.....एउटा प्रयास - ग़ज़लको धेरै रोएँ, ब्यर्थै रोएँ क्यारे ..... कहिले हर्षले रोएँ, कहिले बर्षाले रोएँ निकटताले पनि रोएँ, बिकटताले पनि रोएँ हाँसो बाड़ी वरी, दुख लुकाई लुकाई रोएँ आफ्नै जीवनको गाठोलाई, सुर्काई-सुर्काई रोएँ मुटुको घाऊलाई बल्झाई-बल्झाई रोएँ बिच बाटो मै अल्झिएको मायालाई, अल्झाई-अल्झाई रोएँ संगै हिडया साथी बेग्लै बाटो लाग्दा, हात हल्लाई-हल्लाई रोएँ तीता मीठा पलहरुलाई मुटुमा थन्काइ- थन्काइ रोएँ जसको नाऊ लेख्या थिएं हज्जारौ चोटी, त्येही नाऊ मेटाई-मेटाई रोएँ त्येही नाऊ मेटाई-मेटाई रोएँ ... Last edited: 25-Sep-09 01:52 AM
kalomanche · Sep 25, 2009 1:50 AM · 111 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion