बहरे हजज अस्तर २१२१+२२+२२+१२१२ आँसु चै नझार्नू डोली चढेपछि जीतमा नहार्नू डोली चढेपछि तड्पिदैछु पल् पल् उन्कै वियोगमा सम्झना नमार्नू डोली चढेपछि जो हजार जन्मै बस्नेछ पर्खिदै दोषमा नपार्नू डोली चढेपछि त्याग त्यो लुकाए तिम्रै खुशी सँगै प्यार यो नबार्नू डोली चढेपछि आँसु छल्किदैथ्यो मर्दै थियो विगत् यो कथा नतार्नू डोली चढेपछि
dinesh shrestha · Nov 4, 2009 9:22 AM · 9,798 views
जो हजार जन्मै बस्नेछ पर्खिदै दोषमा नपार्नू डोली चढेपछि ....... आँसु छल्किदैथ्यो मर्दै थियो विगत् यो कथा नतार्नू डोली चढेपछि क्या बात! नेपे दाईका पुराना प्रेम/वियोग का गजलहरु याद आयो यो पढेर!
Birkhe_Maila · Nov 4, 2009 9:30 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion