राश्ट्रपतिय प्रणली नै नेपालको लागि उत्तम छ। हाम्रो देशमा अहिले चलिरहेको राजनितिक अन्यौलको बिज हाम्रो प्रधान्मन्त्रिय प्रणली र मंत्रिपरिशदको चयन गरिने बिधी सँग सिधै सम्बन्धित छ। प्राधानमन्त्री हुन संसदमा बहुमत चाहिने अनी मन्त्री हुन सम्सद हुनु पर्ने बेबस्थाले गर्दा हाम्रा नेता हरु भ्रस्ट भएका हुन्। जब सम्म हाम्रो नयाँ संबिधानमा एस्तो प्रणालीलाई निरन्तरता दीइन्छ तब सम्म हामिले बिगत्का कथाहरु दोहोरिएको पाउनेछौ। नेताहरु कुर्ची को पछाडि लागिनै रहनेछन अनी बहत्तरे र छतिशेहरुको राज चलिनै रहने छ। रश्ट्रपतिय प्रणली जहाँ आम् चुनाव बाट रश्ट्रपतीको चुनाव हुन्छ तेश्ले मात्र भ्रस्ट अनी अयोग्य नेताहरु लाई जनता स्वोयम्ले सत्तामा जान बाट छेक्न सक्नेछन। अनी कोही पनि सबल र योग्य नेपाली चुनावमा आफ्नै योग्यताको भरमा उठ्न पाउने छ। एसो गर्नाले हामीले फेरी गिरिजा/मा कु ने/शेरे अनी प्रचन्डहरुको अनुहार हेर्नु पर्दैन। दुई तिहाइ बहुमतको सम्सदले महाअभियोउग द्वारा मात्र राश्ट्रपतीलाई पद्च्युत गर्ने मिल्ने ब्यबस्थाले रज्नितिक् स्थिर्ताको पनि प्रत्यभुती गर्छ अनी फेरी हुने चुनावमा जनता ले आफुलाई मन पर्ने ब्यक्तीलाई प्रत्यक्ष रुपमा निर्बचित गर्न पाउन्छन की पार्टी हरु को पर्दा पछाडि को खेल र अन्तरराष्ट्रिय शक्ती केन्द्र हरु को बल को कुनै काम हुने छ। मन्त्री को हुने?? यो एउटा यक्ष् प्रश्न हो अनी सारा समस्या को भ्रुण पनि। संयुक्त राज्य अमेरिकाको जस्तो बेबस्था नयाँ संबिधानमा हुनु पर्छ। जो कोही नेपाली नागरिक पनि राश्त्रपतीको चयनमा मन्त्री हुन पाउनु पर्छ। मन्त्री हुन को लागि साम्सदनै हुन पर्ने नियम खरेज गर्नु पर्छ्। अज उत्तम साम्सदहरु भनेका निति निर्माण गर्ने बिधायक हरु हुन् तेसैले उनीहरु मन्त्री हुन नपाउने नियम बनाउनु पर्छ र यदि राश्ट्रपती ले योग्य साम्सदलाई मन्त्री नियुक्त गर्ने भए सो साम्सदले राजिनाम गर्नु पर्छ। एसो गर्नाले साम्सदहरुले आफ्नो काम गर्ने छन्। अनी सत्ता र कुर्शीको अबसर कम भए पछि अबशर्बादीहरु राजनीतिमा आउन कम हुने छ।
BEHOSHI · Nov 15, 2009 10:21 PM · 7,159 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion