सधियार कि मतियार ? डाँका भनौ कि नेपाली प्रथा ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बैरगी काइलो को न्वरान हामीले गरिदिएको हो, छोरा हरु मा चौथो भएकोले काइलो भयो, दु:खम सुखम गरी अमेरिका पनि पुग्यो , यो साझामा पढन पाइए झै Depressed भएर नेपाल आएको बेला हामीले उस्लाई बैरगीकाइलो भनी न्वारन गरिदिऔ । हिजै मात्रै के छ साथी हो , चार आना जग्गा किनेको पर्खाल पनि लगाउन सकिएन , भएको काम पनि कर्मचारी घटाऊने क्रममा ऊस्को नाम पनि परेको धेरै भयो रे, भएन अब तेही घदेरी पनि बेच्नु पर्‍यो भनी कुरा गरेको हुनाले एक जानालाई जग्गा देखाउन लगिदिएको त छिमेकिले पुरानो साध त भात्काएर नयाँ बनएछन , के गर्नु भएको भन्न पनि सकिएन, अन्दाजी १ फिट जती जग्गा मिची सकेछन। के चलन हो हामी नेपालीको, सरकारी बिर्ता जग्गा पनि हैन, जो बाट किनेको हो ऊन्लाई पनि थाहा छ बैरागिको ब्यथा, तर पनि मन थाम्न सकेनन उन्को अनुस्पथिती, मन बाधन सकेनन कुकर्मा गर्न बाट , पसुपती १० मिनेटको बाटो हो , हरेक सानीस्चर बार हातमा पूजाको थाली र धुप लिएर लाइन मा बसेकै हुन्छन, धर्मात्मा हुनु भनेको अरुलाई देखाउने कुरा मात्रै हुन , मन सुद्धी बनाउने कुरो हैन। सानो छदा महाजनले तल्ला घरे साइलाको ल्याप्चे लगाएर रे त्यो पनि ओछ्यानमा लास भएको बेला रे , यो खास खुस कुरा हो , मलामिले दुबै बुढी औलामा कालो देखे ।हैन किन हामी नेपालीको यो मस्थिती ? किन मिच्नु पर्‍यो, तेस्को आफ्नै छ ४-५ रोपनी जग्गा , के हाम्रो जिनमा 'पर पीडनम रती साधनम" युगान्तर देखी बोकेर आएको समय र उच्च शिक्षा प्रप्तिले पनि मेटाउन सकेन .कसरी भनौ बैरगिजी लाई तिम्रो सधियार , जो बाट जग्गा किनेको हो, एक फिट जती मिच्या छ बनेर , कामको खोजिमा छु भन्थ्यो अब सिमाना कायम गर्न आउ भन्ने कि के भन्ने। किन जादैन , बद्लिदैन हाम्रो मनस्थिती, मन्दिर जान्छौ तर हाम्रो डाँका पन लैजाउ भनेर भाकल पनि गर्दैनौ, यो बर्ष एक फिट मात्रै गाभे ,एक आर्को एक दसक मा त तिन्को घडेरिनै नरहने भयो नि ? हामी के थिऔ र हुँदै छौ , बिद्या दादाती बिनयम  .......................................पनि बाचन् को लागि मात्रै रहेछ .अमेरिकि बासी , बिदेसबासी हरु सधियार देखी होसियार हुनुस् , मिठो कुरा मुखमा मात्रै हो " बिस कुम्भम पायो मुखम ". Last edited: 04-Nov-09 10:40 AM

syanjali · Nov 4, 2009 10:27 AM · 1,918 views

1 Reply

You made his life miserable.  तिम्रो दु:ख भन्दा पनि तिम्रो सधियारको दु:ख सम्झेर माया लाग्यो .कती बर्ष भयो साथीले घडेरी किनेर छोड्नु भएको? तपाईंले किनेर छोडेको दिन र उस्ले तपाईं बिदेशमा हुनु हुन्छ भन्ने दिन देखी उस्को दिल दिमाग कसरी मिच्न सकिन्छ भनेर दिन न रात चैन् भएन उस्को.I think you made his life miserable because you left him an open invitation for years and years not putting a wall. ७ घण्टा सुत्यो बाँकी १७  घण्टा दिनको हिसाब गर्दा ३२८५ दिन भनौ वा ५५८४५ घण्टा भनौ वा ३३५०७०० मिनेत समय उस्को कसरी मिच्न सकिन्छ भनी बित्यो , त्यो दु:ख र मानसिक तनाव कि मुल्य नै छैन। उल्टो तपाईंलाई मुद्दा हाल्नु पर्ने , पर्खाल नलगाइदिएर सधियारको ३२८५ दिन तपाईंको जग्गा मिच्ने सोछाइमा बितेको तड्पाइ मा । You just loss little land , but he lost his whole 8-9 years of time planning. Now he  may be enjoying his victory after a decade of planning , was it worth it?????????? Any answer ???????.  Last edited: 05-Nov-09 09:41 AM

NayaSadak · Nov 5, 2009 9:40 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all