६ सयको फलफूल बाँड्न १२ लाख खर्च

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

न कुनै उत्सव न कुनै दिवस न त कुनै पूर्वजानकारी नै। एक्कासि बेडमा आएर उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले फलफूल दिँदा बिरामीहरूले मुखामुख गरे। दुईवटा केरा, एउटा स्याउ र एउटा सुन्तला एक जना बिरामीको भागमा थियो। तर उपप्रम कोइरालाबाट वितरण गरिएको त्यो केरा, स्याउ र सुन्तला खाने ‘सौभाग्य’ भने अस्पतालका सबै बिरामीले पाएनन्। बीस रुपियाँबराबरको फलफूल कोइरालाले अस्पतालका बढीमा ३० जना बिरामीलाई वितरण गरिन्। तर त्यो ६ सयबराबरको फलफूल वितरण गर्न उनले राज्यको लाखौं रुपियाँको दुरुपयोग गरेकी छन्। बाजुराबाट सीधै राजधानी फर्किने निर्धारित कार्यक्रमलाई सनकका भरमा परिवर्तन गर्दै कोइराला सेनाको एनए डी ३८ हेलिकोप्टरबाट सीधै कोहलपुर आएकी हुन्। पूर्वनिर्धारित कार्यक्रमभन्दा करिब ६ घण्टा बढी हेलिकोप्टर उडाएर उपप्रम कोइरालाले झन्डै १२ लाख रुपियाँ दुरुपयोग गरेको स्रोतले बतायो। ‘उपप्रधानमन्त्री कोइरालाबाट कोहलपुर मेडिकल कलेज हेर्ने इच्छा रहेको प्रस्ताव आएकाले बिरामीलाई फलफूल वितरण कार्यक्रम गर्ने निर्णयगर्दै हामीले शनिबार बिहान नै कार्यक्रम तय गरेका हौं,’ आयोजक नेपाल स्वास्थ्यकर्मी संघ लर्ड बुद्ध एजुकेसन एकेडेमी लि. कोहलपुरका अध्यक्ष यमबहादुर खड्काले भने। कार्यक्रमका बारेमा अस्पतालका निर्देशक डा. सुरेशकुमार कनोडियाले शनिबार बिहान मात्रै थाहा पाएको बताए। ‘उनकै इच्छा’ मा अस्पताल आएकी सुजातासमक्ष निर्देशक कनोडियाले पनि अस्पतालको बेलिबिस्तार लगाइदिए। कोइरालालाई अस्पतालवरिपरि जम्मा भएका माओवादी कार्यकर्ताहरूले कालो झन्डा देखाउँदै नाराबाजी गरेका थिए। उनको सुरक्षाका लागि ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी तैनाथ गरिएको थियो। कोइराला रहँदासम्म प्रहरीले बिरामीलाई समेत अस्पतालभित्र पस्न दिएको थिएन।

MujiKanchha · Nov 29, 2009 5:25 AM · 16,146 views

2 Replies

Khayo khayo Nepal Khayo, yo koirala pariwar ley.

pintu · Nov 29, 2009 7:45 PM

खायो भन्ने कि Her days are numbered भन्ने खोइ :)

himalaya178 · Nov 29, 2009 8:21 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all