त्यसबेलासम्म उनी गुमनाम थिए । तर, गाउँमा उनको छुट्टै नाम थियो- कर्मवीर । उनलाई नेपाली सञ्चारमाध्यमले भने त्यसबेला मात्र चिन्यो, जब उनले सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने रमोन म्यागासेसे अवार्ड पाए । बाटो, बिजुली, टेलिफोनका हिसाबले पिछडिएका नेपालका पहाडी जिल्लामा इन्टरनेट प्रविधि पुर्याउन गरेको योगदानका लागि महावीर पुनलाई यो अर्वाडबाट सम्मान गरियो । महावीरले म्याग्दीलगायत अन्य जिल्लाका विभिन्न गाउँमा ताररहित इन्टरनेट प्रविधि पुर्याएपछि त्यहाँको जीवनशैली नै फेरिएको छ । अहिले ती गाउँका मानिस आफ्नो गोरु, भैँसीदेखि मकै, दूधसम्मको विज्ञापन र व्यापारिक कारोबार इन्टरनेटमार्फत गर्छन् । डाक्टरहरू इन्टरनेटबाट बिरामीलाई प्रत्यक्ष अवलोकन गर्छन् अनि सुझाब दिन्छन् । यो सबै महावीर पुनको प्रविधिको देन हो । हामीसँग जीवन, सञ्चार र प्रविधिबारे संवादका लागि तयार हुँदा पनि उनी टेलिमेडिसिनमा व्यस्त थिए । 'प्रविधि जीवनका लागि हुनुपर्छ,' महावीरले सुनाए, 'म त्यस्तो प्रविधिमा मात्रै विश्वास गर्छु, जसले हाम्रो दैनिक क्रियाकलापलाई सहज र जिन्दगीलाई सजिलो बाटोतर्फ डोर्याउँछ ।' म्याग्दीको नांगी गाउँमा परीक्षण गरिएको बेतारे प्रविधिबाट दुर्गम गाउँहरूमा इन्टरनेट पुर्याउने प्रयासले सफलता नै चुम्यो । यसले आफ्नो विश्वासलाई सार्थक र जिन्दगीलाई सफल बनाएको उनी सुनाउँछन् । २०४३ मा एसएलसी परीक्षा 'लुज' गरेको आरोपमा तत्कालीन सिडिओले हिरासतमा राखेपछि वाम- झुकाबका पुनले जागिर नखाने प्रण गर्दै १३ वर्षको अध्यापन पेसा त्यागेका थिए । त्यसलगत्तै उनी छात्रवृत्तिमा अमेरिकाको नेब्रास्का युनिभर्सिटी भर्ना भए । शैक्षिक प्रशासनमा स्नातक गरी ०४८ मा आफ्नै गाउँ, नांगी फर्किएका उनले ०५३ मा त्यही विश्वविद्यालयबाट स्नातकोत्तर गरे । सुखी र सुविधासम्पन्न जिन्दगीको खोजीमा एक दिन चटक्कै गाउँ छोडेर हिँडेको ठिटो फेरि अनेक सपना बुन्दै गाउँ फर्किएको थियो । आखिर के रहेछ त्यो गाउँमा, जुन अहिलेका धेरैको सपनाको भूमि बन्ने गरेको अमेरिकामा थिएन ? के कुराले अमेरिका छोडेर गाउँतिर पाइला हाल्न डोर्यायो ? 'छोडेर हिँडेको गाउँमा वर्षौंपछि शिक्षा, सीप र आत्मविश्वास बोकेर र्फकंदा एकैछिन् म टोलाएजस्तो, झस्किएजस्तो भएको थिएँ,' उनले भने । गाउँ पुगेपछि भांग्रा भिरेका, हाफ-पाइन्ट लगाएको र खाली खुट्टामा काम गरिरहेका पुनलाई सुरुमा त गाउँलेहरूले पत्याएनन् । अमेरिकामा पढेका मान्छे ठूलो जागिर मात्र खान्छन् भन्ने उनीहरू सोच्थे, जुन पुनले गरेका थिएनन् । 'कत्तिले चाहिँ पागल र इसाई धर्म प्रचार गर्ने एजेन्ट पनि भने,' पुन सम्झन्छन्, 'तर, म आलोचना सुनिरहन्थेँ ।' कस्तो थियो त्यसबेलाको गाउँ ? बाहिरी संसारसँग कुनै रूपले जोडिएको थियो होला ? 'समयको लामो हिँडाइमा पनि संसारमा आएको परिवर्तनको ज्यादै मिहीन अंश मात्र मेरो गाउँमा आइपुगेको थियो,' उनी विगत उँधिन्छन्, 'गाउँ छाडेर परदेश पस्नेहरूको लर्को पनि लामो थियो । मेरोजस्तै उत्सुकता थियो उनीहरूमा, जस्तो म सानोछँदा पल्लो डाँडापारि के होला, कुन संसार होला भनेर गम खान्थेँ ।' गाउँका केटाकेटीका आँखामा उनले त्यही उत्सुकता देखे । तर, ठूलो ढिस्को भएर उभिएको अग्लो पहाड जहाँको त्यँही थिए । तेर्सो भएर बसेका बाटा उही, खोलानजिक जोल्टिएर बसेका बाँसको झ्याङ पनि उही, बेलाबेला चराले सुसेली हाल्दै गीत गाउने वनपाखा उही । सबै उस्तै र उही । 'बाटो, बिजुली, टेलिफोनजस्ता कुनै पनि सुविधा गाउँमा आइपुगेका थिएनन् । पहाडी जिन्दगी भनेको खाली ठूला पहाडहरूसँगको लडाइँ मात्र हो कि जस्तो लाग्थ्यो,' उनले सुनाए । अमेरिकन डिग्री हातमा लिएर गाउँ छिरेका उनले गाउँलाई नै कर्मथलो बनाएर चुनौतीका पहाडसँग जुध्ने निर्णय लिए । गाउँको स्कुल-सुधार उनको गाउँ नांगीमा गाउँलेहरू निमाविलाई मावि बनाउन चाहन्थे, जसमा महावीरले सघाए । ०४९ मा हिमाञ्चल मावि सञ्चालनमा आयो । विद्यालय माध्यमिक त बन्यो तर गाउँमा अर्थोपार्जनका लागि विकल्पको खोजी गर्दै जाँदा एउटा समस्या अगाडि आएर उभियो । 'त्यो समस्या थियो गाउँ-गाउँबीच सञ्चारको अभाव,' उनले सुनाए, 'एक गाउँको बोली अर्को गाउँसम्म पुग्न त ती पहाडले छेक्थे भने, बाहिरी संसारसँगको सम्बन्ध त असम्भवजस्तै थियो ।' तर, महावीर यस्तो आत्मविश्वासले भरिएका मान्छे थिए कि उनी आफैं पनि हरेक महिना सात/आठ घन्टाको बाटो हिँडेर पोखरा आइपुग्थे, इमेल चेक गर्न । 'मेराअघि उभिएका पहाडहरूसँग जोरी खोज्ने सामथ्र्य मसँग थिएन, त्यसैले पहाडलाई सजिलै नाघ्ने प्रविधिको खोजी मैले गर्नु थियो ।' पुनले गाउँमा स्वयंसेवा गर्न आउन आग्रह गर्दै नेब्रास्का विश्वविद्यालयको वेबसाइटमा एउटा पन्ना सिर्जना गरे । त्यसपछि स्वंयसेवी र सहयोग आउन थाले । अहिले हिमाञ्चल माविमा व्यवस्थापन तथा शिक्षा विषयमा प्लस टु पढाइ हुन्छ । स्कुलमै ७० भन्दा बढी कम्प्युटर छन्, जुन सहरकै सरकारी स्कुलहरूमा समेत अहिले पनि सपना नै हो । आठ कक्षाभन्दा माथिका सबै विद्यार्थी छात्रावासमा बस्नुपर्ने नियम छ विद्यालयमा । उनीहरूलाई पढाइका अतिरिक्त ६ महिने सिकर्मी, डकर्मी र सिलाइ-कटाइ तालिम अनिवार्य छ । अञ्चलकै नमुना मानिएको हिमाञ्चल मावि अचेल धेरैका लागि 'शैक्षिक तीर्थस्थल' हो । गाउँमा बेतारे प्रविधि अब महावीरको एउटै लक्ष्य थियो- बेतारे प्रविधिलाई प्रयोग गरेर गाउँघरमा इन्टरनेट ल्याउने काम । यो कामको परीक्षण सुरु भयो । 'कयौं समस्याका बाबजुद पनि मैले सम्भावनाका झिल्काहरू देखेँ । चुनौतीलाई हाँसीहाँसी बेहोरेँ । दौडधुप गरेर साधनस्रोत जुटाएँ,' उनले सुनाए । आखिरमा परीक्षण सफल भयो । पोखराबाट नांगीसम्म बेतारे सम्पर्क गर्नु निकै कठिन काम थियो । 'मेरो प्रयास र सबैको सहयोगले बेतारे प्रविधिबाट केही गाउँहरू इन्टरनेटमा जोडिए,' उनले भने । पोखराबाट नांगीसम्म बेतारे सम्पर्क गर्न झन्डै ४२ सय मिटर उचाइको महरे डाँडामा एन्टिना स्थापना गरियो । सञ्जाल सिर्जना गर्न महावीर र उनका स्वदेशी विदेशी स्वयंसेवी मित्रले टिभी डिसएन्टिना, गाउँमा फालिएका सिलट र स्टिलका सामग्री उपयोग गरेका छन् । बेतारे सञ्जालको मुख्य स्टेसन पोखराको नदीपुरमा छ । महरेबाट नांगी, राम्चे, लेप्रे र हिस्तानमा सम्पर्क हुन्छ । तीन सय ५० मिटर अग्लो खोप्रा लेकमा अर्को रिले स्टेसन छ, जसबाट घोडेपानी, शिख, पाउद्वार, घार र खिवाङ तथा कास्कीको चन्द्रकोटमा सम्पर्क हुन्छ । टेलिमेडिसिन र बिरामी अहिले काठमाडौंमा रहेका महावीर टेलिमेडिसिनमार्फत गाउँलाई जोड्दै छन् । 'यसको सेन्टर काठमाडौं मोडल हस्पिटल हो र यहाँबाट दुर्गम पहाडी बस्तीलाई चिकित्सकीय परामर्श दिइन्छ,' महावीरले सुनाए । यसरी काठमाडौंबाट हेटौंडा, दोलखा, म्याग्दी, पोखरा, जोमसोमका टेलिमेडिसिन फाइबर र वायरलेसमार्फत जोडिएको छ । 'यसले टे्रनिङ र स्वास्थ्यसम्बन्धी काम गर्छ,' महावीरले भने । यसअघि नै नांगी गाउँमा टेलिमेडिसिन सेवा थालिएको थियो । कम्प्युटरफोनबाट बिरामीले काठमाडौंका डाक्टरलाई रोगको लक्षण बताउँछन्, डाक्टरले औषधि सिफारिस गर्छन् । त्यसका आधारमा गाउँका स्वास्थ्यकर्मीले बिरामीलाई औषधि दिन्छन् । डाक्टरसँग परामर्श गर्दा पैसा लाग्दैन तर औषधि दिएकोमा शुल्क लगाइन्छ । 'औषधिको रकम तिर्न नसक्ने तथा विपन्न परिवारलाई विद्यालयमा विभिन्न आवश्यकतामा श्रमदान गर्नेगरी उपचार गरिन्छ ।' सञ्चारले सम्पन्न गाउँ आज महावीरको गाउँबाट एक कल फोन या चिठी एउटा औंलाको थिचाइमै टुंगोमा पुग्छन्, पहिलेझैं सात/आठ घन्टाको यात्रा तय गर्नु पर्दैन । 'प्रविधिको यही वरदानका कारण त आज हाम्रो ग्रामीण पहाडी जिन्दगी सजिलोतर्फको यात्रामा हिँडिरहेको छ,' उनले भने । यही लम्काइ कुनैबेला महावीरको सुसुप्त सपना थियो जुन अहिले विश्वास बनेको छ । बेतारे सञ्जालले हिमाञ्चल मावि, देउराली निमावि, शिख मावि, पाउद्वार मावि, मुक्तिमार्ग मावि, टिकोट मावि, प्रभा निमावि, घोडेपानी र खोप्रालेक पर्वतको लोप्रे र कास्कीको चन्द्रकोटका स्थानीयवासीलाई सञ्चारसुविधा दिएको छ । चार हजारभन्दा बढी विद्यार्थी, शिक्षक र धेरै गाउँलेलाई इ-मेल गर्न अब पोखरा आइरहनुपर्दैन । आफ्नै चौँरीगोठ छेउमा उनीहरूले इ-मेल गर्न पाएका छन् । चौँरीगोठमा साइबर क्याफे अझै बस्तीभन्दा टाढाको खोप्रा लेकको एउटा घरमा इन्टरनेट क्याफे छ, जसले खयरशिखर तथा खयरवराह, कालीवराहलगायतका हिमताल हेर्न आउने पर्यटकलाई सस्तोमा सुविधा दिएको छ । 'एकजना व्यक्तिलाई मासिक चार हजार दिएर त्यो क्याफे र रिले स्टेसन रुग्न लगाइएको छ,' उनले सुनाए, 'ती व्यक्तिले साइबरसँगैको घरमा चौँरी पनि पाल्ने भएकाले धेरैजना चौँरीगोठमा साइबर क्याफे भन्दै दंग पर्छन् ।' कम्पोस्ट चर्पी र धुवाँरहित चुल्हो महावीरले नांगी गाउँमा कम्पोस्ट चर्पी र धुवाँरहित चुल्हो अभियान चलाएका छन् । हिमाञ्चल माविका सबै शिक्षक/विद्यार्थीले कम्पोस्ट चर्पीमा दिसा गर्नुपर्ने र सबैका घरमा अनिवार्य धुवाँरहित चुल्हो जोड्नुपर्ने नियम छ । गाउँमा बारीका कान्ला, खोल्साखोल्सी वा जंगलमा दिसा गर्न रोक लगाइएको छ । प्रांगारिक मलको अभाव पूरा गर्न स्कुलले कम्पोस्ट चर्पी अभियान पनि थालेको छ । नांगीका दुई सय घर तथा स्कुलका सबै ६० वटा छाप्रामा सुधारिएको चुल्हो प्रयोगमा ल्याइएको छ । 'अब गाउँमा आँसु बगाउँदै अगुल्टो ठोस्नुपर्ने दिनको अन्त्य भएको छ,' महावीरले सुनाए । गाउँमा बनाइएका शरणार्थी शिविरजस्ता झुप्राहरू तिनै विद्यार्थी बस्ने ठाउँ हुन् । हरेक छाप्रो दुईजना विद्यार्थी बस्न मिल्ने गरी बनाइएको छ । 'विद्यार्थीले त्यहीँ खाना पकाउँछन्-धुवाँरहित चुल्होमा,' पुनले सुनाए । गाउँमा ट्वाइलेटसम्बन्धी नारा यस्तो छ- 'बिर्को खोली दिसा गरौँ, दिसा गरेपछि झारपात हालौँ, त्यसपछि बिर्को बन्द गरौँ, डोकोमा झारपात भरौँ ।' कसरी आयो चर्पी र चुल्होको सोच ? 'धेरै केटाहरू वैदेशिक रोजगारीमा लागेपछि पशुपालन हराउँदै गयो, खेतबारी र करेसाबारीलाई पनि मल भएन,' महावीरले सुनाए, 'कृषि उत्पादन घट्यो । त्यसैले प्रांगारिक चर्पीको सोच आयो । वातावरणीय दृष्टिले यो पूरै सुरक्षित छ ।' गाउँमा बनेका सबै चर्पीबाट प्रांगारिक मल उत्पादन गर्ने र गाउँलेलाई बेच्ने गरिन्छ । 'यो मल प्रयोग गर्न घिन मान्नेलाई बानी पार्न पहिले हामीले आफ्नै करेसाबारीमा मल प्रयोग गर्यौँ,' पुन सुनाउँछन् । सपनाको बाटोमा 'अब छिमेकी गाउँ लोप्रेको लगभग तीन सय रोपनी पर्ती जग्गामा संसारभरि पाइने सबै प्रजातिका गुराँसका फूलहरूको 'गुराँस पार्क' बनाउने सपना छ,' काठमाडौं मोडल अस्पतालको झ्यालबाट व्यस्त काठमाडौं हेर्दै महावीरले सुनाए, 'त्यहाँ माउन्टेनबाइक दौडाउने, पिकनिक स्पट तयार गर्ने र संसारका धनाढ्यहरूलाई बिदा मनाउनका लागि आकर्षक ठाउँ बनाउने सपना छ ।' उनकै सपनाको बाटो पछ्याउँदै बेनी-नांगी-राम्चे-पुनहिल हुँदै स्वाँता-खोप्रा-पाउद्वार-घारसम्मको नयाँ 'पर्यटकका लागि कुमारी पदमार्ग'समेत बनाउन थालिएको छ । महावीरले आफ्नो जिन्दगी आफ्नै हिसाबले बाँचे । सुविधामुखी अनेक सपनालाई पाखा लगाएर कुनाको गाउँ फर्किए । आखिर यतिको गरेर के पाए उनले ? 'धेरैले बाँच्ने क्रममा अनेक काम गर्छन् । आफूले गरेको कामबाट उसको मन र दिमाग खुसी हुनुपर्छ,' उनले सुनाए, 'मैले गरिरहेको कामबाट पनि मैले आत्मसन्तुष्टि पाएको छु ।' देख्नेहरूलाई महावीरको जिन्दगी अनौठो लाग्न सक्छ । उनको परिवार चितवनमा बस्छ । उनीचाहिँ गाउँगाउँमा घुमिरहे । न पैसा कमाए, न कुनै पद । 'यो बेतारे प्रविधिले गाउँ-गाउँमा सञ्चारको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा जति योगदान दिइरहेको छ, सायद त्यसले मेरो जिन्दगीको सार्थकतालाई झल्काउँछ,' उनको विश्वास छ, 'यो प्रविधिलाई नेपालको हरेक गाउँमा पुर्याउने मेरो लक्ष्य छ ।' महावीरको प्रविधिले गाउँलेलाई साँच्चै सहयोग पुगेको छ । त्यहाँको दैनिक जीवन निकै अघि बढेको छ । ताररहित प्रविधिले गाउँ, गाउँलेहरू उज्यालोको बाटोमा हिँड्दै छन् । naya patrika Last edited: 01-Nov-09 09:36 AM
sano_kanchha · Nov 1, 2009 9:35 AM · 15,057 views
Ya, He is a hero. Salute
timer · Nov 1, 2009 7:20 PM
Mahabir Pun should be an inspiration to all of us. Kudos to his great achievement !
Maalpaani · Nov 1, 2009 7:51 PM
yeso manchhe lai chhai kunai party le sabhsad banaune tarfa sochena. bastab ma yesto manchhe po huna aprne ho sanchar mantri.............slc fail machhe banchhan mantri....
kaji sahab · Nov 1, 2009 10:03 PM
He is a Maoist..
pyaradeshbasiharu · Nov 1, 2009 10:08 PM
Wa Wa praradeshbasi, you have super knowledge, even if he is maoist, Man try to respect other, that is why Nepali will never go ahead, shame to you.
timer · Nov 2, 2009 12:34 AM
timer, i don't have a fking respect for a maoist..
pyaradeshbasiharu · Nov 2, 2009 8:30 AM
Learn to respect someone doing good no matter what his faith is. Learn to respect the good deeds.It seems like pyaradeshbashiharu is going to lick the shoes of someone doing criminal stuffs if he/she despises maoists. People like pyaradeshbashiharu are the reason our country is falling apart who tries to bring politics in everything. How is the politics come into play in this issue? A maoist hater.
arahat · Nov 2, 2009 9:14 AM
pyararadeshbasi, you need to grow up dude. It shows how pathetic your level of thinking is. First of all, he is not affiliated with any party. His deeds shows that. He already proved it he doesn't need to affiliated with any party to do something for his village and his country. You need to learn from him if you have any conscience left otherwise shut your pie hole.
Allegro · Nov 2, 2009 11:40 AM
Mahabir Pun is direct Maternal-Uncle of my Roommate. We met him two years ago in Chicago. I've donated a laptop and Money for his project and has been continuing this trend(Currenty subscribe to 1$/month for Wireless Project). Nevertheless, his work is so impressive. Go Mahabir Mama Go!!
casino · Nov 2, 2009 12:30 PM
Priyadeshbashi I always admire your suggestion regarding querries about H1B. You doing great job for fellow Nepalese but this one is way over the head. I also hate Maoist as much as any Maoist hater but labelling Mahabir Pun as Maoist is too much. Even if he is Maoist, he would be only Maoist whom I would like to Salute.
rahashya · Nov 2, 2009 12:47 PM
Last edited: 02-Nov-09 01:20 PM
timer · Nov 2, 2009 1:20 PM
Even if we hate some thing, we are always part of society. Many times, I hate the knowledges heros of sajha who think they know every thing, probably, it is not the place showing anger. So I first salute Priyadeshbashi Then Gyanendra and his family Girija and his family Five heros, Khum bahadur, Chiranjibi walge, Bjaya kumar, Govinda Raj, ---- I salute Rishi Dhama, Sujata Koirala, I salute Rukma Jang I salute K. P. Oli I salute Pradeep Nepal I salute all the beurocrats, I salute all the contracters who kill other for tender bids Long List, Sme Maoists who killed innocent people I salute all the Nepalese army who raped, killed all in the villages
timer · Nov 2, 2009 1:20 PM
Guys , Don't Blow this thing out of proportions..I know he Supports Maoist..I have Known him for the Last 5 years..He has done Good Things to the communities but I don't Like Anyone Who supports Maoist..That's my Point of View...I have Never Wrote that i don't appreciate what he did... If u guys want to salute this Guy , it's ur Shot ... Peace
pyaradeshbasiharu · Nov 2, 2009 10:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion