श्रद्धान्जली!!!! गत एक महिना अली ब्यस्त थिएं र यसै बीचमा क्रेजिको " बुझ्न नसकिएका कारणहरु" कथा पढे पछी मलाई पनि केही लेखुं लेखुं लाग्यो । द्यो माँ हरुको चमत्कार बारे मा आफुले देखेको भोगेको लेख्न खोजेको थिएं । बुधवार ४ नोभेम्बर, एउटा आलेख प्रोफेसर साहेबलाई बुझाउनु थियो र बुझाए पछी द्यो माँ हरु को रोचक प्रसंगहरुको श्रिन्खला लेख्ने सोच मा थिएं । राती सुत्ने बेलामा पुराना स्मृतिहरुलाई केलाउदै थिएं। धेरै पुरानो कुरा हो। शायद ६ किलास पढ्दाको बेला पहिलो पल्ट माँ (आमा) संग द्यो माँको मा गएको थिएं (आमाको साथीको रुपमा मलाई साथै लिएर जानु हुन्थ्यो।) मेरो आमालाई द्यो माँ हरुमा विश्वाश थियो । द्यो माँ अर्थात दैबी शक्ती धारण गर्न सक्ने माता । त्यो पहिलो द्यो माँ को दर्शन घट्ना नै अबिस्मर्णिय रह्यो। त्यो अदभूत द्रिश्य र सत्य बारे छुट्टै लेख्ने छु। पछी पनि माँ सँग बेला बखतमा द्यो माँ हरुको मा जाने गर्थें । यस्तै यस्तै भुलेका छरपुष्ट सम्झनाहरुलाई एकै ठाउंमा जोगाड गर्दै भोली लेख्नु पर्ला "माँ र द्यो माँ" हरु भन्दै सुतें। राती अबेर सुत्ने र बिहान ढिलो हुने आफ्नो नानी देखी लागेको बानी । बिहान सबेरै अचानक टेलिफोन चिच्यायो । झर्को मानी उठें र उठाएं फोन । घरबाट् दाइले फोन गर्नु भएको रहेछ र पहिलो वाक्य मै " आमा बित्नु भयो" सम्म भन्नु सक्नु भयो। त्यस पछी दाई को बोली फुटेन। सुन्ने यो कान ले सुन्न सकेन। कसरी किन भन्ने कुरा गौण थियो। अचानक, अप्रत्याशित। धेरै बेर सम्म हामी दुई दाजु भाई रोइ रहौं ।व्याबहारिक रुपमा सात समुद्रपारी बाट निमेषमै घर पुग्नु संभावना थिएन । सम्हालिदै दाईलाई अन्तिम कृयाको लागि यो अभागेए छोरो लाई न कुर्नु भनेर भनें । कींकर्तब्यबिमूढ म र मेरा आँखाहरु टोलाई रहे। आमाले कहिलेइ सुख भोग्न पाउनु भएन। सधैं अभाव र अव्यस्था नै जिउनु भयो। जिन्दगी भर संघर्ष मै बित्यो। धेरै सपनाहरु बुनेको थिएं। जन्म दिने आमा को मुहार उजिल्याउने उपाय को खोजी गर्दै थिएं । समय यती निर्दयी हुदो रहेछ, काल यती क्रूर हुदो रहेछ । पिताजीको ऋण तिर्न सकेको छैन ( दशौं तक्मा ), आमा को दुध को ऋण कसरी तिरुं म ? यस दु:खद घडीमा साझा र साझा चौतारीका शुभचिन्तकहरुको साझा समबेदना साहरा र सदभाव को लागि भित्री ह्रिदयदेखी आभार प्रकट गर्दै आज तेह्रौं दिनको पुण्य तिथिमा पुन: श्रद्धान्जली ।
rahulvai · Nov 17, 2009 10:25 AM · 56,229 views
Dukhad ghadi..k garne sahanai parchha--upaya chhaina...arule ta bhanne ho tetimai sakinchha bhognelai thah hunchha apuraniya kshateeko ghaat... hardik samabedan ani shradhanjali mero pani
Deep · Nov 17, 2009 10:39 AM
राहुलभाई, दु:खको खबर सुनाउनु भयो। मेरो हार्दिक समवेदना। भगवानले गीतामा भन्नु भएको छ: "न जायते म्रियते व कदाचिन , नयम भुत्वा भविता वा न भुय, अजो नित्य: शाश्वतोयं पुराणो, न हन्यते हन्यमाने शरीर " आत्मा न जन्मिन्छ, न मर्छ। यो न हुर्किन्छ , न यसको विगत वा भविष्य हुन्छ। यो त शाश्वत र नित्य कुरो हो, शरीर मरे पनि आत्मा मर्दैन। यसैले आमा पनि यो अनित्य संसारलाई छोडेर जानुभएको हो, हामी सबैलाई जानुपर्छ। तर वहाँको आत्मा अजर अमर छ।
pire · Nov 17, 2009 10:41 AM
राहुल दाई, तपाईं को ममता मइ आमाको दु:खद निधन को एस घडीमा तपाईंको सम्पूर्ण परिवार जनमा हार्दिक समबेदना बेक्त गर्न चाहन्छु। हाम्रो समाज मा अधिकान्स बाबु-आमा हरुको हामी प्रतीको देन एती धेरै हुन्छ कि रिन सम्झेर तिर्छु भन्यो भने नाथे जिन्दगी दुई चार वटा बित्छ। परक एत्ती हो कसैको स्मृतिमा अभाबै-अभाब बाबु-आमाको सँगर्स होला कसैकोमा उनिहरुले नमाग्दै दिएको सुबिधाको। हाड घोटेर छोरा-छोरिको को लागि गर्ने बाबु- आमा पाउने भाग्य-मानी मा म पनि पर्दछु। मैले त उनिहरुले कती गरे भन्ने कुरा याद गर्नै छोडि सके किन गरे भन्ने मात्र मन मा लिन्छु। एउटा सपना। हो तेही सपना हाम्रो उज्ज्वल भबिस्यको, हाम्रो सुखी संसारको। बस हामीले तेस्लाई ठेस लाग्न दिनु हुन्न। ईश्वरले तपाईंलाई धैर्य-धारणा गर्ने सक्ती प्रधान गरुन।।।
Narayangarh suburb · Nov 17, 2009 11:27 AM
samabedana rahulvai.
jira · Nov 17, 2009 11:58 AM
माँको आत्मा परमात्मामा लीन भएको यस् दु:खद घडीमा राहुल दाई लाई परमेश्वोरले शोकसँग लद्न बल प्रदान गरुन। मेरो हार्दिक समवेदना तथा श्रदान्जली ।
gurudevkoguru · Nov 17, 2009 12:03 PM
So sad!! Heartfelt condolence to the departed soul and deepest sympathy to Rahul dai!! I had gone through like the same stage so I know how hard is it to bear with.
North pole · Nov 17, 2009 12:34 PM
sad to know your news. my thoughts and prayers to you and your family.
subrath · Nov 17, 2009 12:45 PM
ठुल्दाइ अनी परिवारमा फेरी पनि हार्दिक श्रदान्जली अनी समबेदना। आमा को चिर शान्ती को कामना। -बिस्टे परिवार
?????? · Nov 17, 2009 1:01 PM
राहुलदाइ, हार्दिक श्रदान्जली तथा समबेदना |
Bhakte · Nov 17, 2009 1:08 PM
Rahulvai, Yas dukhad ghadi ma Iswar le sahana sakne sakti deun. Dibangat atma ko shanti ko lagi hami bagwan sanga prarthana garnechau. Sunda dherai dukha lagyo. Hamro samabedana. Icanfly
Icanfly · Nov 17, 2009 1:15 PM
आमाको हामी प्रतिको त्याग तपस्या र माया सम्झिदा त बिदेश मोह त्यागेर अहिले नै गएर आमाको सेवामा सम्पूर्ण जीवन बिताइदिउ जस्तो लाग्छ ! तर सोचे जस्तो हुन्न जीवन ! ठुल्दाइ, माँ को आत्माले शान्ती पाओस !
ritthe · Nov 17, 2009 1:38 PM
ठुल्दाइ हार्दिक श्रदान्जली अनी समबेदना।
???? · Nov 17, 2009 1:49 PM
ठुल्दाइ हार्दिक श्रदान्जली अनी समबेदना।
serial · Nov 17, 2009 1:52 PM
Rahulvai, Hardik Shrandhanjali ra samabedana. Mabi
shirish · Nov 17, 2009 2:41 PM
ठुल्दाइ, फेरि पनि समबेदना। माँको दिवंगत आत्माले चीर शान्ति पाओस्।
chipledhunga · Nov 17, 2009 2:53 PM
Samabedana Rahilvai, आमा को चिर शान्ती को कामना।
Nirvana · Nov 17, 2009 3:04 PM
हार्दिक श्रदान्जली
lakhe · Nov 17, 2009 3:11 PM
ठुल्दाइ ! हार्दिक श्रदान्जली । माँ को आत्माले शान्ती पाओस ।
Regal · Nov 17, 2009 4:27 PM
ठुल्दाइ हार्दिक श्रदान्जली अनी समबेदना।
pacific salmon · Nov 17, 2009 4:59 PM
Rahulvai, hardik sradhanjali ani sambedna.
spoken · Nov 17, 2009 5:15 PM
mero pani, rahuldai
Poonte · Nov 18, 2009 7:42 AM
Rahuldai हार्दिक श्रदान्जली अनी समबेदना Wishing you and your family the strength and peace during this difficult time.
san · Nov 18, 2009 8:33 AM
ठुल्दाइ, आमाको आत्मा ले चिर शान्ती पाओस भन्ने कामना गर्दछु। यस दु:खद घडीमा हजुर र हजुर को परिवारलाई ईश्वरले सहन शक्ती प्रदान गरुन।
Dipika02 · Nov 18, 2009 8:58 AM
hardik sradanjali!
Geology Tiger · Nov 18, 2009 9:45 AM
राहुल दाजु, नेप्ची तता जु, जन्म बिया, थ:गु म्हसं हि च:ति हायेका, दुरु त्वंका, सुसाकुसा याना, कर्म व कर्तब्य पथय् अटल जुयेफयेक तिव: बिइम्ह मां बाहेक मेपिं सु दै धका । थ: प्वा: सुकू च्यूंसां, थ: वस हेलेहेले व:सां, थ: उसाँय मदया च्वंसा, थ: छुं छकु हे मदुसां थ: मस्तया नितिं सकतां पाइम्ह नं मां बाहेक मेपिं सु हे दै धका । थथे थ: मस्तया नितिं जीवन पापां सुख छु, आराम छु, वैभव छु धैगु तकं ल्व:मंका दु:खया सागरय् हे न्हिला न्हिला सकतां समर्पित याना बिज्याम्ह मां मत्यवं मदुगु न्यना तसकं दुख ताल। वसपोलया आत्मा सुखावति भूवनय् बास लायेमा धका मनं तुंसेँ दुनुगलं निसे बिचा: हायेका । भगवान सरन ।
chanaa_tarkaari · Nov 18, 2009 11:09 AM
सबै सह्रिदयी मित्रहरुमा यस दु:खद घडीमा साथ दिनु भएको मा आभारी छु ।
rahulvai · Nov 19, 2009 8:19 AM
ठूल्दाई यस दुखद घडिमा तपाईँको साहस र धैर्यता कायमै रहोस भन्ने कामना सहित मातालाई हार्दीक समवेदना!
Birkhe_Maila · Nov 19, 2009 9:36 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion