Click Here for Video प्रशासनले तीन जनाको मृत्युको मात्र पुष्टी गरे पनि घटनास्थलमा थप दुई जना सुकुम्बासीको लाश फेला परेको छ। यस अनुसार हिजोको घटनामा पाँच जनाको मृत्यु भएको छ जसमा एक जना प्रहरी हुन्। आज शनिबार पनि त्यहाँ भिडन्त हुने निश्चित छ। किनभने प्रशासनले आज पनि त्यहाँ प्रहरी पठाउने भनेको छ। थप प्रहरी बल मगाइएको छ। सुकुम्बासीहरु आज पनि प्रतिकारको तयारीमा छन्। माओवादीले कैलाली जिल्लामा बन्दको आह्वान गरेका छन्। दर्जनौँ सवारी साधन तोडफोड गरिएको छ। देशमा राज्यविहीनता कुन हदसम्म छ भन्ने प्रमाण विगतका केही दिनदेखि माओवादीका गतिविधिले देखाउँछ। कैलालीको बलिया गाविसस्थित डुडेझारी वन अतिक्रमण गरी बस्ने सुकुम्बासीहरुले आज द्वन्द्व निम्त्याएका छन्। आज त्यहाँबाट निकै निकै नराम्रो खबर आएको छ। अतिक्रमण गरी बस्ने माओवादीले उचालेका सुकुम्बासीहरु र अतिक्रमण गरी बनाइएका छाप्रा हटाउने क्रममा कम्तिमा तीन जनाको मृत्यु भएको छ। मर्नेमा दुई जना अतिक्रमणकारी र एक जना प्रहरी भएको प्रशासनले पुष्टी गरेको छ। सुरुमा पाँच जना मरेको खबर आए पनि कम्तिमा तीन जनाको मृत्युको पुष्टी भएको हो। अन्य कयौँ घाइते छन्। मर्ने प्रहरीलाई अतिक्रमणकारीहरुले घेरामा हाली कुटीकुटी मारेका रहेछन्। कैलालीको बलिया गाविसमा रहेको राष्ट्रिय वनमा माओवादीको सहयोगमा अतिक्रमणकारीले गत मंसिर १० गतेदेखि कब्जा गर्न थालेका थिए। बिहीबार साँझसम्म वन कब्जा गर्न आउने सर्वसाधारणको संख्या २२ हजार आठ सय नाघेको खबर आएको थियो। उनीहरुले त्यहाँ घरेलु हतियार लिएर प्रतिकार गर्न बसेका थिए। वन कब्जापछि माओवादीले उनीहरुलाई दैनिक परेड समेत खेलाउन थालेको खबर आएको थियो। कब्जा गरिएको क्षेत्रमा माओवादी समर्थित अखिल नेपाल सुकुम्वासी संगठनको ब्यानर झुण्डयाइएको त्यहाँका पत्रकारहरुले बताएका थिए। उनीहरुले सैन्य संरचनामा तालिम र समूह बनाएर प्रतिरोधको तयारी शुरु गरेको खबर आएपछि नै त्यहाँ नराम्रो हुनसक्ने आशंका बढेको थियो। तर पनि सित्तैमा जग्गा पाइन्छ भन्ने लोभमा त्यहाँ हजारौँको संख्यामा मानिस ओइरिएका थिए। केही दिनअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भएको भेटमा पनि राष्ट्रपतिले वन कब्जा गर्दा के हेरिरहेको भनी प्रधानमन्त्रीलाई प्रश्न सोधेको खबर छापामा आएका थिए। अब यही घटनाका कारण देशमा नराम्रो होस्, द्वन्द्व चर्कियोस् भन्नेहरुको मनोबल बढ्ने भयो। त्यसैगरी केही दिनदेखि निरन्तर छापाहरुमा आइरहेको छ माओवादीले यताबाट धान लुट्यो, उताबाट धान लुट्यो। हुँदाहुँदा कान्तिपुरले त मुसाले समेत माओवादीले कब्जामा लेला भनेर धान खान डराएर भागेको कार्टुन छाप्यो। आज पनि त्यस्तै भयो। नवलपरासीको कावसोतीमा सर्वसाधारणको करिब दुई सय मुरी धान माओवादीका कार्यकर्ताले लुटे। त्यो पनि प्रहरी कै अगाडि। प्रहरी त चुप लागेर बस्नबाहेक केही गर्न सकेन। झण्डा गाड्दै धान लुट्दै माओवादी। फोटो सौजन्यः टीकाराम गैर कवसोती गाबिस वार्ड नम्बर ९ रतौलमा माओबादी जिल्ला पार्टीको अगुवाईमा उसको भ्रतृ संगठन अखिल नेपाल किसान संगठनले स्थानीय बासिन्दा सुनिल कर्माचार्य र भरतमान कर्माचार्यको करिब २ सय मुरी धान कब्जा गरी लगेका हुन्। यसको पुष्टि माओबादी अवध राज्य समितिका सचिवालय सदस्य बालकृष्ण रानाभाटले गरेको नवलपरासीका पत्रकार टीकाराम गैरैको समाचारमा उल्लेख छ। पाल्पामा बसोबास गदै आएका कर्मचार्यद्वयको ६२ बिगाहामा लगाएएका धान मध्ये उत्पादन भएको ४० प्रतिशत धान माओबादीले कब्जामा लिएर र बाँकी ६० प्रतिशत स्थानीय किसानलाई बाँडेका रहेछन्। किसान संघ र वाईसीएलको ठूलो जमातले कब्जामा लिएको सो धान ट्याक्टरमा लोड गरेर लगेका थिए। Last edited: 05-Dec-09 01:04 AM
mementoss · Dec 5, 2009 12:59 AM · 14,104 views
चाडक्य का चार निती: साम, दाम, दन्ड र भेद यस मध्धे बिगतमा दण्ड निती अपनायो जङली हुँदा, अब भेद निती अबल्म्बन गर्दै छ। के के गरेन र के गर्छ गर्दैन ? आफु सत्तामा हुँदा के चाँही गर्यो ?
syanjali · Dec 5, 2009 9:14 AM
"There were firing from the protestors too" Who gives the shit to this government( a aggregation of sapheads)? They employ their own people and they are in the street too. Great! "दु:ख पायिस मंगले आफ्नै ढंगले" I am more than happy to see these people squeezing the balls of Bhedas.
raju161 · Dec 5, 2009 2:59 PM
Last edited: 05-Dec-09 08:02 PM
bishalram · Dec 5, 2009 6:26 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion