य झरी किन येसरी मात्तेको ? चौबिसै घण्टा किन पोखेको? बाटो ओसिलो पारेर जता-ततै बादल ले ढाकेर चिसो अनि अध्यारो मौसम उठ्नै मन नलाग्ने सिरक छाडेर य झरी किन येसरी मात्तेको ? चौबिसै घण्टा किन पोखेको? तातो-तातो चिया पिउ फेरी सुतौ जस्तो दिनभरी मायालु संग लिप्त हुउ जस्तो कामको थुप्रो येत्रो छ ज्यान एहा एक्लो छ अल्छि अनि विरक्ति किन बनाको हे इन्द्र येत्रो पानि किन खनाको ? एक होइन दुइ होइन हप्तौ बिती सक्यो झरी रोकिदैन, मायालुको याद मेटिदैना बोत्तल रित्ति सक्यो अफिस जान्छु, घर आउछु हराउने कुनै ठाउँ छैन सितन कतै पाकया छकी, कान्छीको भट्टीको त नाउ छैन मात्र चिया र सियाको भर भो जिउ तताउन अनि दिन बिताउन य झरी किन येसरी मात्तेको ? चौबिसै घण्टा किन पोखेको?
Narayangarh suburb · Oct 14, 2009 10:06 AM · 5,070 views
धेरै राम्रो छ । हैन यो कबिता हो कि गीत हो कि गजल हो। म साहित्य मन पराउन लगेको मान्छे जान्न मन लाग्यो । मैले यस लेखमा गीत पनि पाए कबिता पनि पाए अनी गजल पनि पाएँ . पढेर साँच्चै मजा आयो है साथी ।
PeaceSoul · Oct 14, 2009 10:58 AM
"मात्र चिया र सियाको भर भो जिउ तताउन अनि दिन बिताउन " धेरै मार्मिक छ! धन्यवाद !!!
santosh1984 · Oct 14, 2009 4:39 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion