सीमा (लघुकथा)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                                                  सीमा     पहिलो घुम्तीमा पखेटेहरुको समूहलाई भेटियो । सबै पखेटेहरु स्वछन्दले आनन्दित भैइरहेका थिए । त्यहाँ न झगडा थियो न वादविवाद नै । त्यहाँ सबै मिलेर मधुर गीत गाइरहेका थिए । एक अर्कामा सहयोगी भावना देखाइरहेका थिए ।     दोस्रो घुम्तीमा चारखुट्टेहरुको समूहलाई भेटियो । त्यहाँ उनीहरु आफुखुशी चरिएको देखियो । कसैले कसैमा अतिक्रमण र आक्रमण गरिएको पाईएन । स्वेच्छाले जिईरहेको भेटियो ।     तेस्रो तथा अन्तिम घुम्तीमा हातखुट्टेहरुको समुहलाई भेटियो । यहाँ हातहरु खुट्टामा थिए । पिठ्यूँहरु फर्काइएका थिए । आँखाहरु क्रोधित देखिन्थे । हतियारहरु नजिकै तैनाथ थिए । जो कोही होचो हुन हिचकिचाइरहेका थिए । तर , उनीहरुले सर्वश्रेष्ठताको सीमा बाहिर उफ्रिरहेका पत्तो पाइरहेका थिएनन् । Last edited: 04-Nov-09 11:53 PM

dinesh shrestha · Nov 4, 2009 11:49 PM · 68 views

1 Reply

dinesh shrestha · Nov 4, 2009 11:50 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion