Community centre समाज बिकास केन्द्र

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साथिहो नमस्कार। सायद याँहा धेरै साथिहरु म जस्तै साझामा हुनेगरेका तल्लो राजनिति र हाम्रा राजनितिज्ञ को खोक्रो वकालतवाट वाक्क भैसकेका छौ भने कति हाम्रा गाँउ समाजमा साधारण औषधि उपचार नपाएर मर्नु परेको घटना सुनाइमा आइरहेको छ। हाम्रा कति दाजु दिदि भाइ बहिनि आज पनि ५- १० हजार कमाउने आशामा खडिका देशमा पुग्नुहुन्छ कुनै तालिम वा अध्यान बिना वा त बम्वैको बेश्यालयमा पुग्ने गर्नु भएको छ मानिसको बिश्वासमा परेर। यसको मुख्यजड अनुसन्धान गर्नेहो भने धेरै जस्ता कुरा गरिबि र अन्धबिश्वास मा गएर अडकिने गरेको छ । यस समस्याको मुक्तिकालागि अब हामि साझामा एउटा नेटवोर्कको बिकास गरौं र हरेक हप्तामा एक गाँउमा समाज बिकास केन्द्र को बिकास गरौ। हुनत तपाईलाई लाग्ला के यो कुरा संभब छ त ? एक पटक गहिरेर यि कुरालाई हेरुन ? यसका लागि हामिलाई अमेरिका, बेलायत वा इजरायलको जस्तो दसौं कोठा भएको भवन हुनु पर्दैन तर एकै कोठामा भएको समाज बिकास केन्द्र ले पनि गाँउलाई अगाडि पुर्याउन साथ  दिन सक्छ।हामिले सधैपैसासहयोग गर्नु पनि पर्ने छैन।तपाइले दिनु भएको बौद्धिक ज्ञानले पानि यो कुरा संभव छ। उदारणका लागि यसलाई हेर्नुहोस :  पुस्तकालय: गाँउ गाँउमा पुस्तक संकलन कार्यक्रम र एकिकृत संकलन, जसलाई प्रोयगकर्ता को आधारमा बितरण। हामि मध्यका कतिजना नेपाल जादैछौ, कति कुरा लिएर जान्छौ त्यसमध्य एउटा कुरा (किताब, कलम, रजिस्टर इत्यादि) हर्को थपौ त्यो पुस्तकालयको लागि वा हाम्रो नेटवोर्कका लागि। प्राथमिक उपचार केन्द्र: प्राथामिक उपचार तालिम स्थानिय बासिन्दालाई दिदै अति अति आवस्यक औषधि उपलव्ध गराउने। हाम्रा  साझामा भएका डाक्टरहरु को नेटवोर्क तयार पार्दै समाजिक कार्यक्रताको बौद्धिकता बिकास गर्ने । यस मध्यका नेपालमा रहेका डाक्टरहरुलाई महिनाको एक दिन त्यो समाज बिकास केन्द्र भ्रमण गर्न अनुरोध गर्ने त्यसबापत उँहाहरुको कार्यलाई  हरेक महिना कदर  स्वरुप केहि दिने भने उहाँहरु भ्रमणमा आवस्यक पर्ने सबै अति आवस्यक पर्ने कुरा को ब्यबस्था मिलाइ दिने। तालिम केन्द्र: यसले गाँउ समाजका मानिसलाई तालिम दिनुका साथ साथ मा रोजगारमा लाग्न आवस्यक पर्ने सम्पुर्ण सिप प्रदान गर्नेछ। यसले ब्यबसाहिक प्रौढ शिक्षा पनि संचालन गर्ने छ,जसमा  अक्षर नचिनेकालाई अक्षर चिनाउने मात्र नभएर उनिहरुलाई एउटा ब्यबसा्य गर्न आवस्यक पर्ने भाषिक वा ब्यबसाहिक ज्ञान दिन त्यहि क्षेत्रका प्राबिधिक सँग भेटाउने छ। यसले सहकारि को महत्व गाँउ गाँउमा पुर्याउने छ भने हरेक महिना बिज्ञहरु सँग को अन्तरक्रिया पनि गाँउले वा त्याँहा का बासिन्दालाई दिने छ। कल्बघर: यसले गाँउ समाज मा जन चेतना, खेलकुद, साहित्यिक , धार्मिक र साँस्कृतिक  परिपक्वता लेर्याउन सहयोग गर्ने छ  साथिहरु माथि को उदारण हरे पछि तपाईको मन मा लाग्यो होला कसले गर्न सक्छ त वा कति लाग्छ वा के के चाहिन्छ त यसका लागि ? उत्तर सजिलो छ, यो समाजमा समाजका मानिसका लागि गरिने हो। जस्तो यसका लागि चाहिने घर बनाउन ५० हजार देखि १ लाख लाग्न सक्छ  र हेरक महिना ४-५ हजार २ बर्षका लागि जब गाँउमा तालिम दिएका मानिसहरु ले गाँउमानै गाँउले लाई रोजगार दिनसक्ने बन्छन । तजब गाँउले सक्षम हुन्छन यो नोटवोर्कले समाज बिकास केन्द्र गाँउले लाई नै सुम्पने छ। यसका बारे मा अरु छलफल हुने नै छ। तपाईको सोचाइ र बिचारको सम्मान गरिने छ, कृपया आफ्नो बिचार राख्ने प्रयास गर्नुहोला।

sajhabusaima · Nov 9, 2009 3:21 PM · 7,050 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all