काँग्रेसमा झण्डै कुटाकुट Filed under: समाचार/विचार — admin @ 11:09 am गिरिजापुत्री सुजातालाई उपप्रधानमन्त्री बनाएपछि काँग्रेसमा झण्डै कुटाकुट कै स्थिति आएको छ। हिजो केन्द्रीय कार्यसमितिको बैठकमा कुटाकुट नै त भएन, तर वाकयुद्ध भने चर्कै भएछ। एकले अर्कालाई शब्दवाण फ्याँकेछन्। नरोकेको भए त कुटाकुट नै हुनेसम्मको स्थिति आउँथ्यो रे। आज प्रकाशित सबै पत्रिकामा यही खबर छ। त्यो दृश्य हेर्न पाएको भए त नेपाली जनतालाई निःशुल्क मनोरन्जन हुने रहेछ। तर पत्रकारको प्रवेश निषेध गरिएका कारण कसैले त्यो दृश्य खिच्न पाएनन्। अरु बेला भए बैठक सैठकको त्यति वास्ता नगर्ने सुजाता हिजोको बैठकमा भने विरोधी सबलाई ठिक पार्छु भन्दै सुरिएर आएकी रहिछिन्। सबभन्दा बढी बाझाबाझ चाहिँ संसदीय दलका नेता रामचन्द्र पौडेल र सुजाता कोइरालाबीच भएको रहेछ। पौडेलले बोल्न खोज्दा सुजाताले रोक्न खोजेछन्। मलाई रोक्ने तपाईँ को भनेर पौडेलले भनेका रहेछन्। सुजाताले पनि मेरो नियुक्तिमा प्रश्न उठाउने तपाईँ को भनेर आक्रमण गरिछिन्। टेबल ठोकाठोक निकै भएछ। कुट्न खोजौँला झैँ गरेर सुजाता सुरिएर अघि बढेपछि स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले रोकेका रहेछन्। पार्टीको सामूहिक निर्णयको सट्टा सभापतिले एक्लै निर्णय गरेको भनी सदस्यहरुले आपत्ति जनाएका थिए। यही विषयमा छलफल गर्न बैठक बसेको थियो। त्यसो त सुजाताको नेतृत्वमा सरकारमा जाने निर्णय पनि पार्टीले नभई गिरिजा एक्लैले गरेका थिए। त्यस विषयमा पनि काँग्रेस नेताहरुमा असन्तुष्टि थियो। गिरिजालाई भने पर्नु आपत परिरहेको छ। तनावका कारण हिजो विराटनगरमा पुगेका उनले कार्यकर्ताले दिएको फूलमाला समेत स्वीकार गरेनन् रे। पत्रकारहरुसँग पनि बोलेनन् रे। अस्ति भर्खर केन्द्रीय कार्यसमितिले सभापतिले नगर भन्दाभन्दै महासमितिको बैठक गर्ने निर्णय गरेका थिए। भन्नेले त त्यसैको साटो फेर्न छोरीलाई तुरुन्तै उपप्रधानमन्त्री बनाएको पनि भन्दा रहेछन्। उपप्रधानमन्त्री बनाएको खबरपछि पौडेलले सरकारलाई समर्थन फिर्ता लिनेसम्मको धम्की दिएको खबर पनि आयो। हिजोको बैठकले सभापति कोइरालालाई नै अगाडि राखेर छलफल गर्ने निर्णय गरेछ। त्यो बैठकमा कोइरालाले के भन्ने होलान् ? किन त्यस्तो गर्नुभयो भनेर सोध्ने आँट राख्लान् त यी नेताहरुले कोइरालालाई ? खै शंका नै लाग्छ। आइन्दा संस्थागत पद्धति बिना यसरी व्यक्तिगत निर्णय नलिइदिनुहोस् है भनेर आग्रह गरिने होला। सरकारबाट समर्थन फिर्ता लिने जस्ता कुरा चाहिँ आवेशका कुरा मात्र हुन्। त्यो हावा कुरा मात्र हो। गिरिजा जस्ता देश खाएर शेष भइसकेका नेताले यो कुरा नबुझेका हुन् र। त्यत्तिकै उनले यस्तो निर्णय गर्छन्। कि कसो, के लाग्छ तपाईँहरुलाई ?
full_maya · Oct 15, 2009 3:53 PM · 13,460 views
fool माया जि, तपाईंले समाचारको श्रोत खुलाउन बिर्सनु भएछ कि त्यो समाचार आफैले लेख्या हो ?
Bhakte · Oct 15, 2009 4:08 PM
full maya ho ki fool maya? khulaunu paryo samachar ko source!
gaurab_10003 · Oct 15, 2009 4:39 PM
www.mysansar.com sorry guys
full_maya · Oct 15, 2009 5:12 PM
Saale Poudel.. ke ko kich kich... simply he should ask for one thok from Sujata.... then have fun... ha ha
Ved555 · Oct 15, 2009 7:03 PM
Ms. FOOL maya, Never ever trust mysansar.com. That web site is the most pessimistic and distrustful in the world. They are also against dual citizenship.
nepalibhai · Oct 15, 2009 9:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion