यस्तै छ मेरो देस कैले आन्दोलन को भुमरी मा पिल्सिन्छ कैले झाडापखाला को महामारी मा सिकिस्त हुन्छ त कैले छिमेकी को पेलहमा निर्हिये बन्छ । सानो छ सुन्दर छ तर बलियो छैन पहाड बलिया छन तेस्करन ढलेको छैन सगरमाथा उच्च छ तेस्करन देबेको छैन यस्तै छ मेरो देस कैले उथ्न सकेको छैन शान्ति को जन्मभुमी मेरो देस कैले शान्ति ले बसेको छैन कैले बिदेसी सँग युद्द म होमिन्छ कैले राणा शासन मा पिल्सिन्छ कैले पञ्चायत को दरबार मा दबिन्छ त कैले माओवादी सँग जंगल मा हराउछ मेरो देस यस्तै छ मेरो देस आरम गर्न कैले पाउदैन कैले लोग्ने ले मुग्लान बाट AIDS बोकेर आउछ त कैले छोरो सात समुन्द्र पारी बाट बक्सा मा पोको परेर आउछ कैले छोरी खाडी मा ईज्जत घुमाएर आउछे त कैले श्रीमान बेलायत को नागरिकता बोकेर आउछ यस्तै छ मेरो देस सबै बाट पिडा खेपेर बाच्छ बन्दुक को नाली मा सत्त खोज्ने हरु लाई सहन्छ मेरो देस सम्सद मा बोका सरह किन बेच गर्ने लाई मान्छ मेरो देस मेरो देस निरर्हिये छ सब लाई सहारा दिन्छ जती पिडा परे पनि सहन्छ मेरो देस यस्तै छ मेरो देस सदै आफु मात्र पिडा बोकेर बस्छ
amricane · Nov 10, 2009 1:59 PM · 231 views
good one buddy. keep it up cheers.
georgian_satellite · Nov 10, 2009 2:12 PM
thanks dublicate americane good
sagarbida · Nov 10, 2009 3:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion