Old stuff but, केपी ओली, दस कक्षा पास, साहित्यकार पनि हैनन, तर अचम्मै चोटिलो बोल्न सक्ने. बिपक्षी (=माउबादी)लाइ त के मन पर्ने भो र, एमालेमा भने यिनका धुपौरे अत्ति नभए नि धेरै छन्, बोलिल्कै कारणले पनि होला. चित्र बाहादुर के सी यी भन्दा झन तिक्खर छन्, तर आफ्नो वजन राख्छन र जे पायो तेही बोल्दैनन् र मात्र. चित्रले बोल्या त सुनेको मात्र छु, तर ओलीको भने कलेक्सन गरि भ्याएछन, र पढ्न रमाइलो भयो. तपाइँ पनि राम्रो टाइम पासको लागि पढ्नुस/रमौनुस. १. ‘वनमाराको झाडीमा पीपलको बिरुवा छोपियो भनेर पीपल हरायो भन्न मिल्दैन । एमाले पीपलको बिरुवा हो, माओवादी वनमाराको झाडी । पीपल रूख बनेपछि वनमारा आफैं खुइलिएर जान्छ । ‘ (माओवादी ठूलो पार्टी भए पनि एमाले कम्युनिस्ट आन्दोलनको मूलधार रहिरहने तर्क गर्दै ।) २. ‘हात्ती दुब्लाएर बोरामा अट्दैन, मुसो मोटाएर हात्ती हुँदैन’ (संविधानसभामा एमाले तेस्रो पार्टी भएपछि दिएको प्रतिक्रिया) ३. ‘छोराको तिघ्रा बढेपछि बाबुलाई अभिभावक होइन भन्न मिल्दैन । माओवादीलाई यहाँसम्म ल्याएको एमालेले हो । उसलाई सुधार्न एमालेले गरेको आलोचनालाई विरोध नसम्झोस् ।’ (आफूलाई माओवादीविरोधी नठान्न अनुरोध गर्दै) ४. ‘झुम्रा, कागज र अरू मटेरियल त पहिलै थिए, तर ती पहिलै थिए भनेर मैले पुतली बनाएँ भन्न मिल्दैन । जसले सबै मटेरियललाई मिलाएर पुतली बनाउन सिकायो, त्यो उसैले बनाएको भन्नुपर्छ ।’ (पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद आफ्नो कार्यकालमा विकास भएको पार्टी अध्यक्ष झलनाथ खनालको भनाइलाई खण्डन गर्दै मदन भण्डारीको अगुवाइमा जबज विकास भएको बताउँदै) ५. ‘झुसिलेबाटै पुतली बन्ने भए पनि झुसिलेलाई पुतली भनिँदैन । झुसिले झुसिले हो, पुतली पुतली नै हो । हामी पुतली बनाएर छोड्छौं । पुतली बनाएपछि पुतली भनौंला । अहिले झुसिले हो माओवादी, पुतली होइन । पछि वामपन्थी बनाउँछौं भनेर उग्रवामपन्थी माओवादीलाई अहिले नै वामपन्थी भन्न मिल्दैन । जुन दिन हामी उसलाई रूपान्तरण गरेर वामपन्थी बनाउन सक्छौं, त्यही दिन वामपन्थी भनौंला । हाललाई माओवादी वामपन्थी होइन ।’ (माओवादी वामपन्थी नभई उग्रवामपन्थी भएको तर्क गर्दै) ६. ‘दिनमा १० जना एमालेका कार्यकर्ताको टाउका फुटाएका छन्, पाँचजनाका दरमा खुट्टा काट्या छन्, चारजनाका दरमा हात भाँच्या छन् । अनि, यिनलाई कामरेड भनेर हाम्रो शत्रु कहाँ खोज्न जाने ?’ (पार्टीको महाधिवेशनअगाडि पार्टी दस्ताबेजमा शत्रु किटानी विषयमा कार्यकर्तासामु बोल्दै) ७. ‘गोगो साबुनको विज्ञापनमा भन्छ नि, ‘गाईले पनि तिमीलाई लखेट्ने, कुखुराले पनि तिमीलाई नै लखेट्ने’ भनेजस्तै एमालेजस्तो पार्टीलाई गाईले पनि लखेट्या छ, कुखुराले पनि लखेट्या छ । कुखुराको पनि ठूलो भाले होइन, चल्लाले लखेट्या छ । एमालेजस्तो पार्टीलाई अरूले गालामा चड्याम्म हान्छ, अनि कस्तो दुख्नेगरी हानेको सहन्नँ है म भन्या छ ।’ (माओवादीले एमाले कार्यकर्तामाथि गरेको ज्यादतीलाई पार्टी नेतृत्वले सामान्य वक्तव्यमै टुंग्याउने गरेको बताउँदै) ८. ‘पत्रिकामा ल बाबु हो ! अब रंग भर भनेर एउटा कुखुरो बनाइदिएको हुन्छ । लुर्कामा रातो, खुट्टामा खैरो, सिउरमा फुस्रो रंग भरेर पठाउँछन् केटाकेटी । जबजलाई त्यस्तै गर्न खोजिएको छ । केटाकेटीलाई रंग भर भनेर दिइएको चित्रजस्तो होइन जबजको व्याख्या गर्ने तरिका ।’ (महाधिवेशनअघि पार्टीको सिद्धान्त जबजलाई तोडमोड गर्न खोजिएको भनाइ राख्दै) ९. ‘जबजलाई कहाँ टीको लगाइदिनुपर्छ, कहाँ गाजल लगाइदिनुपर्छ, कहाँ लिपिस्टिक लगाइदिनुपर्छ भनेर बहस गर्ने कि जबजले भनेअनुसार उग्रवामपन्थी र दक्षिणपन्थीविरुद्ध लड्न थाल्ने ?’ (पार्टीले अघि सारेको विचार जबजलाई सही प्रयोग नगरी यसको अपव्याख्यातिर ध्यान दिएको बताउँदै) १०. संविधानसभामा वामपन्थीको दुई तिहाइ बुहमत भनेर त्यसै छाती पिट्दै हिँडेर हुन्छ ? आफ्नो खेतमा खडेरी पर्याप छ । त्यसमाथि त्यहीँ बाँदर पल्क्या छ । काकाको खेतमा धान फल्यो भनेर खुसी हुने ? (संविधानसभामा वामपन्थीहरूले ६२ प्रतिशत सिट जितेकालाई उपलब्धि भन्ने झलनाथ खनालको विश्लेषणप्रति टिप्पणी गर्दै) ११. ‘हाम्रा पार्टीका महासचिवको हत्या गर्न भीरमा ढुकेर ढुंगा गुल्ट्याउने अपराधीहरूसँग सुमधुर सम्बन्धको वीणा र एकतारे बजाइरहेका छौं ।’ (पार्टी महासचिव ईश्वर पोखरेललाई रामेछापमा माओवादीले आक्रमण गरेपछि पनि पार्टी अध्यक्ष झलनाथ खनालको वामपन्थी जुधाएर दक्षिणपन्थीले फाइदा उठाउन खोजेको भन्ने भनाइको जवाफ दिँदै) १२. ‘सिनेमामा हिरोले हिरोइनलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आँसु झार्छे, एक-अर्कालाई केही भयो भने पुर्पुरोमा हात राखेर रुन्छन्, जब सिनेमा सकियो केको लभ पर्नु ! हिरो एकातिर, हिरोइन अर्कैतिर । हामीले जति राम्रो बनाउन खोजे पनि एमाले- माओवादीको सम्बन्ध त्यस्तै भयो । अहिले देखिइहाल्यो नि ‘एमालेको नेतृत्वमा सरकार बन्न दिनु भएन प्रभु, बरु तपाइं हुनुस्, दुई तिहाइ हामी मिलाइदिउँला’ भनेर गिरिजाबाबुकहाँ लम्पसार परेको ।’ (एमाले-माओवादी सम्बन्धबारे टिप्पणी गर्दै) १३. ‘माओवादीको नेतृत्वमा सरकार बनाउन साथ दियौं । सल्लाह गरेर काम गर्न सुझाव दियौं । नउफ्री, नढल्, नकुद्, जमिन हेर् भन्दाभन्दै मानेन । आफ्नै खुट्टामा अल्झेर लड्यो ।’ (माओवादी नेतृत्वको सरकार ढलेपछि कार्यकर्ता-भेलामा बोल्दै) १४. ‘हावा भरिएको बेलुनजस्तो आकार मात्र ठूलो भएर हुँदैन, तौल पनि चाहिन्छ । रुक्मांगद नामको छेस्कोले के घोचेको थियो फ्यास्स हावा खुस्कियो ।’ (माओवादी आफ्नै उत्ताउलोपनले अप्ठेरोमा परेको र उसको आकार अस्थायी भएको बताउँदै) १५. ‘दुई माना दूध उम्लेर एक पाथी जाने डेक्ची भरिएजस्तै हो माओवादी, दुई मानालाई एक पाथीको भ्रम परेको छ ।’ (संविधानसभाको चुनावपछि माओवादीले अरूलाई हरूवा भनेर अपमान गरेको बताउँदै ।) १६. ‘माओवादीको जनविद्रोह भदौमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भनेजस्तै हो।’ १७. अठार पुराणको निष्कर्ष ‘परोपकारपुण्याय, पापाय परपीडनम्’ भने जस्तो एमालेको अहिलेको निष्कर्ष माओवादी सुधार हो । तर, माओवादीलाई सुधार्नु अप्ठ्यारो काम रहेछ । औषधि खुवायो, निल्दैन । एकछिन मुखैमा राख्छ, यताउति हेरेर ओकलिहाल्छ । अनि, हामी के गर्नु त ? (माओवादीलाई रूपान्तरण गर्ने एमालेको प्रयास विफल भएको बताउँदै) १८. युथफोर्स गठन किन गर्यौ् भनेको चाहिँ ढोकामा पाले किन राखिस् भने जस्तो हो । चोर आएकोआयै गर्छ, फेरि हतियारधारी चोर आउँछ । पहिला चोर नलाग्दा राख्ने गरेको थिएन । अचाक्ली गरेर झिमिक्क गर्न दिँदैन त के गर्ने ? (पार्टीको सुरक्षार्थ युथफोर्स गठन गरिएको जानकारी दिँदै) १९. केको वाइसिएल र युथफोर्सको भिडन्त हुन्छ ? ‘खुकुरी र टाउकोको मुठभेड’ भन्ने ? (माओवादी र एमालेबीच भिडन्त होइन माओवादीले एकोहोरो आक्रमण गर्ने गरेको बताउँदै) २०. सरकारमा बस्ने एमालेको धर्म होइन । ब्राह्मणले बिहान उठेर तुलसीमा पानी हाल्छ, गायत्री मन्त्र जप्छ, शुक्रबार-शुक्रबार मुसलमान मस्जिद जान्छ, आइतबार क्रिस्चियन चर्चमा जान्छ भने जस्तो एमाले सत्तामा जान्छ भन्ने पनि हुन्छ ? २१. म उपप्रधानमन्त्री बन्ने कुरै छैन । केपी ओलीले कुनै कक्षा दोहोर्यााएर पढेन, पढ्दैन पनि। २२. माओवादीलाई (शान्ति-प्रक्रियामा) झुम्केबुलाकी दिउँला, कण्ठेतिलहरी दिउँला भनेर फकाएर ल्याएको होइन । २३. अंकको कुरा नगर्ने हो भने माओवादीले प्रमुख पार्टी भनेर ङ्यार्रङुर्र गर्ने, गर्धन फुलाउने काम नगरे हुन्छ । यति जनादेश, उति जनादेश भनेको अंककै कुरा हो, दस्ताबेजको कुरा होइन। बहुमत भनेको संख्या पुर्यालउने हो, पर्चा पुर्याउने होइन । २४. बाह्य शक्तिका कुरा माओवादी धेरै बुझ्छन् । धेरै वर्ष बाहिर बसेर संगत गरे, हिमचिम राखे । त्यस्ता कुरा हामी कसरी बुझ्छौं ?(अन्य पार्टी विदेशी इसारामा चलेको माओवादी भनाइप्रति प्रतिक्रिया दिंदै) २५. गुरिल्लाले फुटबल खेल्ने भएपछि खेलाडीको के काम ? म पनि काठमाडौं फर्केर बुट लगाएर फुटबल खेल्न जान्छु । (माओवादीका जनसेनालाई नियमविपरीत खेलकुदमा सहभागी गराएको भन्ने प्रतिक्रिया) २६. सरकार आफैं अस्पष्ट रहेछ । त्यही भएर सेनापतिसँग स्पष्टीकरण मागेको रहेछ । सेनापतिले स्पष्टीकरण दिए, अब सरकार स्पष्ट भयो । अब यो च्याप्टर सकियो । (सेनापति प्रकरणलाई स्पष्टीकरण मात्रै सोधेर टुंग्याउन सुझाव दिँदै) २७. एउटा झोला किन्दे भनेर कसैले भन्यो भने झोला किनिदिन सकिन्छ । त्यतिले पुगेन, एउटा हात्ती पनि किनिदे भन्ला । त्यो पनि किनिदिन सकिएला । ‘लौ अब त्यो हात्ती यो झोलामा हालिदे’ भनेर निहुँ खोज्यो भने के गर्ने ? मधेसको माग भनेको यस्तै हो । २८. बाबुराम भट्टराईजी सम्बन्ध चिसियो भनेर आउनुभा’रछ । तताएर जानुभयो । (माओवादी नेता बाबुराम भट्टराईसँग आफ्नै निवासमा भेटपछि प्रतिक्रिया दिँदै) २९. मोहनविक्रम र माओवादी कति जडसूत्रवादी हुन् भने माओ लङ-मार्चमा दक्षिणबाट उत्तरतिर गएका थिए भनेर यी रक्सोलबाट रसुवातिर हिँड्न बेर मान्दैनन् । ३०. माओवादीले केही नाप्दैन । बाँदरले रूख हल्लाउने मात्रै हो, रूख भाँच्न सक्दैन । ३१. जबजलाई मदन भण्डारीले बुटवलमा लगेर मात्र परिवर्तन गर्ने भनेका त छैनन् । जडसूत्र होइन क्यारे ! आज अलिकति परिवर्तन गरिदिऊँ, सोमबार अलिकति गरिदिऊँ, भोलि बिहान अलिकता गरिदिउँला भन्ने त हुन्न होला । (पार्टीको सिद्धान्त जबजलाई ८ औं महाधिवेशनबाटै परिमार्जन गर्नुपर्ने भनाइको प्रतिवाद गर्दै) ३२. म कर्कलोमाथि बन्चरो चलाउन चाहन्नँ । (माओवादीका स-साना कुरामा आफूसँग प्रश्न नगर्न अनुरोध गर्दै) ३३. माओवादीको एक्काइसौं शताब्दीको जनवाद भनेको भुमरी हो । भुमरी बाटो होइन, चक्र हो । यो प्रचण्डपथ पनि कुनै निसानामा खसाल्ने होइन, जहाँ खस्यो त्यही निसाना भन्ने हो । हतियार उठाउँदा पनि प्रचण्डपथ, हतियार बिसाउँदा पनि प्रचण्डपथ । के हो यो प्रचण्डपथ ?(माओवादीको प्रचण्डपथलाई जबजसँग तुलना नगर्न अनुरोध गर्दै) ३४. एमालेमा भिडन्त हेर्न खोजेका छन् केहीले । भिडन्त हेर्न खोज्नेहरू केही नपाए साँढे जुधाएर, बट्टाई लडाएर हेर्छन् । (पार्टी भित्रको अन्तर्विरोधलाई बाहिरका शक्तिले उपयोग गर्न नसक्ने बताउँदै) ३५. माधव नेपालले सजिलोमा पनि पार्टी चलाउनुभयो, अप्ठ्यारोमा पनि पार्टी चलाउनुभयो । उहाँलाई (अध्यक्ष पद होइन) धन्यवाद दिनुपर्छ । (पार्टी महाधिवेशनअघि माधव नेपाललाई सम्मानित नेता र आफू अध्यक्ष हुनुपर्ने सांकेतिक तर्क गर्दै) ३६. मसँग एकदमै तर्सेको छ माओवादी । स्वास्थ्य परीक्षण गर्न दिल्ली गएको थिएँ, ऊ यता आत्तिएछ । साथीहरूले सोधे- माओवादी किन आत्तियो ? मैले भनेँ- पुलिस आफ्नै कामले हिँडिरहेको हुन्छ, अपराधीहरू उसलाई देखेर कान्लामुनि हामफाल्छन् । पुलिसलाई चाहिँ थाहै हुन्न । (आफ्नाबारेमा माओवादीले चलाउने गरेको हल्लाका बारे कुरा गर्दै) ३७. माओवादीको सरकार एकातिर बुद्धको अनुहार देखाएर बच्छ, अर्कातिर अंगुलीमाल बनेर तर्साउँछ । (माओवादीभित्र विरोधाभाषी व्यवहार भएको बताउँदै) ३८. माओवादी अरू आठ वर्षमा सकिन्छ । उग्रवामपन्थको आयु २० वर्ष हो, १२ वर्ष त भइसक्यो । ३९. संविधानको कुनै धारा पेस्की दिइने विषय होइन । (संविधान बन्नुअघि नै आश्वासन बाँड्न नहुने तर्क गर्दै) ४०. पार्टीमा एकता भनेको सबै स्थायी कमिटी सदस्यलाई एकैचोटि रायोको सागसँग हरियो खुर्सानी कुटुक्क टोक्न मन लाग्ने, सबैलाई एकै दिन मस्यौरा खान मन लाग्ने होइन । (एकताको अर्थ बहस निषेध नभएको बताउँदै) ४१. नयाँ नेपाल बनाउने भनेको बैतडीको गोलीकाण्ड हो ? विराटनगरको ठेक्कापट्टा हो ? वनफँडानी र रक्तचन्दन हो ? सप्तरीको हत्याकाण्ड हो ? (विधिको शासनबाट मात्रै नयाँ नेपाल बन्ने बताउँदै) माओवादी अहिले सरकारमा आउँदैन, भदौमा आउँछ । भदौमा मुस्कुराउँदै आउँछ । (एमाले नेतृत्वको सरकारमा माओवादी पनि आउने ठोकुवा गर्दै) ४२. प्रचण्डको सम्बोधनमा आदरणीय बा रे ! आदरणीय आमा रे ! आदरणीय दाजुभाइ, दिदीबहिनी रे ! बाको खुट्टा भाँच्या छ, आमाको टाउको फोर्याो छ, दाजुभाइको नलीहाड फुटालेको छ । पहिले टाउको फोर्ने अनि कानबाट खुदो खन्याइदिने ? (माओवादीको भनाइ र गराइमा अन्तर रहने गरेको दर्साउँदै) ४३. माओवादी छातेच्याउ मात्रै हो, भदौको ठूलो थोप्ला पानीले नै ठेगान लगाउँछ । ४४. काठमाडौंमा रिसाएको बिरालो रोल्पामा गएर खाँबो चिथोर्छ भने के गर्न सकिन्छ र ? -Nayapatrika
lamjung · Oct 29, 2009 3:15 PM · 25,610 views
Oh. Please. Sab ka sab daka hun.
newlynew · Oct 29, 2009 3:30 PM
Interesting
aman · Oct 29, 2009 7:10 PM
One of the stupid leader I ever known. I am not towards any political party but I hate this guy for sure. I don't like his face at all and what he says.
PeaceSoul · Oct 30, 2009 9:55 AM
देशको प्रमुख दलले कोणसभा गरेर गणराज्य घोषणा गर्नेजस्तो कार्य पशुपतिका गाँजा खाने जोगीले पनि गर्दैन -ओली २८ वटा क्याम्पमा राखिएका माओवादी लडाकू होइनन्', ओलीले भने, 'माओवादी लडाकू वाईसीएल हुन् तिनीलाई व्यवस्थापन गर्नुपर्छ। http://www.nagariknews.com/pol... माओवादीले केही नाप्दैन । बाँदरले रूख हल्लाउने मात्रै हो, रूख भाँच्न सक्दैन ।
lamjung · Dec 9, 2009 1:33 PM
Saly Desh bechi Khanay Chor ho Chor, Yi sab ka sab.
Poon-Hill · Dec 9, 2009 1:40 PM
i love to read him
Jhapali_Thito · Dec 9, 2009 4:34 PM
Never mind guys, I haven't seen anyone around who likes Oli as a good leader. I too "love to hate him", but, as Jhapali_Thito says, his words are interesting to hear/read...that's it. He is an effective comedian of Nepali political drama.
lamjung · Dec 9, 2009 4:49 PM
K.P OLI MADHAV NEPAL RAMCHANDRE GIRIJA SUJATA KOIRARALA PRACHANDA YINIHARU KO ANUHAR DEKHYO KI MALAI TA MUKHAI MA KICK HANAU KI JASTO RIS UTHCHA
suser · Dec 9, 2009 9:08 PM
गणराज्य घोषणा निर्णय गँजडीको जस्तै : ओली
sYaKuuRiolAKU_nchImb · Dec 9, 2009 9:16 PM
'गोरुसँग ज्ञान र बोल्ने सीप हुँदैन, सिङको भरमा हान्न खोज्छ, माओवादीको चरित्र उसैसँग मिल्छ ।' यतिले मात्र ओलीको चित्त बुझेन, उनले माओवादीलाई झुसेबारुलाको संज्ञा पनि दिए । उनले भने, 'यी झुसेबारुला हुन्, पुतली नबने सकिन्छन् ।' नेता ओलीले २३ मंसिरको झडपमा सहभागी भएको भन्दै माओवादीद्वारा दायर मुद्दाको तारिख नलिन जिल्ला नेतालाई निर्देशनसमेत दिए । उनले भने, 'हामी नै कुटाइ खाने, हामीले नै मुद्दा झेल्नुपर्ने ?'
aman · Jan 5, 2010 10:56 AM
मलाई त के. पि. ओली एउटा साहित्यकार (आँशु कवि) जस्तो पो लाग्यो..गलत क्षेत्रमा लागेछन यिनि, देश र जनता लाई दु:ख मात्रै...
chickentandoori · Jan 5, 2010 8:13 PM
Murkha beskana kaurchha, patru ko sardar.
timer · Jan 5, 2010 8:33 PM
I personally think Oli would have better luck in Nepali literature. He is as bad as anyone else, even worse. What has he done for the people, party? Nothing. ONe from me for Mr. Oli. "A barking dog seldom bites".
magdadela · Jan 6, 2010 8:58 AM
"छलफल नगराइ जे मन लाग्यो त्यही गर्न एमाले पार्टी कसैको प्राइभेट लिमिटेड हैन।" But, apparently, Oli himself believes UML is his Pvt. Ltd. funny! http://www.nagariknews.com/pol...
lamjung · Jan 19, 2010 3:02 PM
"कसैले घरै आएर घ्यू दियो भने लिन्न भनिदैन, खाने कि फाल्ने भनेर घ्यू लिसकेपछी पनि बिचार गर्न सकिने कुरो हो।" http://www.mysansar.com/archiv... Last edited: 01-Oct-10 01:13 PM
lamjung · Oct 1, 2010 1:13 PM
Rato ramro Guliyo mitho, hijada lai rato ramrai suhayeko chha.
timer · Oct 1, 2010 2:34 PM
Welcome Dr. Oli to America. Hope the USA will learn something from you. http://kpoli.com/gallery.php
lamjung · Oct 4, 2010 3:08 PM
प्रेस चौतारी पाल्पाले कात्तिक २६ शुक्रबार तानसेनमा गरेको पत्रकार भेटघाटमा ओलीले भने: "हिंसाबाट मुक्त दाहाललाई हामी कुर्सी दिन तयार छौं, तर हतियारधारी प्रचण्डलाई कदापि चावी दिइन्न्।''अर्जुनले चराको आँखा मात्रै देखेजस्तो प्रचण्डको दृष्टि कुर्सीमा टिकेको छ। देश, जनता, क्रान्ति, शान्ति केहि नदेख्ने मात्र कुर्सी देख्ने रोगले छोएको छ।' 'माओवादीका फतुर कुरा सुन्दै हिंड्ने हाम्रै पार्टिका धतंगा(झलनाथ)हरु पनि उस्तै।' http://www.nagariknews.com/pol... Photo by saano_kanchha http://www.sajha.com/sajha/htm... Last edited: 12-Nov-10 10:21 AM
lamjung · Nov 12, 2010 10:03 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion