यो कथाको अन्त्य छैन !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

फेरि मेरो ढाडले दुख दिन थालेको छ । मैले मेरि सुधालाई सुनाउन सक्दिन मेरो ढाड दुखाइको बारेमा । किन आइमाई मान्छे साना साना कुराहरुलाई ठुलो इस्यु बनाउँछन् खोई ! उसलाई नभनेकै ठिक छ मलाई रोग भन्दा उसको चाकर देखी डर लाग्छ । दुध दुहुँदा दुहुँदै कहिले काहिँ बाल्टी नै हुइँक्याइदिउँ जस्तो लाग्छ ।त्यति नै खेर हो ढाड दुख्ने ज्यादा ! “आ गाई बेचीदिउँ !” मैले भान्छा मा चियाको लागि पानी तताउँदै गरेकी सुधालाई हेर्दै प्रस्ताव राखेँ ।उसले मेरो हातबाट बाल्टिन लिने बेलामा पुलुक्क हेरी । “तँपाइले नभने पनि मलाइ थाहा छ ,मैले त अस्ति बेचौँ भनेको ! आखिर के कमी छ र अब ? ” उसले मैले नबोलिकननै मेरो ढाडको रोग पत्ता लगाई । हो हुन पनि , के कमी छ र अब छोरा पढुन्जेल गाई पाल्दा साइड जब भएको थियो टिचिंग बाहेकको जसले हाम्रो घरलाई सघाउने भएको थीयो । अहिले त किन नै पो चाहियो र गाई ? उ चिया लिएर बाहिरको बरण्डा मा निस्की , म उसको पछि पछि लागेँ । आज घाम चर्केला जस्तो छ । धान सुकाइदिनु पर्ने छ मिल को चट्टालमा लगेर ! बाटो पानी नपरेर धुलै धुलो भएको छ । अम्बक का बोट मा गिठ्ठा अम्बक झुण्डिन थालेछन् । कान्छो छोरालाई सम्झेँ अम्बक खुबै मन पराउँथ्यो । “ आज सपना नराम्रो देखेँ , कान्छा लाई फोन गरेको लागेन !” सुधाले गुनासो पोखी ।त्यहि भएर रहेछ उसको उज्यालो अनुहार मलिन् । बिहा गरेको बेला थोरै काली छे भनेर धेरैले भने तर आज छब्बिस बर्ष पछि पनि मलाई उ उस्तै उज्याली उस्तै फरासिली लाग्छे । “अब सँधै त कहाँ बाट गर्न सक्छ त विदेशबाट तिमी पनि !” फेरि उसको गुनासो ,हामी एक अर्काको गुनासो पेटीका भएका छौँ , म उसको गुनासो बोकिदिन्छु उ मेरो गुनासो बोकिदिन्छे ।फरक यति छ उ गुनासो लाई दोहोर्याइ तेहेर्याई कन भनिरहन्छे , म भन्दिन तै पनि उ बोक्छे । उसले मेरो मौनता बुझेकी छे । “हैन नी , आज त छुट्टिको दिन सँधै गर्थ्यो ,फेरि तिन दिन पनि त भयो !” “आउला नि त !” म माया देखाउन चाहन्न ,फेरि सुधा जिस्क्याइहाल्छे तँपाइलाई पनि त खरो भइहाल्ने रैछ नी खाली मलाई मात्र भन्नुहुन्छ भनेर ! “एक चोटी तँपाइले ट्राई गर्नु न लागिहाल्छ कि !” मैले कल गर्ने लाइसेन्स पाएँ अब म जति पनि ट्राइ गर्न सक्छु लगाएरै छोड्नेछु । फोन लागिरहेको रहेनछ ,यो नेटवर्क मलाई रिस पनि उठ्छ ,बिचरा कान्छो पनि त ट्राइ गरिरहेको होला !उसलाई पनि त थाहा छ उसकी आमाको वानी ! “ कि जेठो लाई फोन गरेर चित्त बुझाउँछ्यौ त !” मैले उसलाई जिस्क्याएँ । हिजो जेठोले मसँग गफ नगरिकन फोन राखेको थियो ! “छ्या हिजो राति गरेको हैन !” “तिमीले यसपाली आउँदा सुन्तला लिएर आइज भन्यौ त ! भनेनौ भने त ल्याउँदैन त्यसले ।"&nbsp; “आँफै फोन गरेर भने भइहाल्यो नि खाली मलाई अराउनुहुन्छ !” उसले साग पखालेको पानी मा आफ्नो हात भिजाउँदै भनी ! उसको हातको घडी पुरानो भएको छ ,अर्को ताली बजार गएको बेला उसले थाहा नपाई घडी ल्याइदिनुपर्ला ! “खाली आमा खोज्छन् केटाहरु ! Normal 0 false false false EN-US X-NONE SA MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0cm 5.4pt 0cm 5.4pt; mso-para-margin-top:0cm; mso-para-margin-right:0cm; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0cm; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} फोन को घण्टी बज्यो ,सुधा जुरुक्क उठी ।थोरै उज्यालो फर्कियो , म पछि पछि लागेँ उसको । कान्छोको फोन हैन रहेछ म बाहिर निस्केर आफ्नो मेमोरिकार्डका गितहरु सुन्न थालेँ ! बरण्डाको खाटमा गर्मिमा घाम आएर बस्न गाह्रो हुन्छ । भित्र गएर कुर्सि झिकेँ । अम्बकको छायाँ मा राखेँ ! “गोपाल बाजेको पो रैछ ,आफू त कान्छोको होला भनेर उठेको !” उसको अनुहारको उज्यालो हराएको थियो । म पनि त विवश नै थिएँ नी फोन लागिराखेकै थिएन । “टाढा पठाएपछि त्यस्तै हो !” उसको अनुहारमा रिस नदेखेको धेरै भएको छ तर उ रिसाउँदा पनि राम्री लाग्छे ,मेरै आफ्नि लाग्छे । “मैले पठाएको हो ?” उ थोरै झर्किई ! <link rel="colorSchemeM

fucheketo · Nov 14, 2009 12:46 AM · 11,478 views

5 Replies

Normal 0 false false false EN-US X-NONE SA MicrosoftInternetExplorer4 “आजको चिया साह्रै मिठो थियो !” मैले कुरा मोडे “पर्दैन खान फेरि ,त्यसै त ग्याष्ट्रिक ले खाना नरुच्ने भइसकेको छ !”&nbsp; उ झर्किए जस्तो गरी मलाई थाहा छ उ किचन भित्र छिरेर बनाएर लिएर आउनेछे अब चिया ! “तिमीले बनाएको खाना मलाई नरुचेको छ र कहिल्यै !” उसलाई किचन भित्र छिराउन यी शब्द पर्याप्त थिए ! बाटोमा मेरै बिध्यार्थी गन्जी र हाफ पाइन्ट मा साइकलको ट्युब गुडाउँदै थियो । “सुवाष अम्बक खान्छस् ?” मैले बोलाएँ ।उ लुरुलुरु आयो मलाई नमस्ते गर्यो मैले गिठ्ठो अम्बक टिपेर दिएँ । मेरो कान्छोलाई पनि पाकेको अम्बक मन पर्दैन ! सुधा चिया लिएर आई । “फोन लागेन है !” मैले टाउको हल्लाएँ ! “ट्राइ नै गर्नु भएको छैन की के हो ?” “तिमीलाई माया लाग्छ नि छोरा छोरीको !” म पनि झर्किए जस्तो गरेँ ! “मैले त्यहि नै त है भनेको ,अहिले को चिया चाहिँ कस्तो छ नी !” उसलाई थाहा रहेछ मैले अघि चियाको नाममा कुरा मोडेको थिएँ भनेर ! “आज खाना चाँडै खानुपर्ने ,छुट्टिको दिन !” “परेको छैन है तास खेल्न जान !” उ कसरी मैले पुर्ण नगरेका वाक्यहरु बुझ्छे ,मेरा शब्दभित्रका अर्थहरु बुझ्छे ! “दाजुले अघि फोन गरीसक्नुभयो !” मैले दोष दाइलाई देखाइदिएँ , दाजुले पनि मैले बोलाएको भन्नु भएको होला घरमा पक्कै पनि ! “कस्तो माया नलागेको छोरोको ,फोन गरेको छैन तँपाइलाई पनि !” उसले मलाई सँधै इमोसनल ब्ल्याकमेल गर्न खोज्छे । छुट्टिको दिन घरमा एक्लै बस्न उसलाई पनि मन छैन तर उ भन्न पनि त सक्दिन ! फेरी फोनको घण्टि बज्यो “कान्छा के छ तेरो खबर।।।हेर न हिजो सपना कस्तो कस्तो देखेँ ।।।।।।।।।।।।“ उसको अनुहारको मलाई सबैभन्दा मन पर्ने उज्यालो फर्कियो । म फोनको छेउ तिर लम्किए उसले धेरै बेर गफ गरेपछि मलाई पनि एकछिन गफ गर्न दिनेछे भनेर ! आज ढुंगानाको तास खेल्न पनि जान पाइने भो !!!!!!!!!!!! &nbsp; यो कथा यति नै ,शायद यस्ता कथाहरुको अन्त्य हुन्न ! &nbsp; &nbsp; &nbsp; &nbsp;

fucheketo · Nov 14, 2009 1:10 AM

Normal 0 false false false EN-US X-NONE SA /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0cm 5.4pt 0cm 5.4pt; mso-para-margin-top:0cm; mso-para-margin-right:0cm; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0cm; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} &nbsp; फेरि मेरो ढाडले दुख दिन थालेको छ । मैले मेरि सुधालाई सुनाउन सक्दिन मेरो ढाड दुखाइको बारेमा । किन आइमाई मान्छे साना साना कुराहरुलाई ठुलो इस्यु बनाउँछन् खोई ! उसलाई नभनेकै ठिक छ मलाई रोग भन्दा उसको चाकर देखी डर लाग्छ । दुध दुहुँदा दुहुँदै कहिले काहिँ बाल्टी नै हुइँक्याइदिउँ जस्तो लाग्छ ।त्यति नै खेर हो ढाड दुख्ने ज्यादा ! “आ गाई बेचीदिउँ !” मैले भान्छा मा चियाको लागि पानी तताउँदै गरेकी सुधालाई हेर्दै प्रस्ताव राखेँ ।उसले मेरो हातबाट बाल्टिन लिने बेलामा पुलुक्क हेरी । “तँपाइले नभने पनि मलाइ थाहा छ ,मैले त अस्ति बेचौँ भनेको ! आखिर के कमी छ र अब ? ” उसले मैले नबोलिकननै मेरो ढाडको रोग पत्ता लगाई । हो हुन पनि , के कमी छ र अब छोरा पढुन्जेल गाई पाल्दा साइड जब भएको थियो टिचिंग बाहेकको जसले हाम्रो घरलाई सघाउने भएको थीयो । अहिले त किन नै पो चाहियो र गाई ? उ चिया लिएर बाहिरको बरण्डा मा निस्की , म उसको पछि पछि लागेँ । आज घाम चर्केला जस्तो छ । धान सुकाइदिनु पर्ने छ मिल को चट्टालमा लगेर ! बाटो पानी नपरेर धुलै धुलो भएको छ । अम्बक का बोट मा गिठ्ठा अम्बक झुण्डिन थालेछन् । कान्छो छोरालाई सम्झेँ अम्बक खुबै मन पराउँथ्यो । “ आज सपना नराम्रो देखेँ , कान्छा लाई फोन गरेको लागेन !” सुधाले गुनासो पोखी ।त्यहि भएर रहेछ उसको उज्यालो अनुहार मलिन् । बिहा गरेको बेला थोरै काली छे भनेर धेरैले भने तर आज छब्बिस बर्ष पछि पनि मलाई उ उस्तै उज्याली उस्तै फरासिली लाग्छे । “अब सँधै त कहाँ बाट गर्न सक्छ त विदेशबाट तिमी पनि !” फेरि उसको गुनासो ,हामी एक अर्काको गुनासो पेटीका भएका छौँ , म उसको गुनासो बोकिदिन्छु उ मेरो गुनासो बोकिदिन्छे ।फरक यति छ उ गुनासो लाई दोहोर्याइ तेहेर्याई कन भनिरहन्छे , म भन्दिन तै पनि उ बोक्छे । उसले मेरो मौनता बुझेकी छे । “हैन नी , आज त छुट्टिको दिन सँधै गर्थ्यो ,फेरि तिन दिन पनि त भयो !” “आउला नि त !” म माया देखाउन चाहन्न ,फेरि सुधा जिस्क्याइहाल्छे तँपाइलाई पनि त खरो भइहाल्ने रैछ नी खाली मलाई मात्र भन्नुहुन्छ भनेर ! “एक चोटी तँपाइले ट्राई गर्नु न लागिहाल्छ कि !” मैले कल गर्ने लाइसेन्स पाएँ अब म जति पनि ट्राइ गर्न सक्छु लगाएरै छोड्नेछु । फोन लागिरहेको रहेनछ ,यो नेटवर्क मलाई रिस पनि उठ्छ ,बिचरा कान्छो पनि त ट्राइ गरिरहेको होला !उसलाई पनि त थाहा छ उसकी आमाको वानी ! “ कि जेठो लाई फोन गरेर चित्त बुझाउँछ्यौ त !” मैले उसलाई जिस्क्याएँ । हिजो जेठोले मसँग गफ नगरिकन फोन राखेको थियो ! “छ्या हिजो राति गरेको हैन !” “तिमीले यसपाली आउँदा सुन्तला लिएर आइज भन्यौ त ! भनेनौ भने त ल्याउँदैन त्यसले ।"&nbsp; “आँफै फोन गरेर भने भइहाल्यो नि खाली मलाई अराउनुहुन्छ !” उसले साग पखालेको पानी मा आफ्नो हात भिजाउँदै भनी ! उसको हातको घडी पुरानो भएको छ ,अर्को ताली बजार गएको बेला उसले थाहा नपाई घडी ल्याइदिनुपर्ला ! “खाली आमा खोज्छन् केटाहरु !” मैले उसको अनुहार पढ्न खोजेँ ! फोन को घण्टी बज्यो ,सुधा जुरुक्क उठी ।थोरै उज्यालो फर्क

fucheketo · Nov 14, 2009 9:32 AM

A simple plot, modestly put and cleverly mixed with psychology and emotion. Indeed a good one and I believe closely related to yourself. And welcome back after a long time in Sajha.&nbsp;

eclectic · Nov 15, 2009 8:14 AM

&nbsp;कस्तो आफ्नै घरको आमा-बुवाको कथा जस्तै लाग्यो........ फुच्चे किन हारको अरु नि लेखना ....बरु अंग्रेजी मा पिलिज भन्छु नि ....&nbsp;

ThahaChaena · Nov 13, 2012 11:08 AM

WOW ... &nbsp;शब्द संग खेल्ने त यसरि हो नि ... अर्को मास्टर पिस ... पुराना पनि बाँकि नछोडौ है ...

Aakinchan · Nov 19, 2012 10:12 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all