लाम्काने खसी, अनि त्यो लिङ्गे पिङ्ग देवी को फोटो र केटा केटी लाई लुगा, घर जानलाई बस को भाडा अनि थाल भरी जमरा र टीका। येस्तै, येस्तै थुप्रै, थुप्रै उपहार हरु पाएँ यो दशैंमा, न लगाउन हुने न त खान हुने सबै केवल virtual gifts facebook मा। laptop मा webcam राखी लगाउने टिका बजाउन्दै मङ्गल धुन youtube मा, एक जना साथी त अझ झन् अगाडी रोपेछन् जमरा farmville को खेतमा। समय को गती सङ्गै बदलिएको होला यो virtual-dashain नयाँ युग को, तर सबैको सुस्वास्थ र प्रगति को लागि हाम्रो यो शुभकामना चाहिं real नै हो !!
rabin333 · Sep 29, 2009 8:42 PM · 24,672 views
Ramro chha, mero pani subhakamana dashain ra dipawali ko !!!!!!!
PeaceSoul · Sep 30, 2009 2:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion