madhav kumanr nepal hit new song

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ज्ञानेन्द्रलाई ढोग्दा ढोग्दा निधारै चिरियो, आशीर्वाद नपाउँदा चित्त फाटिगो । जे त पर्ला भनी गयौं माओवादी शरण, ल्यायो उसले गणतन्त्र एकै क्षणमा । खसम पनि फेरिए राजनीति नै फेरियो, सत्ता पाउन चुनाव पनि लड्नैपर्ने भो । कोटेश्वर र गौरबाट चुनावै लडियो, अचम्मै भो माइतीराजा नाकै काटियो । आफूमात्र हैन हरे पल्टनै हारेको, एकबारको जुनीमा जिउँदै मरेको । उनको सुखद गीत यस्तो छः  चुनावै हारेर बसिराको घरमा, हाम्रै सुदले उक्साए पलपलमा । माइतीको मन राख्न कछाडै फालेर, कटवालको घुँडो समाई सिंहदरबार । धन्य मेरा बाबाआमा धन्य मेरा माइती, हरूवालाई प्रधानमन्त्री तिम्रो पिरती । गार्‍हो पर्‍यो सार्‍है बाबा यो कुर्सीलाई जोगाउन, सकिन है मैले आमा संसद् चलाउन । केही न केही गर्नुपर्‍यो राकेसलाई भनिदेऊ, संविधान लेख्ने हैन कुर्सी जोगाइदेऊ । माओवादी जितुवा आन्दोलनमा गाको छ, हरूवाको सत्ता भनी खिसी गर्दछ । चुनाव् जित्ने सबैजना सडकैमा पुगेका, हरूवा भै हाम्ले सबै सत्ता चुडेका । हतियार चाहियो फेरि माओवादी दबाउन, कुन कुन नदी चाहियो बरू बोली माग न

girlfren_wife · Oct 22, 2009 8:22 PM · 9,785 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all