तिम्रो अरु बेला को बोली पनि यस्तै मिठो भए म तिमलाई नक्कली केटी हैन सक्कली मान्छे नै भन्थे । जय होस् नेपाल पशुपती नाथ ले हाम्रो रक्षा गर्न भिसा नपौलन त्यता भाका मान्छे को चै रक्षा गरुन
amricane · Dec 8, 2009 6:59 PM
Deep अब रिट्ठे जस्तो भद्र केटो लाई भतिज भन्छु भन्दा के नै भन्लिन त घरकीले ? सल्लाह गरे हुन्छ नि त एक फेर :) कबिता ले मन छुन सकेकोमा खुशी लाग्यो । Veer Gorkhali मलाई चै Our Nepal, Our Pride भन्न मन लाग्यो । माथि आँफैले लेखेको "मेरो देश" लाई सच्याउन मन लाग्यो । amricane "हुन त तिम्रो मेरो झगडा परिरहन्छ" मलाई तपाईं सँग सामान्य शब्द साटासाट गरेको त थाहा छैन झगडा पर्नु त परै जावोस । तपाईं झुक्किनु भये जस्तो छ । पारीजातसँग तुलना गर्दिदा मलाई क्षणिक खुशी लाग्नु त स्वाभाबिक नै हो तर ति श्रस्टा को साह्रै अबमुल्यन हुन्छ। मलाई आफ्नो धरतल थाहा छ । प्रतिकृयाकोलागि धन्यबाद ।
nakkali keti · Dec 9, 2009 8:45 AM
हरेsss भतिज भन्ने होड्बाजी चलिरा रैछ यता त ! हुन्छ हुन्छ आ-आफ्नो उमेर अनुसारको मिल्ने सम्बोधन गरे हुन्छ मलाई सबैले खुशी नै हुन्छु भतिजा सुन्दा नक्कलीले मलाई भद्र भन्देको मा मुठी मुठी धनीयाको पात ! यस्तो जाडोमा रहु माछा को झोल मा हाल्न काम लाग्छ ! >>>जिम्मालले शहीद गेटाँ एक चौथाई बदाम र चना किने --त्यै खाँदै धररा तिर जाँदा दिक्क भएर हैन "तँ सँगै नभाको बेला खै के मिल्दैन मिल्दैन तरुनीहरुले केई भन्दैनन् भन्या" भन्थे <<< भनेसी साँचो त दीप संगै रैछन्त ! उबेला गोडा चार एक साँचो त हाम्ले नि बोक्या हुँम् ! झन्डै ठेकेदार भइया थियो !
ritthe · Dec 9, 2009 8:58 AM
नक्कली कान्छी तिमी तेइ केटी हैनौ कट्टर माओवादी बिरोधी अनी कसैले प्रचन्ड बाबुरामको नाम लिने बित्तिकै खाउला जस्तो गर्ने मान्छे ! म मेरो साथी र दुस्मन लाई कैले बिर्सन्न के । पाको बेला एउटा सम्बाद हानी हालेको मात्र नी तिमी मेरो दुस्मन चै हैन नी । तिमी पनि नेपाली त्यो माथि साहित्य प्रेमी अनी पनि । एउटा कुरा चै खुशी लाग्यो के तिमी बाट , हाम्रो देस म एउटा कबिता कोर्ने बित्त्कै अफुलाई महाकबी थान्ने र एउटा गीत गाउने बित्तिकै कै नारायण गोपाल सँग तुलना गर्दै हिद्द्ने को कमी छैन तिमी आपबाद भयेउ खुशी लाग्यो । यो सम्बद चै नभुल्नु नी
amricane · Dec 9, 2009 9:49 AM
Pyari Keti र Nakkali Keti मा झुक्केछ अम्रिकाने ब्रो lol
ritthe · Dec 9, 2009 9:54 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion