माइ संसारको स्तरको बारेमा पुर्बज्ञान सबलाई छ| तर यति साह्रो घतिया हो भन्ने चाही थाहा थिएन| हामीजस्ताको प्रतिक्रयालाई पाखन्डिहरु स्थान पनि दिदैनन| आजदेखि त्यो साइटमा फेरी नछिर्ने कसम खादै... ओबामाले नोबेल पुरस्कार पाउनुको गोप्य रहस्य बालकृष्ण दाहाल नोबेल पुरस्कार समिति नर्वेले यस वर्षको नोबेल शान्ति पुरस्कार आठ महिनाअघि मात्र पद सम्हालेका अमेरिकी राष्ट्रपति बराक ओबामालाई प्रदान गर्ने निर्णय गरेपछि धेरै मानिस अचम्म परे। यस बारेमा माइसंसारमा राखिएको ब्लगमा आएका प्रतिक्रिया पढेर लाग्यो, बाराक ओबामाबाट धेरै अपेक्षा राख्ने वर्ग ठूलो रहेछ। यो देखेपछि केही त लेख्नु पर्छ भन्ने लाग्यो र मैले जानेको सुनेको अनुसार सिक्काको अर्को पाटो प्रस्तुत गर्ने जमर्को गर्दैछु। आउनुस् विश्व राजनीतिमा केही गन्थन गरौँ भिन्न ढंगले, जुन तपाईँ हामीले संसारका ठूला मूलधारका मिडियाहरुमा देखे, सुनेको र पढेको भन्दा फरक हुनेछ। प्रश्न उठ्न सक्छ के बाराक ओबामा(जो संसारका सबभन्दा शक्तिशाली देशका राष्ट्रपतिका रुपमा छन्) ले चाहेर संसारमा परिवर्तन ल्याउन सक्छन्? युद्ध रोक्न सक्छन्? कि उनी एउटा पात्र मात्र हुन् जसले गर्ने कामको योजना अरु कसैले बनाउँछ? ओबामालाई राष्ट्रपति उम्मेदवारको रुपमा जतिबेला देखाइयो त्यस बेलासम्म अमेरिका(जसले आफूलाई संसारको शक्तिशाली बनाइ राख्न चाहन्छ हरेक तरहले) संसारभर अलोकप्रिय हुँदै गइरहेको थियो। दिन पर दिन विभिन्न देश र समूहहरु अमेरिकाविरुद्ध संगठित भइरहेका थिए। इन्टरनेटको प्रयोग सँगसँगै विश्वका ठूला संचार माध्यम (जो कर्पोरेट मेडिया वा लबिंग मेडियाको रुपमा काम गर्छन्) हरुको प्रभाव कम हुँदै गइरहेको थियो। यसले थोरै मान्छेहरुको हातमा संसारको आर्थिक, राजनीतिक र सैनिक नियन्त्रण गर्ने योजना धरापमा पर्ने स्थिति थियो। किनकि उनीहरुद्वारा संचालित मेडियाहरुबाट मानिसहरुको दिमागलाई नियन्त्रण गर्ने उपाय (mind control technique) कम प्रभावकारी हुँदै गइरहेको थियो। हो, त्यही बेला त्यो समूहले संसारका मानिसहरुको सोचाइलाई अन्यत्र मोड्न एउटा कार्ड फाल्यो बाराक ओबामा। बाराक ओबामालाई उनीहरु निर्वाचित अधिकारी(elected official) भन्ने गर्छन्। उनीहरुले भन्ने गरेको संसारको सरकार (government of the world) दर्जा (hierachy) मा तेस्रो स्थानमा पर्छन् उनी। बाराक ओबामा उनीहरुको लागि उपयुक्त अस्त्र बने किनकप उनी काला जातिका हुन् र सेता जातिको मिश्रण पनि छ उनीमा। उनी क्रिस्चियन हुन् तर मुस्लिम पृष्ठभूमिबाट आएका हुन्, अफ्रिकन मूलका हुन् तर एसियामा हुर्किएका। यिनै विशेषताका कारण त्यो समयमा अमेरिकाविरुद्ध संगठित भइरहेकाहरुका विरुद्ध उनी भन्दा सुहाउँदो व्यक्ति अरु हुन सक्दैनथ्यो। अझ ओबामासँग गजबको बोल्ने क्षमता छ, जसले उनीहरुको योजनालाई कार्यान्यन गर्न, विश्वका जनतालाई योजनाको पक्षमा उभ्याउन सक्छन्। यही कारणले ओबामालाई राष्ट्रपतीय चुनावमा उठाइयो र त्यस समूहले प्रचारप्रसारमा धेरै लगानी गर्यो। ओबामालाई चर्चामा ल्याउनलाई उनीहरुका संचार माध्यमहरु बडो बाठो तरिकाले प्रयोग गर्यो। अन्ततः उनीहरुको योजना सफल भयो। ओबामा अमेरिकाका राष्ट्रपति बने। सर्वसाधारण जनता बीच लोकप्रिय पनि छन्। जनताको दिमागलाई ब्यस्त बनाउन सफल छन्। यो देख्दा त्यो समूह फेरि सफल भएको छ। धेरैलाइ बिजोगमा राखेर थोरैको स्वर्ग जोगाउने उनीहरुको अभियान सफल भएको जस्तो देखिन्छ। उनीहरुलाई अरु षड्यन्त्रका योजना बनाउन पर्याप्त समय पाए जस्तो देखिन्छ। त्यसैले ओबामालाई बहुचर्चित र लोकप्रिय बनाइराख्नु उनीहरुको एउटा महत्वपूर्ण काम हो जसको कारण ओबामालाई संसारको महत्वपूर्ण पुरस्कार नोबेल शान्ति पुरस्कार पनि थम्याई दियो त्यो समूहले जुन कुरा सुनेर ओबामा आफै ‘चकित र कृतज्ञ’ भए। ह्वाइट ह्वाउसको रोजगार्डेनमा निस्केर दर्शकहरुलाई हात हल्लाएर भित्र पसेर अफगानिस्तानमा अरु सैनिक थप्ने बैठकमा ब्यस्त भए। अब मैले भन्ने गरेका ‘उनीहरु’ को हुन् त जो पर्दापछाडि बसेर संसार चलाउने योजना बनाउँछन् ? सन् १९५४ मा नेदरल्याण्डका राजकुमार बेर्न्हार्डको अध्यक्षतामा सुरु भएको संगठन बिल्दरबर्ग समूह (Bilderberg group) को नाममा गोप्य रुपमा सञ्चालन हुँदै आइरहेको बताइन्छ। यस समूहमा १३० जना सदस्यहरु रहेको प्रकाशमा आएको छ जसमा व्यापार, बैंक, राजनीति र सञ्चार माध्यममा प्रभाव पार्न सक्ने मान्छेहरु पर्दछन्। यो समूहले संसारका आर्थिक, राजनीतिक गतिविधिको योजना बनाउनुका साथै उनीहरुको योजनामा कुनै देश र त्यहाँको सरकारले बाधा पुर्यायो भने सरकारबाट त्यस्तो व्यक्तिलाई हटाउने वा हत्याको योजना बनाउने समेत काम गर्छ भन्ने आलोचकहरुको भनाइ छ। विस्तृत जानकारीको लागि गूगल गर्नुस। यो बारेमा केही लेखकहरुले किताब लेखेका छन्, वृतचित्र पनि बनेका छन्। संचारकर्मीहरुले सूचना संकलन गरेका छन्। यो समूहले अत्यन्त गोप्य रुपमा यसका बैठकहरु सञ्चालन गर्दै आएको भएता पनि केही वर्षदेखि यसको गोपनीयता भंग भएको छ र बैठक स्थलबाहिर धेरै प्रदर्शनको सामना गर्नुपरेको छ। केही महिना अगाडि भएको बिल्दरबर्ग समूहको बैठकमा प्रदर्शनकरीहरुले ओबामा त्यस बैठकमा गोप्य रुपमा सहभागी भएको भन्दै “ओबामा तिमी यहाँ छौ, बाहिर आऊ” भन्दै प्लेकार्ड देखाउने र नारा लगाएका थिए। मैले प्रस्तुत गरेको कुरा आइसबर्गको टुप्पो मात्रै हो। यस ब्लगको उद्देश्य सत्य पत्ता लगाउन सहयोग पुगोस् भन्ने हो। जो ओबामाका फ्यानहरु हुनुन्छ मर्माहत बन्नु पर्दैन किनकि अब हामीले के मन पर्छ के मन पर्दैन भन्ने भन्दा माथि उठेर मूल्यांकन गर्ने बेला भएको छ। यसको लागि पक्ष विपक्ष दुई तिरकै सूचना संकलन गर्नु जरुरी छ। भावनामा बहनु भन्दा वास्तविक भएर सोच्ने बेला आयको छ। संसार जसरी अगाडि बढिरहेको छ, यो शान्ति स्थापना गर्ने तरिका हैन। बरु एक अर्कालाई लडाएर केही मुठी भरका मान्छेले आर्थिक फाइदा लिनेतिर मात्रै अगाडि बढिरहेको छ। अमेरिका, जुन देशले सबभन्दा बढी हतियार उत्पादन र निर्यात गर्छ, त्यस्तो देशको राष्ट्र प्रमुखलाई शान्ति पुरस्कार त्यो पनि काम गरेर देखाउनु भन्दा अगाडि आफैमा कति हास्यास्पद छ। मैले भलादमी वा लोकप्रिय बन्ने भन्दा मैले जानेको सत्य बोल्ने रणनीति लिएको छु। राजनीतिक नेताहरु र तिनका पार्टीहरुले जुन विषयमा बोल्न सक्दैनन् वा भोटको संख्यामा गिरावट आउँछ भन्ने लागेर त्यस्तो विषयमा बोल्न चाहँदैनन त्यस्तो विषयमा लेख्ने निर्णय गरेको छु, जुन लोकप्रिय हुने भन्दा केही नयाँ ढंगले सोच्ने कुराको सुरुवात गर्नु हो। केही मान्छेहरुको स्वर्ग जोगाउने शब्दजालमा पर्नेहरुको लागि अतिवादी लाग्न सक्छ। अरुलाई अतिवादी आरोप लगाएर मुख बन्द गराउने उनीहरुको उदेश्य नै हो। त्यतिले पनि पुगेन भने उनीहरुको भाषामा मान्छे मार्दैनन् तर तटस्थ (neutralise) बनाउँछन्। रचनात्मक प्रतिक्रिया, आलोचना र सुझावलाई स्वागत छ। introvertperson@googlemail.com
newlynew · Oct 14, 2009 8:12 AM · 16,297 views
Dear, instead of blaming anyone, first try to run a web site like that and know how difficult it is to manage the content and the comment users have posted. There are very limited people and they don't get paid and have to send ton of hours for nothing. So, you may have to wait till you get your chance to post on the site. I don't know the rules of that site but they is my personal opinion I hope you don't mind with my comments.
PeaceSoul · Oct 14, 2009 8:30 AM
Yes that struck me too. I wanted to add some comment but I knew they would delete it. mysansar.com is driven by specific group of people that has very narrow and low graded politics. I sincerely request you all not to even visit that site. It just disturbs your mind. It is extremely low graded highly personal blog site. Just ignore it.
Micky_Mouse · Oct 14, 2009 8:32 AM
PeaceSoul, You have said your view but you are 100 percent wrong. You are way off from what newlynew was trying to explain. You just did not understand what the theme was in this context. Last edited: 14-Oct-09 08:36 AM
Micky_Mouse · Oct 14, 2009 8:36 AM
micky_mouse, OK then, I don't know the politics behind but I am talking about the technical aspect of the scenario. Sorry folks I didn't understand what you really mean on the post.
PeaceSoul · Oct 14, 2009 8:55 AM
Connection Failure
newlynew · Oct 14, 2009 9:11 AM
जमानामा युवा मंच पढे जस्तै लाग्यो | Do mysansar really has followers who would believe that bullshit? Damn, at least people who are smart enough to use internet should be smart enough not to believe in such fabricated stuff
jhan_besmari · Oct 14, 2009 1:48 PM
PeaceSoul is Umes of my(?)sansar.com
amricane · Oct 14, 2009 1:51 PM
The guy who runs that website was once a servant of Mr P Dahal of Maoists Party of Nepal... he used to steal used condom prachanda used and in the name of recycle, tha tguy used to re-use... don't talk about him and his website here.....
Ved555 · Oct 14, 2009 7:23 PM
Mysansar, it is a blog, please don't aspect a lot from him, a guy running his blog, regarding the level of mysansar, these are their views, if you don't like, forget it, don't visit the site and if you like it, read it. It was one of most interesting site when there was second Janaandolan (please don't say, it is not jana andolan, it is shit), if so, it is not time to see level of mysansar, but I never trusted my level and I never trusted the people who is shouting in sajha saying they know everything, I used to see both Sajha and Mysansar. Mysansar as an informative site and Sajha as a sharing site. It is just my view, please be respectful to others, please try to find your intellectual level. The most interesting thing in our life period, the people who live in Asia, specially Nepal, they are always happy to talk about USA saying they don't like, but everyone wants to come here. So, there is lot of articles talking a lot about USA but they are shouting because they want to come here. So, it is just a mentality.
timer · Oct 14, 2009 7:49 PM
k bhancha kaam nabhayeko manche haru! ramro kura gara na !
gaurab_10003 · Oct 14, 2009 7:57 PM
Do some background research before pointing out anything ! http://www.youtube.com/watch?v...
rajbhanu · Oct 14, 2009 8:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion