जीवन कागजका पन्नाहरु हुन जनी नजानी सबैले लेख्छन जसरी मैले लेखे कहिले रहरले लेखे कहिले बाध्यताले लेखे कहिले होशमा लेखे कहिले बेहोशीमा लेखे कसैले भने के लेखेको यो बाटो बिराएको यात्री जस्तो कसैले भने आहा ! कती राम्रो छन्दबद्ध कबिता जस्तो सोचे राम्रो नराम्रो भन्नेकुरा बुझाईमा भर पर्ने रहेछ जीवन एक गीत हो जानी नजनी सबैले गाउछन जसरी मैले गाए कहिले रहरले गाए कहिले करले गाए कहिले माहौलमा गाए कहिले एकान्तमा गाए कसैले भने कती कर्कश स्वर हो यो काग को जस्तो कसैले भने कती मधुर स्वर हो यो कोइली को जस्तो सोचे मधुर कर्कश भन्ने कुरा सुनाइमा भरपर्ने रहेछ जीवन एक यात्रा हो जानी नजानी सबै हिड्छन् जसरी म हिंडे कहिले घाम मा हिंडे कहिले छायामा हिंडे कहिले एकलै हिंडे कहिले साथमा हिंडे कसैले भने कती तेज रफ्तार यसको चम्केको घोडा जस्तो कसैले भने कती सुस्तरी हिंडेको हो कछुवाको चाल् जस्तो सोचे छिटो ढिलो भन्ने कुरा देखाइमा भरपर्ने रहेछ जे होस् अबचाँही बाँकी पन्नाहरु स्वर्ण अक्षरले भर्नु छ जीवनका गीतहरु मिठो सुरमा गाउनु छ सम्मुन्नेका यात्राहरु गन्तब्य तर्फ डोराउनु छ फगत आफ्नो लागि फगत आफ्नो लागि
pashupatidev · Dec 2, 2009 12:40 PM · 15,769 views
Nice one. I liked it. Keep it up.
ritthe · Dec 2, 2009 1:22 PM
Dhanyabad ritthe jee
pashupatidev · Dec 4, 2009 12:42 AM
Wow, I enjoy reading it. Thanks
PeaceSoul · Dec 4, 2009 8:24 AM
धेरी मिठा भावहरु छन् कबितामा। जीवन दर्शनका स्पर्श राम्रो लाग्यो।
subrath · Dec 4, 2009 12:58 PM
तपाईंका कबिताली अप्रकासित कबिताको याद दिलायो ( हुबहु छैन, भावार्थ मात्रै ) जिन्दगी कसैलाई भाबिको लाहना हो जिन्दगी कसैलाई बिलासको गहना हो जस्लाई जे सुकै भए पनि मलाई बाच्ने एक बहाना हो ।
syanjali · Dec 4, 2009 1:11 PM
Dhanyabaad !! sathiharu Tapai haru ka utsaha le ma ma urja thapne chha.. Dhanyabad once again
pashupatidev · Dec 6, 2009 6:25 AM
tyo Narayan Gopal ko geet yaad dilayo yo thread le... Jharyo zindagi..... Tutyo zindagi.... Chalkera Aakhan ma bagyo zindagi........ yo geet pakkai ni sunnu hola....
daum · Dec 6, 2009 6:35 AM
Thanks Daum jee.. for recommending that song.. I liked it
pashupatidev · Dec 11, 2009 1:01 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion