देश का ठुला भनिने र बर्गीय संघर्स मा विश्वास गर्छु भन्ने नेपाल का कम्युनिष्ट हरुले नै देश लै जातिगत रुप मा भागबन्डा लगाउने कुरा गर्दै छन्, जातिय संघियेता को कुरा गर्दै छन्.. जुन मेरो विचार मा एकदमै नराम्रो हो / तर पनि सबै जाति लै राज्य बाड्दा आदिबासी खस (बाहुन, छेत्री, ठकुरी,सन्यासी, दलित) हरु लै चाही किन नाबाडेका होलान? के लाग्छ तपाई हरुलाई?
dineshk · Nov 25, 2009 8:30 AM · 14,618 views
What is happening or going to happen in name of ethnicity in our country is bad. If anyway country is going to be in ethnic structure, Khas should be entitled to like rest of the ethnic groups. And in my opinion Khas is one of the original indigenous people of Nepal.
pokhari · Nov 25, 2009 9:49 AM
Any division by "last name" is bad. Be it for khas or non khas. I am fully against such division...
newlynew · Nov 25, 2009 11:09 AM
Nepal united by Shah dynasty and it was a cruel act as per Maoist and they are trying to unwind that cruelty. Bottom line, they will divide the nation and the tarai will fight to merge to INDIA ans Shikkim did. Rest will be dead, will merge to INDIA. That is what they want.
syanjali · Nov 25, 2009 11:45 AM
एमालेले किन खसहरुलाइ राज्य नदिया हो थाहा छैन, तर एमाले भनेको पहाडि बाहुनहरु हावि भएको पार्टि हो, कसै कसैले यसलाइ बाजेहरुको पार्टि भन्छन । यी बाजेहरु आफुलाइ ब्राम्हण भन्दिए मख्ख परेर फुल्ने, बाहुन भन्दिए झनक्क रिसाउने, खस भन्दिए त झनै हेपेकै ठान्ने मनोरोगले ग्रसित छन । यिनका बहुसंख्यक पहाडि बाहुन समर्थकहरुले बाहुन राज्य वा खस राज्य नमागेकोले त्यसबारे कुरा नउठाएको होला भन्ने मेरो अनुमान छ, नमाग्दै कुरा उठाए बचेखुचेका समर्थक पनि बिच्केला भन्ने डर भएको होला । माओबादिले खसहरुलाइ राज्य नदिया चैने प्रचण्डेको इच्छाअनुसार हो । मैले सुनेअनुसार माओबादिका खस नेताहरु जम्मै आफुलाइ खस भन्न भनाउन लाज मान्ने खालका मान्छे रहेछन । माओबादिको मिटिङमा देव गुरुङ, बादल, मातृका यादव हरुले खसान राज्य भनेर नामाकरण गर्न खोजेका रहेछन, तर प्रचण्डको बिशेष आग्रहमा त्यसलाइ बदलेर सेति महाकाली, कर्णाली जस्ता नाम राखियो । अरु सबै क्षेत्रमा जातको आधारमा नाम राख्न हुने, त्यहाँ मात्रै राख्न किन नहुने भनेर पनि कुरा उठेको रहेछ । तर बाठो प्रचण्डले त्यहाँ जातीय आधारमा (हुन त उनले भाषिय आधारमा भन्न खोजेका होलान) एक र अर्को भेदभाव छैन, खाली उपल्लो र तल्लो जात यानेकि दलितको समस्या छ, त्यसैले अहिलेलाइ सेति महाकाली, कर्णाली जस्ता भेग जनाउने नाउँ नै उपयुक्त हुन्छ, खसान भनेर किट्न जरुरी छैन भनेर भन्देछन । प्रचण्डले त्यसो भनेसि, उनको कुरो काट्ने हिम्मत कसको ? पछि पछि पनि कुराकानीमा खसहरुको कुरो उठ्यो कि, प्रचण्डले - कमरेड यो खस भन्ने शब्दलाइ सकेसम्म प्रयोग नगरौं - भन्दा रहेछन । उनलाइ यो "खस" शब्द सित किन यस्तो एलर्जी हो, त्यो चाहि बुझ्न सकिएको छैन । हुन त अलि पहिलासम्म नि मधिसेलाइ मधिसे भने रिसाउने, भोटेलाइ भोटे भने रिसाउने, ज्यापुलाइ ज्यापु भने रिसाउने गर्थ्यो, अचेल चै जमाना फेरिया छ, मधिसेलाइ मधेशि, बाहुनलाइ ब्राम्हण, ज्यापुलाइ ज्यापु, भोटेलाइ किराँत, भन्दिनु पर्छ दङ्ग पर्छ । अलि समयपछि खसहरुले नि खस भन्दा खसालेको नभै सम्मान दिएको हो भन्ने महशुस गर्छन होला, अनि खसानको कुरो जोडतोडले उठ्छ, जरूर उठ्छ ।
????: · Nov 25, 2009 3:50 PM
साला मान्छेको जात, हल्का फुल्का रेसिअल इन्स्टिन्क्ट कता कता हुदो रैछ भित्र। भुटानबाट नेपाली रातारात खेदिए, हामीलाई माया लाग्यो तर भोटेहरु मक्ख पर्दैथिये, यी "अर्का जात"लाई खेदियो भनेर। दर्जिलिङ र डुवर्स एरिआका "गोर्खा" (नेपाली भन्न मिल्दैन, लेप्चा र अरु पनि पर्छन्)ले पश्चिम बङ्गाल टुक्र्याउने प्राय निस्चित भैसक्यो, हामीलाई कता कता खुशी लाग्छ त्यो देखेर। कसै कसैलाई "मट्स्या" भन्दा रिस उठे उठोस्, तर थप्पड हान्ने "करिमा बेगम्" का जस्ता मट्स्या दलहरुले तराई छुट्टै हेर्न चहन्छन भन्ने प्रस्ट छ। यो कुरो सम्झेर हामीलाई नै असैह्य हुन्छ, चाकमा लात हानेर त्यो मधिसेको जातलाई नै दक्षिनतिर फ्याकौँ जस्तो लाग्छ। कुन राम्रो कुन नराम्रो भनेर सोध्ने हो भने "गोर्खालेन्ड्" आन्दोलन ठीक तर मधेश आन्दोलन गलत भनेर मै भन्छु। नेपालको जातिबादी कुरामा पनि साझाकै साथीहरु हेर्ने हो भने पनि को कुन जातको भन्ने प्राय सधैं नै छुट्टिन्छन। पहिला बाहुनक्षेत्रीले मात्र "मोज्" गरे अब हामी गर्छम भनेर दलित र जनजाती एक्साइटेड छन्, बाहुनलाई केही हुने होइन, तत्तो न छारो के मत्लब्। यो सबै सामान्य भावनासँग जोडिएको कुरो हो तर नेता चोरहरुले यो भावनालाई युज गर्दैछन र गरिरहन्छन्। म त्यस्तो खासै मतलब राख्ने मान्छे त होइन, तर नारायनगढका एउटा ठुला नेवार बेपारिका छोराले पोहर साल लोक सेवामा नाम निकालेछन। सानैदेखिका साथी/दाइ भएकाले बधाई दिने कुरा गर्दै जाँदा पो थाहा भयो उनी दलित्-जनजाती कोटामा परेछन्। पैसाको कुनै अभाब नभएका तीनलाई बेकार जागिर पास गरेजस्तो भएको रहेछ, कसैले बधाई दिदा पनि त्यो दलित्-जनजाती कोटाको कुराले पोल्दो रहेछ। अब मलाई नै बोर भयो, मेरा सबैजसो साथीहरु की नेवार की गुरुङ छन्, कहिलेइ आफु बाउन फिल गर्न मन लाग्दैन थियो र लाग्दैन पनि, चोर नेताहरुले हामिहामीमै यत्रो फाटो ल्याइदिए। मेरा गुरुङ साथीहरुलाई अब म कहिलेइ "भोटे" भनेर बोलाउन सक्दिन। आइ एस्सी पढ्दा एउटा मोरङको साथी थियो, "चितुवा", कहिलेइ उसलाई वास्तविक नामले बोलाइएन, उसको "योङ हाङ" लिम्बु थारको पनि डिरोगेटोरी शब्द "चितुवा" त्यती बेला त पच्थ्यो तर अहीले के हुने हो थाहा छैन।
lamjung · Nov 25, 2009 4:50 PM
गाँठि कुरा भन्दिम है लम्जुंङे मित्र - मेरा दुइ भुटानी साथीहरु छन, एउटा थापा ( नेपाली मुलका) अर्को डुक्पा - प्योर भोटाङी । यी दुबैलाइ इण्डियामा भेट्या हुम सन् १९९५ तिर - छात्रवृत्तिमा पढ्न आएका । दुबै एकदमै मिल्ने साथि थिए - रुम पार्टनर, कहिलै झगडा नपरेका भन्थे है हामीसित । एकहप्ता जति सँगै बसियो - खस-गोर्खाली भाषा र हिन्दी मिसमास पारेर कुराकानी गरीयो । ती दुबै अहिले पनि मिल्ने साथि छन, दुबै भुटानमा सरकारी हाकिम छन, ठुलै हाकिम । बसाइको क्रममा दुबैसित एक्लाएक्लै कुरा गर्ने चान्स मिल्या थ्यो । थापाले खुसुक्क भने - "लौ है मित्र सम्पर्कमा बसुम, आफ्नो त पढाइ सक्काएर देश फर्किने योजना छ, तर हामीलाइ कतिखेर लखेट्ने हो थाहा छैन, त्यो अर्को भोटे मलाइ जासुस जस्तो लाग्छ, ब्यबहार त अहिले सम्म ठीकठाक छ, लखेटे तपाइहरुतिरै आउन पर्छ हाम्लाइ, अन्त जाने ठाउँ छैन, सहयोग गर्नोस है ।" मलाइ निराश लाग्यो, उनीप्रति दया जाग्यो, हरे कस्तो अनिश्चित भविष्य? जस्तो लाग्यो । डुक्पासित एक्लै हुँदा मैले सिधै सोधे, "हैन भुटानमा नेपालीलाइ किन लखेटेको ?" डुक्पाले हाँस्तै भन्यो - "भुटानलाइ नेपाल हुनबाट जोगाउन" । मैले बुझिन, अनि उनले भने - "भुटानका नेपालीहरु भनेका नेपालतिरका खस गोर्खालीहरु जस्ता हुन । तिनीहरु एकदम चलाख हुन्छन, तिनीहरु फटाहि गर्न सिपालु छन, एकथोक बोल्छन, आर्कैथोक गर्छन । जताबाट पनि आफ्नै कुरा माथि पार्न लाज शरम छोडेर बात मार्छन । तिनलाइ अंकुश नलाए भुटान तिनले खत्तम बनाउछन, नेपाल जस्तै " उनको कुराले मलाइ घोचिरहेको थियो, तर म विवाद गर्ने र नेपाल भुटान भन्दा राम्रो छ भनेर दावि गर्ने अवस्थामा थिएन, अस्तब्यस्त देशको नागरीक दुखेको थियो त्यो बेला । अत: चुप लागेर सुने, भन्ने कुरा केहि थिएन । आज भुटानी थापा हैन, म परदेशिनु परेको छ, देशका खराव शासकहरुले जर्जर पारेको देशमा बस्ने बातावरण नपाएर बिदेशमा आफ्नो सीप पोख्न बाध्य छु । भुटानी थापाको निम्ति हैन म मेरो आफ्नै निम्ति निराश र दयालाग्दो पात्र बनेको छु, कसले गर्दा ? तिनै निस्काशित भुटानीका नेपाली दाजुभाइले गर्दा - तिनै बाहुन, क्षत्री, ठकुरी, राणा र अभिजात्य बर्गहरुले गर्दा - लाग्छ भुटानीले समयमै बुद्धि पुर्याएको रहेछ ।
????: · Nov 25, 2009 5:22 PM
Yes, Lamjunge bhai. well said. Dirty politicians have totally destroyed our country. Every body knows Karima begam did a bad thing by slapping a Government official on duty. But damn all madhise are behind her just because she was a madhise. Is this the future of country? When Biren murdered Khyati both were newars and every body cried for Khyati for that heinous crime. But what if both were not from one ethnic group, one group will cry for Biren for his innocence? It is so shameful even to think but looks like that is where we are heading with all this nonsense going on.
pokhari · Nov 25, 2009 9:47 PM
Dear friends, I have found a link about Khas in wiki. Wanna know more about Khas? http://ne.wikipedia.org/wiki/%...
dineshk · Nov 26, 2009 8:30 AM
सबै लै राज्य, तर नेपाल का एकमात्र सच्चा आदिबासी , ने मुनि का सन्तान , नेपाल एकीकरण कर्ता खस (बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित ) हरुलाई राज्य खोइ?? खस हरुको आदिभूमि कर्णाली र सुदुर्पचिम लै किन खसान नभनिकन कर्णाली र खप्तड वा सेती महाकाली भनेको ??? एमाले र माओबादी ले बनाएको बहु संस्कृतिक राज्य मा ९५% खस हरुको जनसंख्या छ...तेस्लाई किन छेत्रिये राज्य/ यिलाका नि???. तेस्लाई पनि खसान (पूर्वी, पश्चिम)नामकरण गर!!!!! खस हरुलाई बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित अनि अरु जाति मा बाडेर टुक्र्याएर खस हरुलाई अल्पमत मा देखाउने दुष्प्रयाश नगर!!!!!!!!! तीसौ जाति भएको नेवार समुदाय लै चाही जाति भनेर राज्य बाड्ने तर खस हरुलाई चाही टुक्र्याउने??? आप्रबासी हरुलाई समेत राज्य बाड्न सक्ने, तर आदिबासी खस हरुलाई राज्य नबाड़ने, हे माओबादी र एमाले.....याद राख .... नेपाल को लगवग ५०% जनसंख्या भएको खस हरुलाई चित्त दुखाएर कसैले जातिय राज्येको कल्पना गर्छ भने त्यो मुर्खता मात्र हो !!!!!!!
dineshk · Nov 26, 2009 8:33 AM
Dineshk, How come you can say Bahun/cheetri as Ne muni ko santan? He might be of any race? What do you want to say next all the lichhwais, karnat bansi, Thukuri king, gopal bansi and mahispal vansi are all khas? Ne muni is more likely than anybody to be a Newar or if not definitley amalgamated into Newar. History shows that all the rulers and immigrant to valley adopted to culture of valley and become part of Newar. Only the khas ruler (shah king) been able to keep their different culture, may be because of sheer number of their population.
pokhari · Nov 26, 2009 9:59 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion