~ चौतारी १६२ ~

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

~चौतारी १६२~ उडिजाने कालो बादल होssss उडिजाने कालो बादल पानी पर्छ झमझम नाचन मेरी मारुनि आँगनैमा छमछम आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,  laa- hoo-rays, all on the stage of Chautari of Sajhaland  (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 162 editions.

serial · Oct 27, 2009 2:52 PM · 266,862 views

351 Replies · Showing 341 - 351
Page 18 of 18

रिक्सा बिग्रेको छ बन्या भएनी तिम्लाई चै लेर गैन्न , लौ चिप्ले मैले हाकेको रिक्साको फोटो टासत। खासाको खाजा राखेछ चिप्लेले , आफुले चै टन्नै हसुरिसकेकोले गर्दा , मलाई चै केही असर परेन , नहसुर्या हरुलाई चै यो फोटोले गलाउने भो , लहरे , पुरे, बैरे , रिठ्ठे हरुले चै सराप्ने भए चिप्ले लाई , पक्का होल ।

Harka_Bahadur · Nov 3, 2009 12:46 PM

बिस्टे छुटेछ तारेमाम बिस्टे - के हुँदैछ त यो सबै चिप्ले ले गरेर भाको है फोटो टाँसेर केही अरु कहिपनी हेर्न मन लागेन अनी त्यो लास्ट को फोटो मा चिउरा कती थोरै दाँत मै अड्केर सकिन्छ त्यो त

serial · Nov 3, 2009 12:46 PM

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। बिस्टे काजी को पिलेन नि भिलेन खेल्यो त्यसो भए। मलाई नि पिलेन चढ्न भने सि झोक चल्छ , आधा गिलास कोक दिन्छ भोक लाग्या बेला। ओए गुरुजी, भोक लाग्यो, राम नगर मुग्लिङ्ग रोक भन्न नि नमिल्ने। भन्ला भनेर मुला ड्राइभर ढोकामा चुकुल लाएर बस्छ।

rahulvai · Nov 3, 2009 12:50 PM

रिट्ठे हर्के चिप्ले लहरे लाई पुन: जदौ चिप्ले ले घुम्न र हुटल छिर्न चाइ भ्याको राइछ,म्:म: पसल देखी लेर,भोजनालय,चाट पसल देखी भट्टी सम्म कतै बाँकी नरख्या जस्तो छ्। लौ खाम एही चिउरा र सेक्वा भे नि। त्यो के को झोल अनी त्यो पहेलो चै के हो नि? हरी बिजोग हैन रिट्ठे श्यामबिजोग भो नि मेरो त। ठुल्दाइ टिरेना निदाये कि के हो ?

?????? · Nov 3, 2009 12:54 PM

तेही भन्या बिस्टे , खान पनि जम्मै खान भ्याको जस्तो छ , कि फोटो खिच्न मात्रै मगाको हो खाजा ह चिप्ले , एती धेरै कुरा अझै पचाउन सक्ने हो गान्ठे मान्नु पर्छ जे होश , मैले खाको भए म अझै नेपालमा जिभन जल नै खाएर बशेको हुन्थे होला ।

Harka_Bahadur · Nov 3, 2009 12:57 PM

>>>चिप्ले ले घुम्न र हुटल छिर्न चाइ भ्याको राइछ,म्:म: पसल देखी लेर,भोजनालय,चाट पसल देखी भट्टी सम्म कतै बाँकी नरख्या जस्तो छ्। <<< त्यो क्रेजी गल डान्स सावर छुट्यो नि बिस्टे को लिस्टे मा !    

ritthe · Nov 3, 2009 1:01 PM

खाको हो कि गाम्ले लाई लोभ्याउन तस्बिर खिचेर मत्त ल्याको हो ? अनी हर्के के छ् सुनाउ नयाँ नौलो? एह ठुल्दाइ त छिरी सकेछन, जाउ दाई एक चिलिम सल्काउन।

?????? · Nov 3, 2009 1:03 PM

मैले पनि त्यही भन्या खान पनि कती सकेको खान काल भन्न मिलेन नत्र भन्दिन्थे अरु के हुँदैछ त - आफुले पनि खाइसकेर मात्र हेरेछु त्यो फोटो त्यही भएर खासै केही असर परेन नत्र के के हुन्थ्यो कि मलाई थाहा छ कि के के नि

serial · Nov 3, 2009 1:03 PM

मलाई नि पिलेन चढ्न भने सि झोक चल्छ , आधा गिलास कोक दिन्छ भोक लाग्या बेला। जोक जस्तै लाग्छ मलाई त ! चोक चोक मा रोक भन्न नि मिलेन

ritthe · Nov 3, 2009 1:03 PM

ए हो र भन्या त्यातिर नि भ्याएछ चिप्ले ले,फोटु नि टाल्या थ्यो कि के हो मैले हेर्न नभ्या होला।

?????? · Nov 3, 2009 1:04 PM

लौ अब चिउरा भट्मास् छोएला अनि मिसमास झोल देखेर थुक निल्दै होलान् सबै। अब यसो जवाफ दिन पट्टी लागम् है।    हैन चिप्लेले खिच्नु सम्म फोटो खिचेको रैछ , कहाँ बाट ट्याम पाएछ , आफ्नो त एक दिन फुर्सत भको थियो तेही मौका पारेर महेन्द्र बौचाका छिरी हाले अनी घर फर्किदा बानेश्वोर सम्म हिंडेर गए अधिकांश समय क्यामरा बोकेकै हुन्थें, अनि खिचिरहेकै हुन्थें, त्यसो त बेला बेलामा हतार भएर खिच्न नपाएका क्षणहरु पनि छन्।  अनि हिंड्नुपरेको कारण चाँही किन नि बाउचाकहाबाट? रिक्साको टायर चोरी भयो कि कसो? कि रिक्साले नथाम्ने गरी खाएको हो हन्तकालीले?      हैन चिप्ले त्यो के भन्छ माईक्रो चडेर तिमी पवन कहाँ पेडा खान मात्रै गा हो कि कता गाको ? त्यो माईक्रोबाटै धार्केमा झरेर चिया चना पनि खाइएको थियो तर फोटो खिच्न समय भएन। अनि रामनगरको पूजा होटेलमा भुजा खाएको त फोटो राखिहालें अस्ति नै। त्यस पछि पनि धेरै ठाउँमा धेरै कुरा खाइयो, अरु सवारी साधन पनि चढियो। कुरिनटार पुग्ने बेलामा बरु जाममा फसिएको थियो, आशा गरौं त्यो घटनाले धेरै जनधनको क्षति भएको नहोस्।     टिरेन को चक्का निकालेर टायर् बाल्न मिल्दैन, त्यसैले नि हडताल नगरेको होला।   lol lol lol बिष्टे, फोन हान्ने क्रममा सबैसँग लुकामारी जस्तो भैरहेको छ मेरो त। लौ मौका पारि गफ गरम् न।   थैली भेट्टियो त?  टीकटक भन्ने बाउचाको अवतार अझै जिउँदै रहेछ।  चिप्ले ले माथि साइन बोर्ड को फोटो मा के त्रुटी छ भनेको? फोन नम्बर पुरानै रुपमा, काठमाडौंका नम्बरहरु ६ बाट ७ अंकमा परिवर्तन भएको ६ बर्ष नाघ्दा पनि। थाइ एयरवेजको लोगोको चुच्चो भाग बाँयाको सट्टा माथि फर्किएको। नेपाल एयरलान्सको अगणतान्त्रिक नाम अझै बिद्यमान।   बाउचा, पेट पनि भरियो रे चिउरा पनि थोरै भयो रे। कस्तो लोभि बाँदर रहेछ। धेरै नखाउ नत्र कसरी उफ्रिन्छौ कसरी रुख चढ्छौ?  

chipledhunga · Nov 3, 2009 1:24 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all