को हुन् खस ? Wanna know about Khas?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

खस&nbsp; खस (KHAS)/ Khasiyas/ Khasas &nbsp;आर्य समुहको एक जातीय समुदाय हो, जसले नेपालको पहाडी भूभागको सबैभन्दा बढी जनसंख्या ओगटेको छ । यो जातीका अन्य नामहरू पर्वते, गोर्खाली र नेपाली हुन् । यो जाती तत्कालिन बिशाल नेपाल --- हाल भारतमा पर्ने हिमाञ्चल प्रदेश तथा उतराखंड का साथै सुदुर तथा मध्य पश्चिम नेपालको कर्णाली क्षेत्रमा प्राग एतिहासिक कालखण्ड देखी बसोबास गरेको हो । त्यहाँबाट खसहरू नेपालको पूर्वी भागमा फैलदै गए र हाल नेपालको प्रायः सबैजसो ठाउँमा बसोबास गर्न पुगेका छन् । अहिले खस जातीहरूको मुख्य स्थान भनेको तत्कालिन बिशाल नेपालमा मा पर्ने भु-भाग -- पुर्व मा आसम देखि पश्चिममा काश्मिर् सम्म ----हिमाञ्चल प्रदेश तथा उतराखंड, नेपाल, सिक्किम, दार्जीलिङ, भुटान, आसमर बर्माको पहाडी क्षेत्र आदि पर्दछन् । खस जाती का मुख्य हांगा बाहुन (Bahun) क्षेत्री (Chettri) ठकुरी (Thakuri) सन्यासी--योगी (दसनामी) (Sanyasi) कामी (Kaami) दमाईँ (Damai) सार्की (Sharki) गन्धर्व (Gandharva) बादी (Baadi) को हुन् खस&nbsp;? मानव सभ्यताको इतिहास आज पनि गम्भीर खोज र अनुसन्धानको विषय नै बनिरहेको छ। इतिहासविदहरुको अथक मेहनत, खोज र अनुसन्धानले केही तथ्यहरूलाई हाम्रा अगाडि ल्याएको छ। ती तथ्यहरू नै आज हाम्रो अतितलाई हेर्न, बुझ्ने र विश्लेषण गर्ने ऐना जस्ता भएका छन्। प्राज्ञिक मानव समुदायको चिया गफमा प्रायः यो भनाई एउटा कहावतका रूपमा लिने गरिन्छ। “जसले इतिहास जान्दैन, त्यसले वर्तमान बुझ्दैन। जसले वर्तमान नै बुझ्दैन त्यसले भविष्य जान्दैन।” यसले मानव जातिको व्यवहारिक जीवनमा समेत इतिहासले ठूलो प्रभाव पार्दछ भन्ने बताउँछ तर वास्तविकता यो छ कि इतिहासको बुझाई भविष्यको बुझाई वा आँकलन भन्दा कठिन छ। मानव जातिको इतिहासमा पृथ्वीमा मानवको उत्पत्ति भएपछिको एउटा लामो काल आउँछ। इतिहासविद्हरूले त्यसलाई करिब दश लाख वर्षको अवधिको काल मानेका छन् (१) आदिम कालको लामो अवधिमा पृथ्वीमा रहेका मानवका बीचमा कुनै जातीय विभाजन थिएन। राज्य र त्यसका सीमाहरू पनि थिएनन्। मानव जाति छोटा–छोटा गण, गोत्र, कविला अवस्थामा रहन्थे। (२) मानव जातिको विकास असाध्यै ढिलो गतिमा अगाडि बढेको देखिन्छ। (३) पुरात्वविद्हरूले मानव जातिले प्रयोग गरेका उपकरणहरूको सामग्रीलाई हेरेर युगहरूको विभाजन गरेका छन्। ती हुन्– पाषण युग, कास्य युग र लोह युग। यो विभाजनलाई पर्याप्त मानिदैन किनभने इतिहासको सबभन्दा लामो युग नै आदिम युग थियो। (४) पुरातत्वविद्हरूले आजको मानव सभ्यतालाई नै छक्क पार्ने केही प्राचीन मानव सभ्यताको इतिहास पत्ता लगाएका छन्। जस्तो मिश्रको सभ्यता, मया सभ्यता, इगियन सभ्यता, सिन्धु सभ्यता, होवाङ्हो नदीको सभ्यता, ग्रीक, टाइग्रिस र युफ्रेटिक सभ्यता आदि पर्दछन्। ग्रीकबाट त आजको विश्वनै ऋणी छ। मिस्र विश्वको सबभन्दा प्राचीन सभ्यताको केन्द्र मानिन्छ। (५) यिनै मानव सभ्यताको विकासक्रमसँगै राज्य, साम्राज्य र जातिहरूको अस्तित्व तथा विकास भएको पाइन्छ। यही राज्य, साम्राज्य र जातिहरूको विकास क्रममा प्राचीन बेबिलोनियाको कक्साइट साम्राज्यको पनि ठूलो महत्व रहेको छ। कस वा कक्साइट खस जातिकै प्राचीन नाम हुन्। (६) पश्चिम एसियाको मानव समाजको विकासमा यो जाति लडाकु, बुद्धिमान, चतुर र बिजेता जातिको रूपमा परिचित भइसकेको थियो। लगभग २९०० ई.पू.मा सुयोग्य सुमेरियोबाट आएको एउटा कविला जातिको स्थापित गरेको सभ्यतामा एकजना हम्बुरावी भन्ने राजा थिए। यो १००० वर्ष ई.पू. को कुरा हो। त्यतिबेलाको प्रचलित हम्बुरावी कानूनमा “जस्तालाई त्यस्तै खुनको बदला खुन” (७) भन्ने विधानमा आधारित न्यायप्रणाली थियो। यिनै हम्बुरानीका उत्तराधिकारी समसुलुनाले खस आक्रमणबाट जोगिन विशाल किल्ला बनाएका थिए। खसहरूको आक्रमण जारी रह्यो। सन् १७०० ई.पू.देखि ११५५ सम्म कसहरूले त्यही बेबिलोनियामा विजय प्राप्त गरेका थिए। ई.पू. १७०० देखि ११५५ सम्म कसहरूले त्यही बेविलोनियामा शासन गरे भन्ने ऐतिहासिक तथ्यहरू पाइन्छन्। यो जाति राज्य संचालनको लामो अनुभवी र विधानमा समाजलाई परिचालन गर्न खोज्ने दक्षिण पश्चिम एसियाको पहिलो जाति मानिन्छ। खासस्तान, बडाखसान, हिन्दकुस, काशगर, कश्मिर खसाला, खसमण्डल, खसान आदि। भौगोलिक नामले खस समुदायका पूर्व प्रयाणका पद चिन्ह दर्शाउँछन्। खसहरू आर्य भए पनि वैदिक आर्य होइनन्। (८) यिनीहरू इसापूर्व प्रथम शताब्दीतिर भारत वर्षमा--बिशाल नेपाल-- प्रवेश गरेका थिए र इसाको पाँचौं शताब्दीतिर पश्चिम नेपालमा प्रवेश गर्न थालेका थिए। (९) यो तथ्यले नेपालमा अहिले बाक्ला बाक्ला तथा अन्य जातिहरूसित घुलमिल भई बाक्लै बस्तीमा रहेका आर्य खसहरू (बाहुन, क्षेत्री, ठकुरी, सन्यासी, आर्य दलित) बाह्रौ शताब्दीमा मात्र नेपाल आएका जाति हुन्। यहाँका रैथाने जाति होइनन् भन्ने कतिपयको तर्कले इतिहासका यी तथ्य प्रमाणहरूसित मेल खाँदैनन्। बाह्रौं शताब्दीको प्रारम्भतिर त नागराजले सिञ्जालाई (जुम्ला) खस साम्राज्यको राजधानी बनाइसकेका थिए। (१०) पश्चिम नेपालको सिञ्जालाई खस साम्राज्यको राजधानी बनाएर यो जातिले पन्ध्रौं शताब्दीको आरम्भसम्म करिब ३०० वर्ष शासन गरेको कुरा इतिहास बोल्दछ। नागराज क्राचल्ल, अशोक चल्ल, जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल आदि खस राजाहरूले पश्चिम नेपालमा साम्राज्य कायम गरेका थिए। पृथ्वी मल्लको राज्यकाल (वि.सं. १३९५–१४४५) खस साम्राज्यको इतिहासमा उत्कर्ष र अवसानको दोसाध मानिएको छ। (११) पृथ्वी मल्लको अन्तिम समयतिर विखण्डित हुन थालेको खस साम्राज्य मलाय वर्माको राज्यकाल (वि.सं. १४३५–४६) पछि बिलायो। (१२) यसरी ई.पू. प्रथम शताब्दीतिर बेविलोनिया हुँदै पश्चिम एसियामा विस्तार हँदाहुदै भारत वर्ष छिरेका र इसाको पाँचौं शताब्दीतिर कास्मिरबाट पहाडको कछाडै–कछाडै कुमाउँ,गढवाल हुंदै पश्चिम नेपाल छिरेका खसहरूको साम्राज्य विलाए तापनि नेपालमा हजारौं वर्ष पुरानो रैथाने अस्तित्व खस जातिको पनि छ। खस साम्राज्यका सरकारी दर्जा तथा कर्णाली प्रदेशका गाउँहरूबाट खस जातिका थरहरू उत्पत्ति भएका छन्। सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरु जस्तैः अधिकारी – दराको हाकिम कार्की – राजस्व अधिकृत भट्ट – राज पुरोहित वा धर्माधिकारी भण्डारी – राजकीय कोषको प्रमुख लेखक – लेखक महतरा – ग्राम प्रमुख रोकाया – महतराको सहयोगी थापा – सैनिक दर्जा खड्का – सैनिक दर्जा राना – सैनिक दर्जा बुढा – सैनिक दर्जा बुढाथोकी – सैनिक दर्जा कर्णाली प्रदेशका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरु जुम्ला धिता- धिताल, पाण्डुसेरा- पाण्डे, सिञ्जा- सिंजापति, चैडिलागाउँ -चौलागाई, प्याकुरी- प्याकुरेल, सिम्खाडा- सिम्खडा, अछाम तिमिल्सैन- तिमिल्सिना, तिम्सिना,घमिराउँ- घिमिरे, देवकोट- देवकोटा, ढुङ्ग्रानी- ढुङ्गाना, ढाँकु- ढकाल, बजगाउँ- बजगाई, रिमा- रिमाल, स्वाँरा- स्वार, घोडासैन- घोडासैनी, पुरासैन- पुडासैनी, धमाली- धमला, दर्ना- दर्नाल, कुइका- कुइकेल, चाल्सा- चालिसे, बारला- बराल, बझाङ रेगम- रेग्मी, सोत- सोती, खार- खरेल, खराल, सुवाडा- सुबेडा, सुवेदी, बयाना- बनियाँ, बानियाँ बाजुरा जमकट्टी- जमरकट्टेल, छाती- छन्त्याल, कुँडी- कुड्याल, बेलकाटे- केलकाटिया, खातिवाडा- खाती बैतडी गाजरी- गजुरेल डोटी डोटेखेला- डोटेल, निरौली- निरौला, ओझाना- ओझा, बोगटान- बोगटी, मुडभरा- मुडभरी मुगु खनाया- खनाल, कालैगाउँ- कल्यान, खत्याड- खतिवडा दैलेख लामाछान्नी- लामिछाने, बाँस्कोट- बास्कोटा, बाँस्तोली- बास्तोला, सातला- सत्याल, लुयाटी- लुईटेल, चापागाउँ- चापागाईं, नेपा- नेपाल, रिजु- रिजाल, पोखर- पोखरेल, लम्सु- लम्साल, लम्जी- लम्जेल, दह- दाहाल, दहाल, गैह्रा- गैह्रे, भूर्ति- भूर्तेल, पराजुल- पराजुली, कोइराली- कोइराला, दवाडा- दवाडी, कट्टील- कट्टेल, भुषाकोट- भुषाल, सुइय- सुञेल, वड- वडाल, मोडासैन- मरासैनी, मरासिनी, गुरगाउँ- गुरागाईं कालिकोट खिटि्कसैन- खिर्सिने, भुतौ- भुर्तेल, राँचु- रुचाल, गेला- गेलाल, वञ्जाडा- <A class=new title="वञ्जाडे (पृष्ठ उपलब्

dineshk · Dec 2, 2009 6:45 AM · 21,226 views

6 Replies

Is this real? For me it might be 50% correct. Anyway, nice article. Whats the source? Looks like you just copy and pasted here.

PeaceSoul · Dec 2, 2009 8:07 AM

कार्कीनेटा स्थान बाट कार्की को उत्पती भएको कही पढेको थिए .

syanjali · Dec 2, 2009 9:44 AM

Nice article. But khas is not an Aryan race. In Mahabharat, in Ashwamegh parba it is mentioned that Bhimsen won the mlechha countries like shaka, huna, yawan and khasa. So basically during mahabhart time khas were not hindu, they practiced their own tribal religion part of which can still be seen practiced&nbsp; in Western Nepal.

pokhari · Dec 2, 2009 10:21 AM

ya this article was first published in haak saptahik. now we can even find it in wikipedia, nepali....or english... for the remaining part of this article and other sources, go to को हुन् खस ? (remaining part)

dineshk · Dec 2, 2009 11:09 AM

Dineshk, Where is the english version of this article? And, what are you? Are you a Khas? If so, which kind?

Power_Ranger · Dec 2, 2009 11:22 AM

sorry, i couldn't find english version.... but still you can find article about khas in wikipedia.... ya i am a khas. ( -- chhetri.)

dineshk · Dec 2, 2009 1:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all