पशुपतिका पुजारी रातभर रक्सी खाँदै डान्सरसँग पशुपतिनाथ मन्दिरका दुई पुजारी (भण्डारी)हरू रातभर राजधानीका डान्स रेस्टुरेन्टमा झुम्ने गरेको आरोप लगाउँदै पशुपतिमा नयाँ पुजारी नियुक्ति संयुक्त संघर्ष समितिले हिजो पत्रकार सम्मेलन गरेको छ। पत्रकार सम्मेलनमा दुई पुजारी सानुबाबु भण्डारी र जितेन्द्र राजभण्डारी एक युवतीसित रेस्टुँरामा बसेको देखिन्छ। संघर्ष समितिले यो फोटो पशुपतिनाथ मन्दिरमा पूजा गर्न जाने एक भक्तले उनीहरुलाई चिनेर डान्स रेस्टुरेन्टमा खिचेको बताएको छ। एउटा फोटोमा त चन्दन लगाएका पुजारीले युवतीलाई अंगालो मारिरहेको देखिन्छ। पशुपतिका भण्डारीहरु शुद्ध हुनुपर्ने मान्यता छ। उनीहरुले मासु, रक्सी, लसुन, प्याज जस्ता खानेकुराहरु खान हुँदैन। उनीहरु शुद्ध शाकाहारी हुनुपर्छ। समितिका संयोजक ऋषिप्रसाद शर्माले पत्रकार सम्मेलनमा पशुपतिमा चढाइने दैनिक डेढ लाखदेखि दुई लाख रुपैयाँको भेटी सार्वजनिक नगरी मिलिजुली खाने भारतीय भट्ट र नेपाली भण्डारीहरुले रक्सी र वेश्यावृत्तिमा खर्च गरिरहेको आरोप लगाए। उनले पवित्रताको नाममा अश्लीलता प्रदर्शन गर्ने भण्डारीलाई तत्कालै पुजारीका रूपमा काम गर्नका लागि रोक लगाउनुपर्ने माग गरे। भारतीय भट्ट र भण्डारीले पशुपतिनाथ मन्दिरमा बसेर गरिरहेका कुकृत्य नरोके आउँदा दिनमा पनि भण्डाफोर गर्दै जाने चेतावनी पनि उनले दिए। सङ्घर्ष समितिले भारतीय पुजारीलाई पशुपतिबाट हटाई त्यहाँको भेटी सार्वजनिक गरी नेपाली पुजारीद्वारा पूजाआजा गर्ने व्यवस्था मिलाउन माग गर्दै आएको छ। हिजो पुजारीको फोटो प्रमाण सार्वजनिक गर्दै पत्रकार सम्मेलन गरिए पनि आज राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्ट र जनदिशाले मात्र यो समाचार छापेको छ। अन्नपूर्ण पोस्टलाई प्रतिक्रिया दिँदै फोटोमा देखिएका जितेन्द्र राजभण्डारीले ‘हिजो साँझ चाबहिलको एउटा डान्स रेस्टुराँमा घुम्न गएको हो तर खान गएको हैन’ भनेका छन्। रेस्टुराँ सञ्चालकले यी भण्डारीहरु नियमित ग्राहक भएकोले आफ्नो परिचय नखुलाउन भनेको पनि शर्मालाई उदधृत गर्दै समाचार छापिएको छ। जनदिशा दैनिकले फोटोसहित छापेको समाचारमा लेखेको छ- पशुपतिमा उठ्ने करोडौँको भेटी अधिकांश मूलभट्टले र बाँकी भण्डारीहरुले बाँडिचुँडी खान्छन्।
maylumaya · Oct 25, 2009 4:24 PM
la aba kaam payo patrakaar haru le ani nepal banda garne le aba maobadi, mysansar ra aru newspaper haru lai 1/2 din ko lagi kaam pugyo kun din aba pashupati ko mahadev nai dance restaurant ma jaane ho
mandale murdabad · Oct 25, 2009 7:07 PM
पशुपतिमा चढाइने दैनिक डेढ लाखदेखि दुई लाख रुपैयाँको भेटी सार्वजनिक नगरी मिलिजुली खाने भारतीय भट्ट र नेपाली भण्डारीहरुले रक्सी र वेश्यावृत्तिमा खर्च गरिरहेको.... bheti @ 2lakhs/day = 73 000 000 per yr. Special occasions like Shivaratri, Balachaturdashi...aside. I envy "These Bhandaris"
lamjung · Oct 25, 2009 7:37 PM
kun din aba pashupati ko mahadev nai dance restaurant ma jaane ho You should feel ashamed by saying such things. After all it is one of the most respectful temple in Nepal. Last edited: 26-Oct-09 12:01 AM
calciteko · Oct 26, 2009 12:01 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion