चौतारी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चौतारी १६० दीपावली- तिहार - न्हूं दं ( नयाँ बर्ष) बिशेष । यो तिहार मा कसैको "हार" नहोस् । ढुकुटिमा लक्ष्मी,जिब्रो मा सरस्वती र अत्ममा मानवको बास होस् ।  नेपाल संवत ११३० या लसताय न्हूँ दं या भिन्तुना । नयाँ बर्षको शुभकामना ।   Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,  laa- hoo-rays, all on the stage of Chautari of Sajhaland  (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 160 editions.     Last edited: 05-Oct-09 08:38 AM

rahulvai · Oct 5, 2009 8:36 AM · 267,860 views

331 Replies · Showing 321 - 331
Page 17 of 17

ल बधाई छ कन्ट्राक्ट रिनु भाको मा भोज कहिले त एला सँग

perfectionist · Oct 20, 2009 4:05 PM

लौ मेरै लास्ट पोस्ट रेछ हिजो पनि, ठुल्दाइ पनि काम चोर भएछन, कन्फरेन्स धाउन भ्याउनी, चौतारी चाँही नभ्याउनी भन्ने नि हुन्छ त? तर हिजो जे होस् बबाल मज्जा भो! ल बुधवारे प्रणाम!!

perfectionist · Oct 21, 2009 8:39 AM

तारेमाम् पुरे अरु त कोही नि आछैन त - के भा हो गाउलेहरु त आउन छोडे त - के भइराछ बिजी भएर ब्यस्त भाको भनु भने कस्तो ब्यस्त हो एसो तारेमाम जदौ भन्न नभ्याउने ल आउनु पर्‍यो - अली बात मार्नु पर्‍यो

serial · Oct 21, 2009 9:32 AM

गूड् मर्निङ चौतारी , प्रणाम पुरे र बौचा यो धागो ले त ३०० काट्यो नी फेरी सान दाई ले केही गर्नु अगाडी नयाँ खोल्ने की ? ओह बौचा ल ल नयाँ धागो बनाउम बनाउम 

???? · Oct 21, 2009 9:42 AM

तेइ भन्छु म, के भाको? यसरी त चौतारी बिलाएर जान्छ बै, एस्सो कैले काही पढ्ने साथीहरुले पनि एस्सो कोरे हुन्थ्यो केरे, पुरै सुक्खा लाग्न थाली सक्यो, खडेरी लाग्यो...................... कोइ त बोल, यो लहरे र म मात्र के गफ गराइ भो र! तर पनि ल लहरे लाई प्रणाम, अनी के छ त नयाँ नौलो हिजोको बाहेक

perfectionist · Oct 21, 2009 9:43 AM

बैरे पाट प्रणाम गरें मैले पनि, नदेखिरा, सङ्-सङै परेछ। ऐले सान दाईले ३५० सम्म छुट देको छ क्यारे!

perfectionist · Oct 21, 2009 9:44 AM

तारेमाम् बैरे काम वाम तमाम भइसक्यो हो कि बाँकी छ - अहिले बिहान एउटा डेमो छ - त्यो भन्दा अगाडि नयाँ चौतारी बनाउन भ्याउदिमा म त्यस्पछी बनाए मात्र हो मैले - बैरे रे पुरे जसले बनाए नि हुन्छ ल नयाँ चौतारी - के हुने पुरे - नयाँ त्यही हो अरु केही छैन -

serial · Oct 21, 2009 9:58 AM

बनाउन आए पो बनाउने ल ल पुरे पाट नयाँ बनाउ त । के हुनु मेरो त उही हो एउटा बुढा दुइटी बुढी ------------- भन्या जस्तो छ । एउटा सेर्भर छ मुला एप्लिकेसन टिम चाँही अनेक सब को रेक्वेस्ट अर्दा गर्दा थाक्या छु , अहीले ईमेल को लडाइ चली रहा छ त्यहि रमिता हेर्दै छु

???? · Oct 21, 2009 10:22 AM

मलाई चाँही काँबाट आउनी हो नि, कसरी गर्नी भन म गर्दिन्छु, स्पेसिफिकेसन बिना त केइ नि गर्न आउन्न मलाई बैरे तिमी त्यो रमिता हेर्नु सत्ता कथा अघी बढाये हुन्न र भन्या, यौतो कुरो नि क्या

perfectionist · Oct 21, 2009 10:52 AM

तिमी हामी यसरी भेट भाको दिन सग्लो पानि हे माया धमिलो मन बाँझो खेत पाँच छड्के सलाम छ मायालाई पहिलो भेटमा ... चौतारीका समस्त दिदी बैनी दाजु भाई मा यो सोझो रिट्ठे को तर्फ बाट न्यानो अभिवादन ! लहरे, बैरे, पुरे एवम अरु सबैलाई झ्याप्प लार एक्कै चोटि जदौ ! अरु कुरा त्यस्तै हो मलाई चाँही एक कप मिठो चिया खान मन लाग्यो ! चिनी कम रंग कडा ! मेरी भातिजी कता छिन् खै आज? उनैले ल्याउथिन जे भन्यो तेइ !

ritthe · Oct 21, 2009 11:15 AM

यता हैन उता लागाउम, जिम्मालबाले अर्को बनाइ सके, बुधो एक मैना ला'र उकालो चढेको, थ्याच्च बस्या थाम मै चौतारी बनाइ दिये anywaz रित्थे लाई याही पनि प्रणाम

perfectionist · Oct 21, 2009 11:25 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion