what a shame???

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

महिला प्रहरी बलात्कृत जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत एक जना महिला प्रहरीलाई प्रहरी सहायक निरीक्षकसहितका सात जना प्रहरीहरूले सामूहिक बलात्कार गरेका छन्। चरेस मिसाइएको मासु खुवाएर बेहोस बनाई सामूहिक बलात्कार गरेको पीडित महिला प्रहरीले बताएकी छन्। पीडितका आफन्तहरूले दिएको जानकारीअनुसार दशैंको अघिल्लो दिन राति उनीमाथि जिल्ला प्रहरी कार्यालय अछामको सञ्चार विभागमा कार्यरत प्रहरी सहायक निरीक्षक दानसिंह भण्डारी, प्रहरी हवलदारद्वय करवीर थलाल र वीरेन्द्र बम, जवानहरू डम्बर पाल, जगदीश पाण्डे, नरिभान महतरा र वीरादत्त बडुले सामूहिक बलात्कार गरेका हुन्। नवमीको दिन सञ्चारमा कार्यरत प्रसनि भण्डारीले सञ्चार उपकरणहरूको पूजा गर्न बोलाएपछि आफू कार्यालय पुगेको पीडित महिला प्रहरी जवानले बताइन्। ‘सोही दिन बोका काटेकाले मासु बनाइएको थियो, मासुमा चरेस मिसाएर मलाई पनि खुवाएको पत्तै भएन’ -उनले भनिन्। मासु खाएपछि बेहोस भएको मौका छोपी आफूलाई बलात्कार गरेको गुनासो उनले गरिन्। सामूहिक बलात्कारपछि बेहोस भएकोमा मध्यराति होस खुलेपछि मंगलसेन बजारमा रहेका आफ्ना पतिलाई फोन गरेर ज्रि्रका बोलाएको शनिबार धनगढी पुगेकी उनले सञ्चारकर्मीहरूलाई बताइन्। दशैंको बेला प्रहरी नायब उपरीक्षक हीरालाल धमला घर गएकाले जिल्ला प्रहरीको कमान्ड प्रहरी निरीक्षकले सम्हालेका थिए। निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका व्यक्तिले आफ्नो उजुरी दर्ता नगरेको उनले बताइन्। जिल्ला प्रहरी कार्यालय अछाममा निवेदन दर्ता नगरिएपछि उनले असोज १४ गते क्षेत्रीय प्रहरी कार्यालय दिपायलमा निवेदन दर्ता गराएकी थिइन्। हाल उनलाई धनगढीमा रहेको डीआईजी निवासमा राखिएको छ। यता सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पार्वती थापाले घटनामा धेरै सत्यता रहेको बताइन्। उनले क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेम चन्दको नेतृत्वमा दुई जना महिला प्रहरी अधिकृतसमेत रहेको पाँच सदस्यीय छानबिन समिति गठन गरेर मंगलसेन पठाएको जानकारी दिइन्। बलात्कारको आरोप लागेका प्रहरी सहायक निरीक्षक भण्डारीसहित सबै प्रहरीले आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गरेका छन्। पीडित महिलाले आफ्नो श्रीमान् दाबी गरेका टेकेन्द्र शाह अछामका स्थानीय बासिन्दा भएको र उनी ती महिला प्रहरीको कोठामा राति भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। अछाम ज्रि्रकाका अनुसार शाह उनका श्रीमान् नभएर प्रेमी मात्रै हुन्। प्रहरी कार्यालयभित्र बाहिरको मान्छे ल्याएर मदिरामा लट्ठिएर सुतेको अवस्थामा उनी भेटिएपछि डयुटी चेकजाँचमा गएका प्रहरी अधिकृतसहितका कर्मचारीमाथि बलात्कारको आरोप लगाइएको जिल्ला प्रहरी कार्यालयको दाबी छ। http://www.newsofnepal.com/new... Last edited: 04-Oct-09 12:59 AM

saathtimro · Oct 4, 2009 12:32 AM · 6,826 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all