मिठो सपना तितो बिपना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बिहान चकमन्न घाम लागेको छ। बाउ काममा र २ जना छोरी हरु कलेज गएका छन, आमा र जेठि छोरी डाइनिङ टेबल मा बसेर भात खाँदै गर्दा फोन को घन्टि टरर  बज्छ र आमा जुठै हातलिएर फोन उठाउन जानु हुन्छ। फोनमा पैसा अनी अमेरिका को कुरा गरेको सुनिन्छ। फोन राखे पछी था हुन्छ, जेठि छोरी को लागि अमेरिका बस्ने केटा को कुरा आएको राऐछ भनेर। आमा को भुइँ मा खुट्टा छैन,दङ परेर भात पनि बाँकी छोडि फेरी फोन कुरेर बस्नु हुन्छ। किचन सँगइ को कौसी मा भित्र बाहिर गर्द बस्नु भको छ्। फेरी फोन को घन्टी बज्छ तर त्यो छोरी को साथी को फोन हुन्छ। छोरी साथी सँग कुरा गर्न थालछे,आमा तेही सगै बसेर करौनु हुन्छ फोन छिटो राख यहाँ अहिले जरुरी फोन औुछ भनेर, छोरी रिसाउदै साथी ले के सोची होली भन्दै फोन राक्छे अनी आमा छोरी को एक्छिन गलफत्ती पर्छ। तेत्तिकै मा फोन को घन्टी बज्छ आमा एकै घन्टीमा फोन उठाउनु हुन्छ, अनी हुन्छ हुन्छ ल एक घण्टा मा आउँला भनेर फोन राख्नु उन्छ। फोन राखेर छोरी लाई दंग पर्दै ल मेकअप गरेर लुगा लाएर झट्टै रेडी हो एउटा अमेरिकाँ बस्ने गज्जप को केटो को कुरा आछ ,पढेलेखेको छ र पैसा नि टन्नै कमाउछ रे , अहिले केटा को आमा बाबु ले हेर्ने भनेका छन,ढिला किन गर्ने भनेर आजाइ अहिले बगलामुखी मा गएर हेर्ने कुरा भएको छ। छोरी पनि अमेरिका जाने भने पछी मुसु मुसु हाँस्दै कहाँ अहिले बिहे गर्ने भनेको जस्तो गर्दै भर्र्याङ् बाट वोर्लेर ठीक पर्न जान्छे, बाटो मा आमा सिकौदै हिँड्नुहुन्छ ,दर्शन गर्नु धेरै हासेर नबोल्नु भनेर। मन्दिरा आए पछी एत उता हेर्छन कही अैपुगेका छैन जस्तो छ भन्दै। आमा छोरी बगलामुखी दर्शन गरेरतेही छेउ मा बसिराख्छन छोरी को अनुहार रातो देखिन्छ,परबाट रमा आन्टी केटा को बाउ आमा होलान लाई लिएर आउनुहुन्छ, बुढा बुढी तल देखी माथि सम्म निआलेर हेर्छन,फोटो रमा बहिनी को हात म दिनु छोरा ले फोटो पठाउने भनेर आफ्नो घर को बाटो लाग्छन ।आमा छोरी एत उत नहेरी आफ्नो सुर्मा हिन्डै गर्द बाटो मा छिमेकी सरिता आन्टी लाई भेटिन्छ। "आमा छोरी कता गएर आउँदै हो? भनेर सोध्दा आमा ले बिहान जौ भनेको भ्याइ नभ्याइ  हुन्छ तेही भएर अहिले भए नि बगलामुखी दर्शन गरेर औु भनेर,ल त काम छ पछी कुरा गरुला भनेर हतार गर्दै हिन्ड्नु हुन्छ र छोरी लाई फोटो कन्सर्न जानु पर्छ आज तँ र म को  फोटो पठाउनु पर्‍यो नि भन्नु हुन्छ,छोरी मुसु मुसु हाँस्दै हिनिरहेकी हुन्छे।   क्रमस Last edited: 11-Nov-09 11:01 PM

ticktock · Nov 11, 2009 10:54 PM · 13,575 views

2 Replies

Khai bau aamale ta kti man parayenan jhai lagyo hai malai. Natra kina ek bachan ni naboli tesari farkinu parthyo ta? Ini aama chhori kina yesari danga parya holan? Interesting start!!!!!

santosh1984 · Nov 12, 2009 9:43 PM

 >>छोरी पनि अमेरिका जाने भने पछी मुसु मुसु हाँस्दै कहाँ अहिले बिहे गर्ने भनेको जस्तो गर्दै भर्र्याङ् बाट वोर्लेर ठीक पर्न जान्छे,<<   त्यो केटा को बाउ आमाले केटी मन पराएको जस्तो लागेन त मलाई पनि फेरी केटी हेर्न आएपछी केही कुरा गर्नु - त्यतिकै हेरेर जाने त - के ताल को मान्छे हो फेरी अर्को भाग खोइ त    

serial · Nov 13, 2009 10:06 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all