प्रचण्ड पथको अर्दलीकरण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अर्दली बन्ने पालो अब छापामारको, सयौ छापामारहरु नेताहरुको घरघरमा Share this&nbsp;Mister Wong &nbsp;Digg &nbsp;Del.icio.us &nbsp;Slashdot <a rel="nofollow" class="sublevel-toolbar-article-horizontal" href="http://www.furl.net/" onclick="window.open('http://www.furl.net/storeIt.js... news weekly magazine,learning nepali,kantipur online news,kantipuronline news, nepalnews comn, in nepalnews, nepalnews om, nepalnews co, nepalnews cm, maoist news, nepalnews kantipur, wwww nepalnews, nepalnews net, nepalnews , nepalnews video,nepalnews nepali, nepalnews chat, all nepalnews, nepalnews con, bbc nepalnews, ww nepalnews, nepalnews forum, daily news headlines, weekly news publications, news wall street, news electronics, mergers and acquisitions news, nepal kantipur, nepal shrestha, nepal rana, nepal thapa, nepal gurung, nepal royal family, communist party nepal, nepal maoist rebels, nepal shah, nepali royal family, nepali communist party, maoist nepal kantipur nepali, nepal maoists, nepali gurung, kantipur television, nepal maoist insurgency, nepali maoist, kantipuronline nepali, nepali maoists, nepali sites, nepalitimes, kurakani, radionepal, terai nepal, kathmandu nepali, nepali culture, free nepali tv, nepal gorkha, nepal weekly, nepal post, nepal media, nepal star, nepal press, phone nepal, weekly news nepal, weekly nepal news collection, weekly publication newws nepal&amp;t='+encodeURIComponent(document.title));return false;" style="margin-top: -1px; margin-right: 0px; margin-bottom: 0px; margin-left: 4px; padding-top: 0.3em; padding-right: 0.5em; padding-bottom: 0.3em; padding-left: 0.5em; border-top-width: 1px; border-right-width: 1px; border-bottom-width: 1px; border-left-width: 1px; border-style: initial; border-color: initial; outline-width: 0px; outline-style: initial; outline-color: initial; font-size: 11px; background-image: initial; background-repeat: initial; background-attachment: initial; -webkit-background-clip: initial; -webkit-background-origin: initial; background-color: rgb(255, 255, 255); color: rgb(16, 100, 148); text-decoration: none; font-weight: normal; text-align: left; display: block; border-top-style: solid; border-right-style: solid; border-bottom-style: solid; border-left-style: solid; border-top-color: rgb(204, 204, 204); bord

sumedhu · Nov 4, 2009 7:47 AM · 11,189 views

3 Replies

अर्दली बन्ने पालो अब छापामारको, सयौ छापामारहरु नेताहरुको घरघरमा l काठमाडौं। लोकतन्त्र स्थापनापछि नेपाली सेनाभित्र अर्दलीका रूपमा तल्लो तहका सिपाहीहरूलाई घरेलु काममा लगाउने परम्परामा व्यापक कटौती गरिएको छ।&nbsp; यो गलत र सामन्ती परम्पराको नयाँ उत्तराधिकारीका रूपमा माओवादी पार्टी र उसको जनसेना देखापरेको छ। माओवादीका सबैजसो केन्द्रीय सदस्यहरूले जनसेनाका तल्लो तहका छापामारहरूलाई अर्दलीका रूपमा आफ्नो घरायसी काममा लगाइरहेका छन्। हरेक क्यान्टोनमेन्टका उपकमान्डरभन्दा माथिका छापामारहरूले पनि अर्दली राखेको पाइएको छ। राज्यको तलब भत्ता उपलब्ध हुने सैनिकलाई अर्दलीका रूपमा राख्दा आफूले कुनै सुविधा दिनु नपर्ने भएकाले राणाशासनमा मात्रै होइन, राजतन्त्रका बेला पनि यो प्रथा जीवितै थियो। यस्तो प्रथालाई सामन्ती संस्कार भन्दै आएका माओवादी नेताहरूले राणा र शाहहरूकै शैलीलाई निरन्तरता दिएपछि छापामारहरूमा असन्तुष्टि सुरु भएको छ। &nbsp; यसैगरी, आफ्ना परिवारका बेरोजगार सदस्यहरूलाई जनसेनामा जागिर लगाउने र घरमा बसी बसी तलब बुझ्ने क्रम पनि माओवादीभित्र बढेको छ। माओवादीका केन्द्रीय सदस्य जनार्दन शर्माकी श्रीमती लक्ष्मी जनसेनाको कम्पनी कमान्डरका रूपमा क्यान्टोनमेन्टमा दर्ता छिन्। उनको पार्टी नाम विद्युत् हो। गृहिणीका रूपमा श्रीमान्सँगै काठमाडौं बस्ने लक्ष्मीले राज्यकै तलबभत्ता पाउने गर्दछिन्। तेस्रो डिभिजन कमान्डर सन्तोषकी श्रीमती र केन्द्रीय सदस्य बलदेवकी श्रीमतीको नाम पनि कम्पनी कमान्डरका रूपमा क्यान्टोनमेन्टमा दर्ता छ। आफ्नो घरमा बसेरै उनीहरूले पनि सरकारी तलबभत्ता बुझ्दै आएका छन्। सभासद् रूपा चौधरीका श्रीमान् पनि सातौं डिभिजनको &nbsp; ब्रिगेड कमान्डरका रूपमा तलबभत्ता बुझी श्रीमतीसँगै काठमाडौंमा बस्छन्। श्रीमान् र श्रीमतीलाई अलग अलग ठाउँमा नराख्ने नीतिअन्तर्गत क्यान्टोनमेन्टमा दर्ता भएका कतिपय छापामारलाई काठमाडौंमै बस्ने व्यवस्था मिलाइएको पार्टी स्रोतले जनाएको छ। &nbsp; 'सबैभन्दा ठूलो आवश्यकता पेट र दोस्रो आवश्यकता पेटमुनि' भन्ने कुरा माओवादीभित्र उखानजस्तै बनेको छ। पेट र पेटमुनिको आवश्यकता पूरा नभए मान्छेले जुनसुकै बेला पनि विद्रोह गर्नसक्ने निचोड निकाल्दै माओवादीले जनयुद्धमा पनि महिला पुरुषलाई बराबरीको रूपमा खटाएको थियो। जसमध्ये अधिकांशले आपसमा बिहेबारी गरिसकेका छन्। लोग्नेको किटान नभएका बच्चा जन्माउने छापामारको संख्या पनि उल्लेख्य छ। एउटा छापामारकी श्रीमती अर्को छापामारसँग सल्कने क्रमलाई नियन्त्रण गर्न माओवादीलाई निकै कठिन परेको बुझिएको छ। यो मामिलामा तल्लो तहका छापामारभन्दा कमान्डर नै अगाडि छन्। कमान्डर स्तरमै यो घटना बढ्न थालेपछि उपकमान्डर वर्षमान पुन अनन्तले आफ्नी श्रीमतीलाई एक्लै बाहिर जान प्रतिबन्ध लगाएका छन्। उपकमान्डर नन्दकिशोर पुन पासाङले आफ्ना सहकर्मीकी श्रीमतीसँग यौन सम्पर्क राखेको प्रत्यक्षदर्शी एक छापामार हाल बेपत्ता छन्। तल्लो तहका छापामारहरूलाई अर्काकी श्रीमतीसँग यौन सम्पर्क राख्दा कारबाही हुने र उपल्लो तहका छापामारहरूले यस्तो काम गर्दा थाहा पाउनेकै ज्यान जोखिममा पर्ने क्रम पनि बढ्दो छ। यस्ता समस्यालाई मध्यनजर राख्दै तीन वर्षभन्दा कम उमेरका छोराछोरी भएका र पेट बोकेका महिला छापामारलाई बढीमा तीन वर्ष बिदा दिने भन्दै हेडक्वार्टर प्रचण्डले सर्कुलर जारी गरेका थिए। तर घरमा पठाउँदा प्रतिक्रियावादीहरूले दिमाग भुट्न सक्ने सम्भावना रहेको निष्कर्ष निकाल्दै क्यान्टोनमेन्टकै निगरानीमा नजिकका गाउँहरूमा बसोबासको व्यवस्था मिलाउन थालिएको छ। सातवटा डिभिजनमध्ये एउटा डिभिजनमा २७ सयदेखि ४२ सय छापामार रहेका छन्, जसमध्ये अधिकांश बालबच्चासमेतका जोडी छन्। उनीहरूले पाउने मासिक तलबमध्ये एक हजार रुपैयाँ पार्टी सञ्चालनका लागि हेडक्वार्टरमा पठाउने, एक हजार रुपैयाँ जनयुद्धमा अंगभंग भएकाहरूको पालनपोषणका लागि छुट्याउने र एक हजार रुपैयाँ वाईसीएलका लागि कट्टी गर्ने गरिएको छ भने मासिक दुई हजार रुपैयाँ रासनका लागि भनेर कटौती गरिएको छ। &nbsp; दशैं–तिहार बिदामा घर गएका प्रायःजसो कमान्डरहरू क्यान्टोनमेन्ट फर्केका छैनन्। सातौं डिभिजन कमान्डर राकेश हेडक्वार्टरमै अड्डा जमाएर बसेका छन्। अब विद्रोहमा जान जनसेना तयार नभएकाले शान्ति प्रक्रियाबाटै सत्ता प्राप्तिको बाटोतर्फ लाग्नुपर्ने कुरामा सभासद् तथा केन्द्रीय सदस्यहरूलाई कन्भिन्स गर्न उनलाई अध्यक्ष प्रचण्डले हेडक्वार्टरमा राखेका हुन्। &nbsp; जनसेनाका बिग्रेड कमाउन्डरभन्दा माथिका कतिपय छापामारहरूले तस्करसँग सिधै सम्पर्क विस्तार गरेका कारण व्यापक सरुवाको तयारीमा हेडक्वाटर जुटेको छ। पछिल्लो डिभिजन कमान्डर यमबहादुर अधिकारी प्रतीक्षामाथि ठूलै लाञ्छना लागेको छ। बिग्रेड बिग्रेड सरुवा गर्ने तयारी सुरु गरिएको छ। जनसेनाका सात डिभिजनमध्ये पहिलो र छैटौंबाहेक प्रायः सबैमा पकड जमाएका जनार्दन शर्मा प्रभाकरले तेस्रो डिभिजनका धनबहाुदर गाहामगर र तेजबहादुर बोगटीलाई सरुवा गरेका छन्। दोस्रोमा शुकबहादुर बुढाऐरलाई फिट गरिएको छ। सातौंका प्रज्वललाई छैटौंमा सरुवा गरिएको छ भने दीपकलाई तेस्रोमा ल्याउने तयारी भइरहेको छ।

sumedhu · Nov 4, 2009 7:51 AM

shrot? link pani pau na.. You can only sympathize with the Maoist karyakarta.. First they were made to kill their own villagers, so now they have no place to go. Then they were put in cantonment, and now they are liberated to be the slave of their party leaders. These kids just wasted their one precious&nbsp;life.

pire · Nov 4, 2009 10:10 AM

Sorry to see them suffer and sorry to hear them how they got into this vicious cycle. &nbsp;Now these people may want to go back to jungle because it was the best part for them considering present situation.

syanjali · Nov 4, 2009 12:56 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all