बाहिर हुरी चल्दैछ, कालो आकाश बर्षिदैँछ। मेरो पनि रुनु थियो, मनलाइ अलिकति धुनु थियो। खोइ, किन हो आजकाल आँसु झर्दैन, छटपटि हुन्छ, तर मन रुँदै रुँदैन। तिमी जानुको पीडा त छदैं थियो, जिन्दगीले पनि हराइ छाड्यो, तिम्रो बिदाइमा नबगेको आँसु अझै मेरो मनमा जमिरह्यो। बाहिर हुरी चल्दैछ, कालो आकाश बर्षिदैँछ। मेरो पनि रुनु थियो अलिकति मनलाइ धुनु थियो। खोइ, किन हो आज्काल आँसु झर्दैन, औडाहा हुन्छ, तर मन रुँदै रुँदैन। तिम्रो र मेरो एक पल थियो, त्यसैलाइ साँचेको मुटु पनि दुख्यो, तिम्रो अगाडी लुकाएको आँसु, चिसै मनमा जमिरह्यो। बाहिर हुरी चल्दैछ, कालो आकाश बर्षिदैँछ। मेरो पनि रुनु थियो, अलिकति मनलाइ धुनु थियो। खोइ,किन हो आजकाल आँसु झर्दैन। धेरै प्रयास गरे तैपनि भक्कानो फुट्दैन।
sajha_addict · Nov 8, 2009 5:43 PM · 13,032 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion