ए भन भन भाई हो !
BudoBaaje · Oct 17, 2009 12:13 PM · 15,602 views
देउसिरे
serial · Oct 17, 2009 1:40 PM
ए स्वर मिलाइकिन
OBAMA · Oct 17, 2009 4:18 PM
के भन्ने ए बाजे? सुजता उपपर्धन्मुन्तरी भ'को ठीक हो भन्ने? की माउबादीले तिहार पछि आन्दोलन गर्.या ठीक भन्ने? बब्बन ले पहाडीलाई छडी हान्छु भन्या ठीक भन्ने? की राकेश सुद देउता हो भन्ने? ल भएन, देउसिरे नै भट्ट्याउने भए पनि हामीले के भट्ट्याउने? बिदेशीले बर्शै भरी एसो गर उसो गर भनेर भट्याउने, हाम्रा कुकुरसुली दर्जाका नेता जे भन्छन त्यही दोहर्याएर सधैं देउशी त खेलिरा छन् नि। क्यार्नी त नी बाजे, बाजेले बजैलाई साइड हान्न रात बिरात देउशी खेल्ने बहानामा गाँउ डुलेको सम्झेर "भन भन भाई हो" भन्या होलान्, क्यर्नी र अब, एस्तो बेलामा कुनै उमङ्ग नै रहेन देशको ताल देखेर, नत्र त बाजे ले "भन भन भाई हो" भन्दा तिन हात उफ्रेर "देउसिरे" भन्दिन्थेँ।
lamjung · Oct 17, 2009 5:09 PM
लौ हेर यो भुरा को बुद्धी ! त्यही सब भएर त हामीले तिमी हरु भन्दा त काग कुकुर गोरु नै राम्रा भनेर पूजा गर्या हो नि । नेता पूजा त गर्दुनम क्यारे ! त्यही सबै दु:ख पिर पिडा ब्यथा रिस राग बिर्सौन त होनी खेल्नी देउसुरे। मन मा कुनै कुरा नराखी सबै कुरा भुलेर खुला मन ले खेल्नी हो यो देउसुरे । लौ अब म भट्याउछु भन तिमी देउसुरे । "ए है आकुम बाकुम "
BudoBaaje · Oct 17, 2009 8:11 PM
ए है सेल रोटी चाखुम ।
saathtimro · Oct 18, 2009 12:01 AM
अ।है छ।ना माथि Aduwa .........देउसी रे अे Ma. Ku. Ne. Paduwa .....देउसी रे
atomic · Oct 18, 2009 1:39 AM
ए भन भन भाइ हाे देउसुरे ए रामंरी भन देउसुरे ए झिलिमिली झिलिमिली देउसुरे ए के को झिलिमिली ? देउसुरे ए बत्तीको झिलिमिली देउसुरे ए फूलको झिलिमिली देउसुरे ए केराको थममा देउसुरे ए १० भाई जममा देउसुरे ए आयेका हामी देउसुरे ए लद्दै पडदै देउसुरे ए घुम्नै पर्ने देउसुरे ए डुल्नै पर्ने देउसुरे ए सारा संसार देउसुरे ए आखुम पाखुम देउसुरे ए सेलरोटी चाखुम देउसुरे ए नक्कली कान्छी को देउसुरे ए स्याउ जस्तो गाला देउसुरे ए भ्यागुताले देउसुरे ए उफ्रेर किस खाला हा हा हा हा हा हा हाह बाँकी अरको तिहारमा ल ?
lute · Oct 18, 2009 6:34 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion