मेरी बिपनाले एकदिन सोधी मलाई उ प्यारी कि सपना ? कस्तो अजीब प्रश्न यो खोचमा परे म साच्चै मलाई को चै प्यारी सोचमा परे म बिपना, तिमी सँग वाक्क भएर जब सपनाको शरणमा जानुपर्दा तिम्रो तिक्तताबाट कतै टाढा सपनाको सागरमा डुबुल्की लगाउदा मैले धेरै पटक सोचे तिमी सँग भेट नभएकै जाती हुन्थ्यो होला तथापी तिमी मेरो सत्य हौ सपना मात्र कल्पना तिमी मेरो यथार्थ हौ सपना मात्र चाहना सपना, तिम्रो उचाइबाट अचानक बिपानको धरातलमा उत्रिनुपर्दा तिम्रो मिठो अनुभुतिबाट अलग्गिएर बिपानको तितो यथार्थ सहनुपर्दा मैले धेरै पटक सोचे तिमी सँग भेट नभएकै बेश हुन्थ्यो होला तथापि तिम्रो एकपल को अनुभुतिले कायाकल्प गरिदिन्छ थकित गलित मेरो शरिरमा जोश र जगार भरी दिन्छ बिपना, म तिमीसँग रमेर मिठो सपना देख्न चाहन्छु सपना, म तिमीलाई पच्छाएर मेरो बिपना सिँगार्न चाहन्छु मेरो लागि तिमी दुई एक अर्काको परिपुरक हौ ।।
pashupatidev · Oct 2, 2009 4:44 AM · 16,160 views
राम्रो छ !
ritthe · Oct 2, 2009 9:19 AM
Good one
subrath · Oct 2, 2009 12:43 PM
Padhda sahrai ramro lagyo. धेरै राम्रो छ !!!!
PeaceSoul · Oct 2, 2009 12:47 PM
धन्यवाद है मित्र हरु कबिता पदिदिनु भएको मा म त सिक्दै पो हो त , सल्लाह र सुझाब को अपेछ्या छ है । फेरी पनि मुरी मुरी धन्यवाद । ।
pashupatidev · Oct 4, 2009 11:43 PM
पशुपतिजी कबिता राम्रो छ।तपाईंको कबिता पढेर मलाई पनि केही कोर्न मन लाग्यो। केही बेस्ताताले गर्दा लामो समय सम्म कोर्न पाएको थिएन। बर्तली मा बसेर धुवाँ उडाउदै थिए भर गिलास सोमरस लिएर मनै सितल भयो बिपनाको धरातलमा बसेर बुनेका मेरा सुन्दर सपनाहरु छटपटी भयो दुई घुट्को लाएँ लामो सर्को ताने आमा म संसार जितेर फर्कने छु एक दिन अवस्य फर्केने छु यि भ्रस्ट नेताहरुलाई कुल्चिएर बिकासको मुल फुटाउन अबस्य फर्कने छु परदेश भुमिलाई चटक्क भुलेर म फर्कने छु आमा तेतिन्जेल धर्य गर्नुस्
lopchanlama · Dec 6, 2009 10:18 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion