Naya Hajur

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नयाँ हजूर! – ५ By Kusum Gywali  Today at 11:14 हजारौ सेनाका बटालिएनहरु अर्ध शैनिक मिलिसियाहरु लाखौ सकेट बमहरु यल.यम.जी.हरु, जी.पी.यम.जीहरु वा ए.के. फोर्टी सेभेनहरु बोकेका पेशेवर लठैतहरुले कसरी स्थापित गर्लान निहत्था जनताको नागरिक सर्बोच्चता बन्द गरेर नागरिकका स्वतन्त्र सडकहरु रोकेर नागरिक यात्राका यातायातहरु कब्जा गरेर विरोधी नागरिकका घरजग्गाहरु नाकावन्दी गरेर निहत्था नागरिकका बस्तीहरु थुनेर शालीन विप्लवी आवाजहरु ए नयाँ हजूर, कसरी कायम गर्छौ निहत्था जनताको नागरिक सर्बोच्चता कायम भएन भने नयाँ हजूरले भने जस्तो नागरिक सर्बोच्चता फेरि काटिनेछन् निहत्था मुक्तीनाथ अधिकारीका हातहरु जलाईनेछन अरु केही थान काजोल खातुनहरु खुकुरीले रेटिने छन केही नागरिक प्रतिनीधी यदू गौतमहरु गठन गरेर केही प्राइभेट अदालत फाँसी दिइनेछ दूर्गमका पत्रकार बिरेन्द्र शाहहरुलाई केही लोकतन्त्रका शालीन आवाजहरुलाई उडाइनेछ एम्वुसमा पारेर केही यात्रुसहितका बसहरु लुटिनेछन केही नागरिकको स्वामित्वका बैकहरु भाँचिनेछन् केही नारा लगाउने हातहरु ठोकीनेछ गोली थप केही नारायण पोखरेलहरुलाई भत्काइने छन् केही मन नपरेका अनुहारहरु अनि घोषणा हुनेछ नागरिक सर्वोच्चता स्थापित भएपछि नयाँ हजूरको नागरिक सर्बोच्चता हामीलाई मुस्कील पर्नेछ नागरिक सर्बोच्चतालाई चिन्न कुनै बेला त्यो सवाकरोडको सेतो पजेरो जस्तो देखिनेछ कुनै बेला त्यो सवालाखको पलंग जस्तो देखिनेछ कनै बेला त्यो बैठकै नबसेर लिइएको भत्ता जस्तो देखिनेछ कुनै बेला त्यो बलपूर्वक कब्जा गरिएको ठेक्का जस्तो देखिनेछ कुनै बेला त्यो जुँगे सुप्रीम कमा48डरको आक्रोस जस्तो देखिनेछ ए नयाँ हजूर, कसरी भोग्ने होला त्यो त्रासद बिना लोकतन्त्रको नागरिक सर्बोच्चता

senseless · Dec 6, 2009 4:47 AM · 8,331 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all