कविता - यथार्थ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

(तपाईहरुको सल्लाह सुझाब पाए आफुलाई सुधार्ने मौका पाउने थिए।) दु:ख भुल्न दुखी भएर होइन दु:ख बाडेर भुलिदो रहेछ   बिछोडको घाऊ ओखतीले होइन समयले भर्दो रहेछ जीवनको यथार्थ मोज्मस्ती होइन दु:ख छिचोलेर जिउनु रहेछ सफल जिन्दगी धन सम्पत्तिले होइन त्याग र तपस्याले तौलिदो रहेछ खुशी हुन खुशी साचेर होइन खुशी बाडेर होइदो रहेछ   कसैको माया खोसेर होइन माया लाएर पाइदो रहेछ     प्रेमको दियो कुनै  तेलले होइन विश्वाशले बल्दो रहेछ

maun · Nov 12, 2009 6:29 PM · 599 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion