मृत्युको नजर ---> राम्रो नेपाली गीत !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Click the link मृत्युको नजर  तपाइलाई यो गीत कस्तो लग्यो? येसो ब्लगमा कमेन्ट गरिदिनु होला ल !! तपाइलाई मन पर्यो भने DOWNLOAD पनि गर्न सक्नुहुन्छ!! धन्यवाद  Last edited: 03-Oct-09 11:03 AM

geda_gudi · Oct 3, 2009 10:35 AM · 11,545 views

6 Replies

मृत्युको नजर मृत्यु को कारागर जीवन को अन्तिम कहानी प्रचन्ड छ यो कठोर मनुष्य को कमजोरि घतलाग्दो कान्ड को बोक्छ धार अपार षडयन्त्र को ध्वनी चिर्ने हामीलाई यसको मार आउछ अचानक जीवन लाई पार्न समाप्त जलेको शरीर को राम रमिता प्राप्त सास रोकिन्छ जब मृत्यु को बज्छ बाणि पूरा जीवन नष्ट भ्रष्ट बाकी मात्र खरानी चारै तिर देखिन्छ रे काल का चुचुराहरु अन्तिम सास पतन हुन्छ जीवनका जराहरु मरेको शरीर मा किन लाउछन चन्दन दिन्छन सबै सम्बोधन टुटिसक्यो सबै बन्धन आयो टप्प टिप्यो, चुडी लग्यो टारेर कहिले यो टर्दैन्थ्यो भन्दैन यो बालक बृद्ध, भन्दैन को जवान बलवान कमजोर गरीब चाहे होस धनवान पालो एउटा पछी अर्को मेरो तिम्रो अनि उसको रेट्ने छ जीवन सबको लाग्दैन केहि कसको गर जती बिन्तिभाव, चाहे जोड हजार हात दुष्ट पिचास काल को जात, दर्शन दिनेछन यमराज जान हुनु हो तयार सबैलाई भन्दै नमस्कार इष्टमित्र आफन्त साथी भाई परिवार दूर देश छितिज पारि, कुन लोक कहाँ हो जाने इश्वर को नासो उसैलाई सुम्पिदै जिन्दगानी मृत्युको नजर सँग छ मलाई त्यो डर कहिले यो शरीर मा आउछ छैन यसको भर कतिलाई फसायो यस्ले राखेर त्यो जाल हामी रोक्न सक्दैनौ जब आउछ त्यो काल कसरी छल्ने यो आउने कालो बादल डरले बझ्न थाल्यो मेरो मुटु मा किन पो मादल एक दिन आउछ मृत्यु ले हामीलाई जलाउन नआए सम्म हामी सबै हासो लाई फुलाउन मुटु जब बन्द हुन्छ शरीर सुत्छ परिवार साथी भाइ को आखा मा आसु बग्छ जन्मिदा जति खुशी मर्दा सबै किन दुखि काल आउछ अचानक किन लुकी लुकि कस्तो खेल्नै पर्ने यो मृत्यु सँग कस्तो खेल गर्न मिल्दैन बेल मरेपछी जीवन फेल जती सोचे झन हुन्छु म त्यती नै सोच्ने मरे पछी मात्र हुन्छु होला मृत्यु लाई बुझ्ने कष्ट हुन्छ रे सार्है, प्राण गर्नु पर्दा त्याग कल्पना गर त्यो घडी को गार्हो हुँदा फेर्न सास ढले को मुढा सरि मरेको हुने छ शरीर खुलेका आखा का दीप, बन्द हुने छन मुठ्ठि चेतना हुनेछ शुन्य जीवनको हुने छ अन्त्य चार काध हरियो बास भन्दै राम नाम सत्य अर्थी मा माला अबिर, आफन्त मान्नेछन पीर जलेर जान्छ खरानी माटो को शरीर तिम्रो मान सम्मान घमन्ड तिम्रो अभिमान रहनेछैन त्यो प्राण अस्तित्व नाम निशान पापी धर्तिमै छाड्नेछौ रुपैया पैसा धन माल फर्की हेर पछाडी पछाउदै छ तिमीलाई काल

madtech · Oct 3, 2009 11:05 AM

Niceeeeee Song... I like the part ''Kina bhanee jivannnnnn''

cosmo · Oct 3, 2009 1:22 PM

- http://www.cybersansar.com/mp3...

madtech · Oct 3, 2009 2:33 PM

http://www.cybersansar.com/mp3... you can download the mp3

madtech · Oct 3, 2009 2:34 PM

antyanta marmik sailee ma cha yo geet, hiphop geet bhayeta pani, malai chai chitta lagyo hai

aamnepali · Oct 3, 2009 3:41 PM

EXCLUSIVE DOWNLOAD:- "MRITYU KO NAZAR" Mp3  

madtech · Oct 4, 2009 2:06 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all