धमलालाई भारतीय पुलिसको चड्कन युएसनेपाली न्युजबाट साभार काठमाडौं, २० कार्तिक (दैनिकी) रिपोर्टर्स क्लबका अध्यक्ष ऋषी धमला भारतीय प्रहरीबाट कुटिएका छन्। नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको भारत भ्रमणको सिलसिला मै धमला दुई दिन अघि नयाँदिल्ली पुगेका थिए। विहीबार नयाँदिल्लीस्थित विज्ञान भबनमा भारतीय अधिकारीहरुलाई भेट्न गएका फोरम अध्यक्ष यादवसँगै रहेका धमलालाई भारतीय सुरक्षाकर्मीले मर्यादा उल्लङ्घन गरेपछि दुई चड्कन लगाएका थिए। भारतीय टेलिभिजन स्टार न्युजको राजनीतिक सम्बाददाता आशिष कुमारका अनुसार भारतीय अधिकारीहरुलाई भेट्न फोरम अध्यक्ष यादवसँगै प्रवेश गर्ने कोशिश गर्दा धमलालाई सुरक्षाकर्मीले रोकेका थिए । आफू सञ्चारकर्मी भएको भन्दै परिचय पत्र देखाउँदा पनि धमला प्रवेश गर्न पाएनन् । उनले दुई पटकसम्म आफूलाई प्रवेश गर्न दिन अनुरोध गरेपछि भारतीय सुरक्षाकर्मीले उनलाई थप्पड हानेका थिए । सुरक्षाकर्मीको अनुरोध लत्याउँदै मर्यादा उल्लङ्घन गरेकोले भारतीय प्रहरीले हिँजो धमलालाई कुटेको आशिष कुमारले जनाएका छन् । भारतीय प्रहरीले दुई चड्कन लगाएपछि धमलालाई विज्ञान भबनको गेटबाट बाहिर निकालेका थिए। सम्भब भएसम्म क्यामेरामा पर्ने गरी नेताहरुको नजिक बस्ने सञ्चारकर्मीको रुपमा धमला परिचित छन् ।
sano_kanchha · Nov 8, 2009 7:40 PM · 11,574 views
Thukka Dhamala....
Ved555 · Nov 9, 2009 7:16 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion