चौतारी दशैं म्यारिज सम्हारो !! ओहो मुला बैरे , कत्ती सुत्न सक्छ होला भन्दै पुरे घोक्रो सुकाउदै पस्यो कोठा भित्र । के छ पुरे पाट किन एका बिहान देखि कराइ राख्या , आँखा मिच्दै म उठे पुरे :- आज दशमी को दिन नी यति ढिला सम्म सुत्छ कोही , ल तयार बन , ठुल्दाइ उहाँ कुरी रहनु भाको छ , गएर टिका नी लाउनु पर्यो आज त म्यारिज नी जमाउनु पर्छ । खान पिन को नी बन्दो बस्त गर्नु पर्यो नी । म :- कहाँ खान पिन हाम्रो जिम्मा हो र , ठुल्दाइ ले त केली, खुशी , चेली, क्रेजी र अरु तरुनी को जिम्मा खान पिन को भन्दै हुनुथ्यो मलाइ । त्यहि नी साहित १०:५५ मा हो यो ७:०० baje नी उठाउने हो ?? पुरे :- ह्या मुला, फेरी त्यो बौचा लाई नी उठाउन जानु पर्छ क्या, त्यो नी सुत्न काल नै हो । कुम्भ कर्ण को भाई त पर्यो । रिट्ठे लाई उता तिर पठाको छु , त्यहि भेट्नु पर्छ अनी जानु छ ठुल्दाइ को मा । लौ त लौ (हामी बौचा को घर तिर लाग्यौ ) कोठा बाहिर रिट्ठे कुह्री रहेको थियो । म :- के भयो रिट्ठे सान किन यहाँ बाहिर , बौचा को दशैं मा दशैं आयो की क्या हो ? रिट्ठे :- आउछ त्यस्को दशैं , आधी घण्टा भयो मोरा ले ढोकै खोल्या छैन । (हामी ढोका ढक ढकाउन लाग्यौ, बौचा ले बल्ल तल्ल ढोका खोल्यो ) अब दशैं मा भिड्ने भयो रिट्ठे र बौचा । बौचा को तयारी दुल्हा नै निस्क्या जस्तो , कती छर्नु पर्ने इत्तर , कस्तुरी नै डाउन पर्ने बौचा को महक ले । बाटो मा जादै गर्दा :- बौचा :- ओहो केटा हो ATM जानु छ , आज त निकाल्नु पर्यो नी म्यारिज मनी , लुट्नु पर्छ सब लाई । रिट्ठे :- हो हो , अली धेरै निकाल मलाइ नी चाहिएला । बैंक तिर जादा ठुल्दाइ भेटियो बाटा मा , पुरे :- ओहो ठुल्दाइ , सोमबारे शिवमय जदौ । कता हो ठिटा हरु आउछ भन्दै टाप दिन आट्नु भको की क्या हो ? ठुल्दाइ :- ठुल्दाइ कहिले टाप हुदैन , ठुल्दाइ ले टाप लाई राप दिएर झाप गर्छ , मखुला रिट्ठे ? ठुल्दाइ :- बिर्खे बा ले , जमरा लिन मन्दिरा पुजारी लाई भन्नु भएको रहेछ त्यहि लिन जना आट्या नी । (बौचा पैसा गनेको देखेर ठुल्दाइ ले ) ओ बौचा त्यहा रामे को पसलाँ गएर साट्नु , दक्षिणा दिन काम लाग्छ, मेरो लागि नी निकाल्या हो ? बौचा :- होइन आज सब लाई लुट्छु भन्या त उल्टै आँफै लुटिने हो की क्या हो ? ठुल्दाइ :- लौ लौ , तीमी हरु जादै गर , त्यहाँ घराँ ठिटी हरु खान पिन को बन्दो बस्त गर्दै छ , बौचा लाई मुइचा ले मार्छे बिहान देखि कुर्दै थियो । पुरे:- ठुल्दाइ बरु पत्ती को बन्दो बस्त छ की छैन ? बौचा :-त्यो त ई मैले बोकेरै आको छु । ठुल्दाइ :- त्यो सकुनी ले पुजा गर्या पत्ती ले नी खेलिन्छ , दशैं मा घर बार नै लाने बिचार छ नी क्या हो ? हिजो नै ब्रोड्वे किनेर ल्याको छु । लौ लौ पछि घरै मा भेटुला , जति कुरा गरे नी उही त हो baru साहित छुट्ला । (लड्दै पद्ददै ठुल्दाइ को घरा पुगियो ) बौचा :- ओहो हर्के दाई , आज त निकै झकास देखिनु भयो नी । हर्के :- के गर्नु देखिनु नै पर्यो नी , ६ महिना भयो दौडिन थाल्या बल्ल बल्ल सिक्स प्याक आउन थालेको थियो दशैं आएर बर्बाद भयो । अनी के छ त ठिटा हो ? आज त जम्नु पर्छ नी । ओहो लहरे बौचा ......... भित्र बाट मुइचा कराइ म :- ल जाऔ बौचा हाजिर दिएर आउ । मार्ने भई आज । बौचा :- कसरी मार्छे लौ म नी हेर्छु , भन्दै बौचा बाघ हिंडे झै गयो भित्र । एकै छिन मा फेरी कोहिली बोले झै कराइ मुइचा, रिट्ठे काsssssssssssssकु , भतिजी le बोलाए सी किन नजाला रिट्ठे , हजुsssssssssssssर भन्दै लाग्यो । पुरे:- बैरे पाट , हर्के आफ्नो नम्बर आउनु अगाडी कुलेलम ठोकु । हामी त्यहाँ बाट बाहिर निस्की चुरोट तान्दै थियौ । ओहो पट्टे हो क्या अर्दै हो , टिको त खाली पेटा लाउनु भन्थे एका बिहानै के प्रदुषन गर्या होला, भन्दै बिर्खे बा भट्टाउदै आए । पुरे:- ओह बिर्खे बा , लौ प्रणाम गरे अनी बजै खै त ? बिर्खे बा:- खै यतै जान्छु राहुल भाइ नाति मन्दिर् जानु अगाडि भेट्नु छ भन्दै एक बिहान् चिया नि नख्वाइ निस्के कि थि घर बाट, आको छैन यहाँ , त्यस्को पाटो झार्छु म । पुरे :- खै बा थाहा भएन , ठुल्दाइ को आगन मा बस्दा बौचा, रिट्ठे दुबै को नम्बर मुइचा ले लगायो आफ्नो नि लाग्ला कि भन्ने डर ए हामि यहा आइ बस्या । बिर्खे बा :- लौ हिड ठिटा हो , म हुदा कल्ले बोलाउ तिमि हरु लै हेरुम् त ? ( हामि ठुल्दाइ को घर् तिर फेरि लाग्यौ ) आगनमा बौचा र रिट्ठे गुफ मार्दै थियो । बिर्खे बा लाइ देखेर दुबै ले प्रणाम गरे । बिर्खे बा :- चिरिन्जिबि भएस् । तेरिमा लाछि हरु ठिटि ले बोलाउदै पुछर् लुकाइ जाने । (भित्र बाट् फेरि आवाज आयो । तेरिमा बुढा के गर्दै छौ त्यहाँ बाहिर , बुढा पाको ले सम्झाउनु कहा हो कहा अझै नाइके भएर हिड्ने , लौ यहाँ भित्र आउ खुरुक्क । (बिर्खे बा को बिरता नि देखियो , बौचा र रिट्ठे ले डाइलग हान्नु बुढा भित्र भागे , अझै हाम्ले मत्रै सुन्ने गरि ) बिर्खे बा :- तेरिमा बुढी आजु त तेरो पातो झार्छु झार्छु । (केहि बेर मै दशै को टिको सुरु भयो ) टिका सुरुवात बिर्खे बा ले बजै लाइ लाइदिनु भयो । बिर्खे बा :- लु बुढि , राम्रो सित बुढा को सेवा गरेस् , धेरै उत्तौलि नबनेश् । मेरो चिलिम् को आगो सधै बाल्न तात्पर्य भएश् , लौ भागेमानि । (अब दशै को टिका थाप्या बेला के उत्तर दिनु भनि बजै चूप् नै बसे ) अब बिर्खे बा र बजै को आशिष सबै लाइ :- ठुल्दाइ :- लु राहुल भाइ नाति, तिम्रो उन्नती होस् , पढाई मा ब्रिहस्पती को सम्पत्ति नै पावोश , लेखाइ मा सरस्वती को कलम होस् , भोगाइमा कुबेर को सम्पत्ती होस् । पेलाइ मा बालक राम को बोलाइ होस् । चिरिन्जिबी । रिट्ठे :- प्रगती को सिमा ले गगन चुमोस , अर्को चोटि दुई हुनु , चौतारी को रक्षा गरेस , तिम्रै जय जय होस् , लौ भागेमानी भएस । हर्के :- रिक्सा को लाइन लागोस , चाडै यातायात मन्त्री भएस ,ज्यान जस्तै भाग्य पनि पुर्तिलो होस् । चिरिन्जिबी भएस । पुरे :- बुधा पाको मान गरे झै तिम्रो सान होस् । जिन्दगी मा सफलता ले खुट्टो चुमोस , नबदुर्गे भवानी दाइने हुन । बैरे:- खान पिन मा ३३ गुण ले भरियोस , मिठो मिठो खाना जस्तै जिन्दगी मिठास ले बितोश , अर्को पाली तेरो बिहे नगरी भाको छैन , धेरै ठिटी को पछि नभागेस , लौ भागेमानी भएस । केली :- सधैं सबै को सेवा गरेस , सेवा को मेवा दैब ले भर्पुर दिएस । अली खेदो खन्न काम भएस , मन ले चिताको कुरा पुगेस खुशी :- नाम र मिजास जस्तै जिन्दगी बितोश । ठुलो ठुलो काम गर्नु आफ्नो कुल घराण को नाउ राख्नु, देवी ले सधैं रक्षा गरेस । क्रेजी :- कथा को भाको बगे झै , जीवन सफल होस् । थुतोनो चलाउन यो बुढी बाट धेरै नसिके । धन , सम्पत्ती , मान , लक्ष सब मन ले चिताको पाएस चेली :- लौ सबै को माया यसरी नी पाएस , सब को आँखाको तारा बनी राखेस , मन ले चिताको पुगोस , नदेबी दुर्गे भवानी सधैं दाइने होस् । (टिका लाउने कार्यक्रम नी सकियो अब अरु आउँदै गरेका लाई चाँही बिर्खे बा र बजै ले टिका लाइदिने भयो , हामी चाँही बस्यौ खाल जमाउन ) ठुल्दाइ :- कती हो द्यामेज ? बौचा :- आज त १ २ खेल्नु पर्छ । ठुल्दाइ :- १ २ चाँही हिन मोर एक सम्म दिया लौ जा तु भी क्या याद रखेगा । क्रेजी :- होइन के भाको यो ठिटा हरु लाई , खान पिन नगरी नै बस्यो भाई खाल जमाउन । बौचा टनेल्ला , टनेल्ला भन्दै तास तान्दै थियो रोकिएर - अघी भर्खर दिएको आशिश बिर्स्यो त्यो ठुतुनो कत्ती चल्ने होला भन्या , ओहो बैरे त्यो बोरा सिउने डोरी खै ? अब बोलु भने आफु माथि नै आइपर्ली भन्ने डर, त्यहि पनि साँस बनाइ बोले - " कत्ती ट्याउ ट्याउ गरी राख्या भन्या , बरु खाना यहो ल्याउ खाँदै खेलुला , यहाँ जोकर पल्टाउने बेला अलक्षिण लाग्ला । बौचा:- टुनेल्ला नी मलेल्ला भयो । सिक्वेन्स नै आएन । काग कराए सी के आउथ्यो । ठुल्दाइ :- (बौचा ले फाल्या पान को दुक्की टिप्दै ) ई बौचा , यस्तो हुन्चा टनेल्ला । मखुला रिट्ठे ? रिट्ठे :- केही परेन , त्यो तानेला हो ठुल्दाइ टनेल्ल होइन , पुरे :- काट्यौ बैरे पाट जोकर त म काट्छु, भन्दै जोकर काट्यो ............... थुईइय माल को नाम मा जोकर नी छैन । म :- इले काट्या भए पर्थ्यो होला , खै हेरुम । माल हेरेसी , ओहो ५ को माल त रहेछ म्यारिज होला भन्या अब स्रोत ले नै हेरी सी आफ्नै बल ले तान्नु पर्ला । लु बौचा पान को दुक्की फेकेसी त एक्का त नलाग्ला नी ? बौचा :- तही एक्का फकौन त फाल्या नी दुक्की । ठुल्दाइ :- कस्तो पेल्ने पेल्या, आफ्नो तास भन्दा नी अरु को तास छ भन्ने थाहा छ यो बौचा लाई ? रिट्ठे :- तपाईं को के खाइ द्या छु मैले , यस्तो पेल्न , दुब्ली खेलु की सिक्वेनस , ५ दुब्ली छ २ सिक्वेन्स छ, यो ताने ६ डुब्ली हुन्छ । ओहो पुरे बैरे गेम मा हो ? होइन भने डुब्ली खेल्छु । पुरे :- म त होइन सुक्क छैन म बाट गेम हुन्न १० बाट ३ मा झरियो त्यहि ठुलो कुरा हो । म :- चोट्टे त भन्न मिल्दैन तर यही आयो भने चाँही झ्याप हुन्छ । रिट्ठे :- लौ लौ तानी राख्छु , घुमी हाल्छ की ? पुरे :- अब यो मिल्छ तर तानेर के गर्नु , बरु माल नै आउछ की , (तास बुक बाट तान्दै ) आउ त पातली , के आउथ्यो ल जे आको त्यहि । म :- तिम्रो पातली त मेरो पो मयालु रहेछ , डुब्ली थियो ठ्यक्क यही आए गेम हुने , ल पाच को माल । बौचा :- २ रहेछ यो म्यान उडी हाल्यो नी ७ को हुन्थ्यो , ठुल्दाइ:- म सँग नी ५ को छ , रिट्ठे :- म सँग ३ को पुरे :- णो माल । म :- ल पाच पाच दस , दस दुई बाह्र , बाह्र तीन पन्ध्र , पन्ध्र र दस पचिस , पचिस मा खायो दस , ल पन्द्र दिने , पहिलो गेम त बेट्टर होइन , बौचा :- हुन्छ बेट्टर , ल यो ७ डलर , १ पोइन्ट बाकी । म :- ठुल्दाइ ले दिने पचिस खाने पचिस , बराबर , रिट्ठे ले दिने पचिस खाने पन्ध्र , ल दस देउ , पुरे पाट पन्ध्र तीन अठार । ल बौचा को बाड !! (बाकी भाग थपुला , अरु ले थपे नी हुन्छ । )
???? · Oct 6, 2009 12:30 PM · 9,572 views
बैर्या मेरिज महात्म्य पढियो । बज्या ले साह्रो हसायो। लेख्न नि कत्ति जान्या भने। चिलिम तानेर फिलिम हेर्या जस्तै ।
rahulvai · Oct 6, 2009 12:52 PM
मूला बैरे आँफै जितेको बनाएछ - आज बैरेको ग्रह दशा मा नाक मुख कुच्चिने लेखेको छ कि के हो मलाई टिका लगाउन बिर्सेंको - हात त चिलायो बाइ मेरो हात चिलायो भने के त पैसा आउछ कि त मुखा बर्सिन्छ भन्या सुन्या थे - पैसा गाको ले अब मुक्का बर्सिन्छ होला Last edited: 06-Oct-09 01:01 PM
serial · Oct 6, 2009 12:59 PM
हाहा हा ! कस्तो बबाल लेखेको बैरे ! एकदम यथार्त ! सार्है रमाइलो लाग्यो पढेर ! >>पुरे :- ओहो ठुल्दाइ , सोमबारे शिवमय जदौ । कता हो ठिटा हरु आउछ भन्दै टाप दिन आट्नु भको की क्या हो ?<<< बाटोमा भेटदा नि शिवमय जदौ ? हाहाहा
ritthe · Oct 6, 2009 1:11 PM
लौ बौचा को त टिका टालो नै बिर्सें छ :- ल यो चाँही बौचा को आशिश :- मुकुण्डो फेर्या झै ग्रह दशा नि फेरियोस , काम धेरै चोर्न पाओस, दिन दुनो रात चौगुणो होस् , लहरी ले क्रेडिट कार्ड को मान्यता बुझोस् । धन सम्पत्ति यथार्त बढोस् , मुकुण्डो फैल्या झै नाम चारी दिशा मा फैलियोस , लौ चिरिन्जिवी भएस
???? · Oct 6, 2009 1:54 PM
जय हो! बबा'ल, हा हा हा हा, फिलिम हेर्दा नि यस्तो क्लियर विजुअलाइज हुन्न ल, हरेक लाइनमा हाँसियो, मुर्दार बैरे, आफुलाई चाँही आशिर्वाद हेर न त्याँ, खाना कै छ, खाना-काल! लोल लोल, हांसियो प्रभो! थप्दै गरुम, यस्मा त मिले अरुले नि थप्दा हुन्छ, म पनि त्राइ मारुम कि भन्ने सोच्दै छु, सानै भे पनि, तर भरे गर्छु! ल बस्दै गरुम, थप्दै जाउम! जय हो!!
perfectionist · Oct 6, 2009 1:56 PM
<<<मुकुण्डो फेर्या झै ग्रह दशा नि फेरियोस , काम धेरै चोर्न पाओस, दिन दुनो रात चौगुणो होस् , लहरी ले क्रेडिट कार्ड को मान्यता बुझोस् । धन सम्पत्ति यथार्त बढोस् , मुकुण्डो फैल्या झै नाम चारी दिशा मा फैलियोस , लौ चिरिन्जिवी भएस >>>
perfectionist · Oct 6, 2009 1:57 PM
hahahaha dakshina khai ta malai?
kHusHii · Oct 6, 2009 2:13 PM
ल बौचा को बाड !! (बाड सक्के पछी ) ठुल्दाइ :- ए यो बौचा ले बाडेको गन है गन फेरी कम बाडेर गेम नै नहोला । बौचा :- अब केही नपाएर काम तास नै बाडुला नि ठुल्दाइ ले नि पायो भन्दै मा पेल्ने । ठुल्दाइ :- ओहो यो चोइस कार्ड 5th सिकुएन्स मिल्छ नलिउ भने नहोला झ्याइ , के भो ए हर्के तिमीलाई किन बस्छौ मुख खुम्चाइ ? हर्के :- के गर्ने ठुल्दाइ , खेल्ने ठाउँ छैन , यहाँ बसी पुरे को तास हेर्या छु बजिया सँग सिकुएन्स त के घर नि छैन !! म :- लौ हर्के ब्रो मेरो तास खेल, वेरिन्ची गरुला , म मस्त को खान लिएर आउछु । हर्के :- कती सिकुएन्स छ , म :- दुई छ , पुरे ले सियुर दिन्छ । म हर्के लाई तास दी लागे भान्छा तिर । भान्छा मा तरुनी हरु को गुण गुण । म आको देखेर चाट्ने भए । खुशी र केली खुस खुस गर्दै थी , होइन त बैरे भन्छ बा ?? आफु जिल्ल, अब के हो के होइन । - के होइन भन्या । खुशी :- यो बैरे त साच्चै कै बिरो रहेछ , त्यात्रो पुराण सुनाको के सुन्यौ । कुन पुरान के पुरान ? केही बोलिन ? क्रेजी :- बैरे मात्रै होइन लाटो नि हो कि क्या हो , के ट्वल्ला पारी हेर्या । मन मनै सोछे चाटे तरुनी हरु ले । ई दुई सँग बोल्नु भन्या आफ्नै खेदो खन्नु जस्तो लाग्यो । बरु केली चेली सँगै सोध्नु पर्यो । - ओहो केली चेली , यहाँ नपकाको हाँस को मासु छ रे खै कहाँ छ ? केली - मैले ठेक्का राख्या छु कि क्या हो ? म - एका बिहानै आको के काम लाग्यो त , त्यती नि थाहा नभए । चेली - खै ठुल्दाइ ले त्यहा भकारी मा राखी त्यो खाल्डो मा पुर्नु भको छ । (अब खाल्डो मा पुर्या चाँही हाम्रा गाम मा फ्रिद्ज छैन चिसो पार्न खाल्डै मा धोस्नु पर्यो नि ) भकारी खोली हेर्या , मर्न लाग्या हाँस लाई मर्या झै लाग्यो , मासु को नाम मा छालो मात्रै । हिंडे खाल तिर , ओहो ठुल्दाइ यो हास को मासु खै त्यहाँ भकारी मा त मुर्खुट्टा लाई छलो , पखेटा लगाएको जस्तो छ । ठुल्दाइ :- त्यो बोइलर हाँस होइन मुला बैरे , लोकल हो लोकल । लोकल हाँस मा नि मासु हुन्छ ?? म :- हर्के ब्रो माल हेरी सक्या खै माल हेरुम त , बुक उठाइ माल हिरे , बौचा को तास नि हिरे , मोरा सँग म्यारिज र अर्को थप माल । बाह्र को माल । लौ तिर्नु तिर्ने भयो । बौचा ले थर्ड सिक्वेन्स तान्यो ...... भान्सा मा जानु अघी - ह्या मुला बौचा किन काम नलाग्ने तास राखी राख्या एउटा माल छ त्यो नि फ्याक्ने भयो । बौचा को मुखा सर्स्वती बस्या रहेछ , लौ म्यारिज छ गए दुई जान्छ त्यही पनि १० त बाँकी हुन्छ, मर्ने बेला हरियो काँक्रो भनी दुई को माल फाल्यो । आफ्नो काम तमाम । माल हेरिसी लेखेट्न खोज्दै थियो लखेटे माल सब ले थाहा पाउथ्यो, बस्यो त्यही भुत्भुताउदै । भान्सा मा गाई स्तोभ दम दिन थाले , बिर्खे बा पसे भान्सा तिर , होइन ए बजिए बैरे क्या अर्दै हो ? किन यस्तो दम दि रहा । म - यो हास लाई पोलु भनेर नि बा , हास देखे सि - यो पोल्दा पोल्दै उछीट्या हाँस लाई के पोल्छस ? हाँस को मासु त निकै चाम्रो हुन्छ बरु पकाए पो हुन्थ्यो । म - ह्या बा आफ्नो दाँत छैन भन्दै हाम्रो नि हुन्न कि क्या हो , यो त कचेला बनाउछु । बजै - बल्ल बैरे ले कुरा गर्यो , पातकी बुढो आफ्नो जमाना बित्यो भन्दै मा यि नाती हरु को नि जमाना बित्छ कि क्या हो , लौ जाउ उता नाती हरु को बिच म आहिले तिमी लाई हलुवा बनाइ दिन्छु । बिर्खे बा :- तेरी मा बुढी , कस्लाई बुढा भन्या , जिउ मा अझै हुती छ , यस्तो हाँस त के , खसी को हड्डी नि चपाउन सक्छु , कुरो गर्छे । बजै :- भो देखीयो, जवानी मा केही गर्न नसक्या ले गर्छ बुढेस्काला । बिर्खे बा :- साच्चै हो, देखाउ बुढेस्काल मा जवानी , ल्याइ दिन्छु तेरो सौतेनी अनी थाहा पाउलिस । बिर्खे बा नि डाइलग हानी लागे खाल जमा भएको तिर । हाँस लाई पोली छालामा अली कालो डाम हुने गरी , मासु लाई र हड्डी लाई अली कमलो पारे । अचानो खोज्या पाए त मर्या खसी को कसम । आफु यता उता खोज्न थाले सि बजै ले सोधिन - के खोज्या ए बैरे , सधैं खोज्या खोज्यै हुने भयो यो मेरो नाती , कहिले तरुनी , कहिले खाना , अहिले चाँही के खोज्या नि ? म - अचानो खोज्या बजै , यो ठुल्दाइ नि समान ठीक ठाउँ मा राख्ने हो र ? भान्सा बाटै कराए , ए ठुल्दाइ अचानो र खुकुरी कहाँ छ !!! कहाँ बोल्ने हो र ? लागे खाल तिर । ठुल्दाइ को मुख हेर्न लायक थियो , बौचा को म्यारिज , रिट्ठे को ५ को माल पुरे को टनेला , हर्के को हात मा म्यान र दुई थप, जम्मा गरी २७ को माल बुढा ले नहेर्या ३७ तिर्ने भयो , धन्न सिङ्ल गेम थियो । रातो पिरो भएर बस्या रहेछन बुढा । बालक राम को स्मरण गरेर - के भयो ठुल्दाइ झन्डै म्यारिज हो ? म तिर हेरेर बित्यास नै पारे बजिया हरु ले । बैरे किन कराइ रहा नि तास नपर्या बेला । - " अचानो र खुकुरी खै ?" ठुल्दाइ - "त्यही कौसी मा सुकाको छु । " म लागे कौसी तिर हाँस बोकी । हाँस लाई अचानो मा खुकुरी ले कचेला बनाउन हान्दै थिए , बिर्खे बा चिचाए , तेरिमा अघोरी घरऐ भात्काउन लागिस कि क्या हो ? के भयो बा खुकुरी को हनाइ सँगै मुटु नि थर्कियो कि क्या हो ? तलाई डाँका , तेरो सेखी झारिदिउ , मजाक उडाउछस । सकियो बा अब एकै छिन मात्रै हो । म - चेली ए चेली , एउटा बटुको मा गुन्द्रुक भिजाएर , नून, हरियो खुर्सानी अनी त्यो लसुन अदुवा यहाँ ल्याउ त । अनी त्यहाँ त्यो काँचो तेल नि छ त्यो नि ल्याउ है । एक मात्र भन्या मान्ने चेली थियो । अरु लाई बोलाउनु भन्दा आँफै काम गरे हुने । मासु गुन्द्रुक लि गए खाल तिर । हाँस को कचेला , गुन्द्रुक साँधेको । भान्सा बाट तरुनी हरु पनि आए । चिउरा , अचार र कवाफ र भुटन लिएर । हर्के को आँखा महादेब को तेस्रो नेत्र खोल्या झै खुल्यो । - जे गर्छ यो बैरे ले नै गर्छ पुरे नि तास हेर्न छोडि आफ्नो भाग मा कती पर्छ भन्दै हेर्दै थियो । बिर्खे बा मैले सुकुटी बनाए भन्दै कुपुक्क गुन्द्रुक साँढेको मुखा भित्र ठोसे । गुन्द्रुक को स्वाद पायो बुढा ले , बाघ ले झुकेर घास खाको मुख बनाए बिर्खे बा को चर्ती कला ठुल्दाइ ले हेर्दाइ थिए । के भयो बाजे, काग ले राग गाउँ आटे झै मुख बनाउनु भयो नि ? बिर्खे बा - " यो बजिया ले सुकुटी बनाए छ भनेको गुन्द्रुक साँढेर पो ल्याए छ , दसैं को दिन सुरुवात नै घास पात बाट भयो , जातै गयो " बौचा - " त्यसो भए बाजे नुहाएर आउनु बाजे को भाग म खाँदै गर्छु " बिर्खे बा - " बाघ झापु हानेर मुकुण्डो फेरिदिउ तेरो बजिया " बौचा - " आयो आयो आयो ......... " ठुल्दाइ ले झ्याल बाट को आएछ भनी हेर्नु भयो । बौचा - " कहाँ गाको दाई यहाँ बेटर गेम मा टनेल्ला आयो पो भन्या त " क्रमश : (अरु ले थपे नी हुन्छ । )
???? · Oct 6, 2009 3:00 PM
लोल लोल लोल बेटर गेम मा टनेल्ला आयो रे लोल ठुल्दाइ को हरी बिजोग हुन लागेको छ लोल बैरे लोल
serial · Oct 6, 2009 3:14 PM
ल मैले पुरा पढ्या त छैन, तर बज्ये यो हर्के मेरो तास हेर्दै थियो अब काँ बैरेको तास मिलाउन गा?? मलाई म्यारिज त आउन्न तर पनि यौतोको तास हेरेर अर्कोको खेल्न गयो भने त झेल्ली भै गो नि। भएन यो, अघी को अठार नि फछ्या भो है, ल म अब अगाडि पढ्छु!
perfectionist · Oct 6, 2009 3:28 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion