enjoy http://www.sportytube.net/2009...
sano_kanchha · Dec 7, 2009 6:33 AM · 13,401 views
Nepal playing excellent.
sano_kanchha · Dec 7, 2009 6:43 AM
२०६६ मंसिर २२ - ४० मिनेट- सुशिल कुमारले प्रहार गरेको बललाई नेपाली डिफेन्डर अञ्जन केसीले गोल लाइनबाट जोगाएका छन् । तुरुन्तै प्रत्याक्रमणमा योगेशको प्रहार बाहिरिएको छ । ३५ मिनेट- नेपालले गोल गर्ने राम्रो मौका गुमायो । अनिल गुरुङलाई फ्रि-हेडको अवसर, तर पोस्टको केही माथिबाट बाहिरियो । ३३ मिनेट- नेपालले खेलाडी परिवर्तन गरेको छ । विजय गुरुङको स्थानमा योगेश श्रेष्ठ मैदानमा प्रवेश गरेका छन् । ३० मिनेट- खेलले आधा घन्टा छोएको छ । बल अधिकांस समय मैदानको बीच भागमै रहेको छ । उल्लेखनीय मुभ बनाउन दुवै टिम असफल । २५ मिनेट- नेपाली गोलरक्षक विकास आफ्नो किट मिलाउँदै छन् । उनलाई निर्देशन दिन गोलरक्षक प्रशिक्षक उपेन्द्रमान सिंह पनि मैदानमा पुगेका छन् । नेपाली खेलाडी एक आपसमा सल्लाह गर्न ब्यस्त छन् । २० मिनेट- एक गोलले पछाडि परेको स्थितिमा नेपालले सम्हालेर खेल्न सुरु गरेको छ । भारतका लागि गोल गर्ने खेलाडी बलवन्त सिंह । फ्रि-किक प्रहार विकासले बचाएपनि फर्केको बेलमा गोल भएको हो । आधिकारिक निर्णय पहिलो हाफको समाप्तीमा थाहा हुनेछ । १८ मिनेट- उफ, नेपालले गोल खाएको छ । विकास मल्लको आत्मघाती गोल जस्तो देखिएको छ । नेपाल एक गोलले पछाडि परेको छ । १५ मिनेट- नेपाललाई पहिलो कर्नर प्राप्त । राजु तामाङको कर्नर शसत्त रहन सकेन । यसबीच कप्तान सागर थापाले पहेँलो कार्ड पाएका छन् । १० मिनेट- नेपालले विस्तारै आक्रमण बुन्न सुरु गरेको छ । जुमनु राईले राम्रो मौका प्राप्त गरेका थिए, तर उनी चुके । भारतीय गोलरक्षककविरुद्ध वन भर्सेस वनमा गोल गर्न चुके । राम्रो मौका गुमेको छ । अर्कोतर्फ पाँच सयको हाराहारीमा बंगलादेशमा पढ्ने नेपाली विद्यार्थी रंगशालामा उपस्थित छन् । ५ मिनेट- बल मैदानको बीच भागमा रहेको छ । दुवै टिम टिम समन्वय मिलाउन ब्यस्त छन् । यसबीच नेपालका लागि अनिल गुरुङले पहिलो आक्रमण गर्ने प्रयास गरे । तर यो शसक्त रहेन । नेपाली समर्थक पनि पर्याप्त मात्रामा रंगशालामा उपस्थित छन् र उनीहरू खेलाडीको हौसला बढाउन ब्यस्त छन् । १ मिनेट- अन्ततः बहुप्रतिक्षित नेपाल र भारतबीचको खेल सुरु भएको छ । नेपालको एक खेलबाट एक अंक छ । भारतको भने तीन अंक छ । उसले अफगानिस्तानलाई १-० ले हराएको थियो । भारतले यू-२३ टिम उतारेको छ ।
sano_kanchha · Dec 7, 2009 6:47 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion