There are many high rise apartment buildings (also called colony) being built these days in Kathmandu. Does anyone have any information about those apartments. Please provide some links.
NepaliBhai · Oct 8, 2009 11:39 AM · 5,346 views
Due to the lack of building codes, regulation and enforcement, I would never consider buying a house/apartment in one of these colonies...
newlynew · Oct 8, 2009 12:28 PM
See the following (http://www.homesnepal.com.np/)...
santoshgiri · Oct 8, 2009 1:40 PM
I don't want to witness the tragic moment, but sooner or later those tall buildings are going to crumble down. So if you are planning to buy any apartment on those tall buildings, think carefully, find the facts and make your decision wisely. Pay your attention to what newlynew said, whether those are built following the building codes or not and check that whether the area falls in any natural hazard zone or not. भूकम्पमा पूर्वतयारी बिहिवार, 08 अक्टोबर, नागारिक दैनिक यादवप्रसाद ढकाल असोज १४ गते इन्डोनेसियाको दक्षिणी प्रान्त सुमात्रामा गएको भूकम्पबाट पादांग सहरमा ठूलो क्षति पुग्यो। यो ७.६ रिक्टरको भूकम्पको स्थलगत केन्द्रविन्दु पादांग सहरबाट करिब ६१ किलोमिटर पश्चिम थियो। यस भूकम्पका कारण करिब १ हजार २ को ज्यान गएको छ। उद्वार कार्य जारी रहेकाले थप शव भेटिन सक्छ। भूकम्पबाट पादांग सहरभित्र २१ हजारभन्दा बढी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । भूकम्पपछि ठूलो वर्षा भएका कारणले मान्छेहरू भत्केका घरमा पस्न डराएर पानीमा भिजेरै उभिएका थिए । कुनै घर सग्ला थिएनन्। अस्पताल पनि ध्वस्त भएकोले हजारौँ घाइतेलाई चौरमा राखेर उपचार गराइएको देखिन्थ्यो । बिजुली लाइन सबै काम नलाग्ने भएकाले रातमा उद्धार कार्य असम्भव भएको थियो। उज्यालोमा पनि आवश्यक ठूला उपकरणको अभावले भग्नावशेषमा पुरिएर रहेका अथवा भत्केका घरले थिचिएका जीवित मान्छेको उद्धार हुन सकिराखेको थिएन । पिउने पानी र खाने सामग्रीको अभाव थियो । सबै पसल भत्केका थिए । भूकम्पपछि गएको पहिरोले धेरै बाटा खुल्नै सकेका थिएनन् भने ठाउँ ठाउँमा पुलहरू भत्केकाले सहायता र उद्धार कार्य कठिन भएको थियो । इन्डोनेसियाले अहिले अन्तर्राष्ट्रिय सहयोग माग गरेको छ । नेपालमा भूकम्प प्रविधि राष्ट्रिय समाजको अध्ययनअनुसार काठमाडांै र आसपासका अधिकांश विद्यालय भवन भूकम्पीय दृष्टिले कमजोर छन् र ठूलो भूकम्प गएमा धेरै क्षति हुन सक्छ। भूकम्पमा कमजोर विद्यालय भवन भत्किँदा धेरै संख्यामा विद्यार्थीको किचिएर वा पुरिएर मृत्यु भएको पाइन्छ । पादांगमा पनि एउटा विद्यालय भवन भत्किँदा ११ जना बालबालिकाको मृत्यु भएको थियो । एक वर्षअघि चीनको सिचुआँ प्रान्तमा गएको भूकम्पमा पनि स्कुल भवन भत्किँदा ६१ जना पुरिएर मरेका थिए। यस्ता कमजोर भवनलाई सुदृढीकरण गर्न आवश्यक सहयोग सरकारले दिनुपर्छ। त्यसपछि पनि काम नगर्नेलाई कारबाही गनुपर्छ। यही समाजको अर्को अध्ययनअनुसार काठमाडांैका निजी भवनमध्ये अधिकांश भूकम्प प्रतिरोधका दृष्टिले कमजोर छन्। उपत्यका बाहिरका धरान, पोखरा, विराटनगरजस्ता सहर पनि भूकम्पका हिसाबले सुरक्षित छैनन्। साथै कतै पनि ठूलो भूकम्प गएमा के गर्ने भन्ने पूर्वतयारी गरिएकोे देखिँदैन। धेरै मान्छे आवतजावत गर्ने व्यावसायिक मल, सिनेमा हल आदिको निर्माणमा भूकम्पीय सुरक्षाको मापदण्ड पूरा गरिएको छ छैन जांँच गरेर त्यसअनुसार नभए पुनःनिर्माण गराउनुपर्छ । केही वर्षभित्रैमा नेपालमा महाभूकम्प जान सक्ने र त्यसले काठमाडौँ उपत्यकाभित्र पनि ठूलो असरगर्ने अनुमान भूवैज्ञानिक तथा भूकम्पसम्बन्धी प्राबिधिकले अनुमान गरेका छन्। त्यसैले कमजोर भवनको सुदृढीकरणका लागि दीर्घकालीन योजना बनाउने र ठूलो भूकम्प गइहालेमा गर्नु पर्ने कामको पूर्वतयारी गर्ने अनि तिनका बारेमा जनसमुदायलाई जानकारी गराउने कार्य भूकम्पीय सुरक्षासम्बन्धी कार्यक्रमको प्राथमिकतामा पर्नुपर्छ। उदाहरणको लागि जापानको राजधानी टोकियोको आसपासको ...तोकाई क्षेत्र' मा ३१ वर्षभित्र ८ रिक्टरभन्दा ठूलो महाभूकम्प जाने ९१ प्रतिशतभन्दा बढी जोखिम रहेको जानकारी त्यहाँ सरकारले जनतालाई दिएको छ। त्यस्तो भूकम्पबाट घाइते हुनसक्ने ५१ हज्जारलाई विभिन्न अस्पतालमा गरेर एकैपटकमा उपचार गराउनसक्ने क्षमता ५ वर्षभित्रैमा अभिवृद्धि गर्ने योजना त्यँहाको स्थानीय सरकारले बनाएको छ । (लेखक जापान स्थित होक्काइडो विश्वविद्यालयमा विद्यावारिधि गर्दैछन्।) Last edited: 08-Oct-09 02:01 PM
Geology Tiger · Oct 8, 2009 1:59 PM
i think the price of those condos and apartments are bloated beyond what it usually cost. i would wait until the price stabilizes. plus, don't know how properly those apartments are built adhering to building codes and regulation. i would definitely stay way from it until there is substantial proof that those buildings are sturdy.
dolphin · Oct 8, 2009 3:44 PM
As far as real estate in Kathmandu is concerned, name me one thing that is not absurdly overpriced?
newlynew · Oct 8, 2009 4:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion