घटना र परिस्थिती सत्यता मा आधारइत भए पनि कसै सँग मिल्न गए लागे पागे बुढा को दोष सेल फोन मधुरो आवाज ले बज्यो , यो त पक्कै कल त होइन भन्दै सेल फोन हेरे , मेसेज आको रहेछ , इन्बोक्स मा जादा मेसेज देखे " Lets work things out ...." एक त घाम ले पारा तती रहा थियो त्यस माथि उु सँग अझै रिश उठेए रहेको थियो । उसलाई म के कुरा मा रिसाउछु , कस्तो कुरा मलाई मन पर्दैन सब ज्ञान थियो त्यही पनि उु त्यही कुरा ले म सँग झगडा गर्न खोज्थी । माया गरी मन भित्र राखेको मान्छेले त्यो मन लाई दुखाउदा चित्त कस्को नदुख्ला र ? समय ले कसै लाई कुर्दैन भन्थ्यो र समय को गती पनि मोड्न सक्किन्न भन्थे तर म त्यो गती लाई मोडेर अतित तिर लाग्दै छु , कहाँ के बिग्रेछ भनी हेर्न खोज्दै छु । शायद दोषी मै नै हुँ कि ? नेपाल छोडेको नि बर्षौ भयो , नेपाली को छोरो परिवार प्यारो कस्को हुँदैन र त्यस माथि त म एक्लो छोरो बाउ आमा को काख छोडि हुइकिए म पनि अमेरिका तिर । बाउ आमा को सपना साकार गर्ने धोकोले अमेरिका आको आज जिन्दगी लाई तराजु को तौलो मा तोल्दै छु । अब उु सँग को भेट त मैले मेरो अर्कै कथा मा लेखी सकेको छु । त्यो अन्तिम दिन लाई डेढ बर्ष अघी लग्यौ भने आज को दिन आउछ , तर हाम्रो यो नयाँ यात्रा १ बर्ष अघी सुरु भएको हो, त्यही सुरु गरु होला ............... हाम्रो त्यो दिन को बिछोड पछी एक अर्का सँग कुरा सधैं जसो हुने गर्थ्यो , उु मलाई मन पराउथी र म उसलाई त्यो कुरा मा दुई मत हुन सक्दैन । हामी बिच केवल भौगोलिक दुरी थियो र त्यसै दुरी लाई मेटाउन हामी कोशीश गरी रहेका थियौ । उु न्यू योर्क मा थियो भने म अहिले काम को शिल्शिला मा डेन्भर मा सर्नु परेको थियो । मलाई न्यू योर्क को चहल पहल मन नपर्ने भएको कारण ले उस्लाई डेन्भर मै सर्ने कर गर्को थिए , तर उु मनेकी थिएन । सधैं झै काम पछी उसलाई फोन लगाए, म सधैं काम सकिने बित्तिकै उस्लाई फोन गर्थे , आफ्नो ६ बज्दा उसको ८ बज्थ्यो धन्न एउटै सेल फोन कम्पनी भएर आफु लाई ओवरेज नपर्ने फोन को अर्को तिर उसको सुमधुर आवाज ले मेरो सब थकान मेटिदिन्थ्यो । दिन भरी काम का कुरा हरु उसले नि बताए र मैले पनि । दिन भरी को रिपोर्ट पछी उही अब के गर्छौ , आज के खान्छौ आदी इत्यादि ..... उु - " अनी अब को कोमिङ वीक्न्ड त लोङ वीकेन्ड छ , तिमी मिल्छ भने बिहीवार नै निस्क त्यहाँ बाट , मैले शुक्रबार बिदा लिएको छु , हामी यो पाली Maine घुम्न जाउ । आईतवार फर्कौला अनी सोमबार त बिदा नै हो तिमी सोमबार बेलुका फर्क , हुन्छ ?" म प्राय लामो बिदा हुँदा न्यू योर्क जान्थे उस्लाई भेट्न तर अहिले सम्म उु भने यहाँ नआएकोले मैले उस्लाई यहाँ बोलाउने बिचार गरे - म - " सधैं म नै आएको छु , यो पाली तिमी आउन बरु यहाँ " उु - " तिमी लाई थाहा छ त मलाई न्यू योर्क, इष्ट कोस्ट छाड्नु मन छैन , किन तिमी फेरी मलाई त्यहाँ सार्ने निउ खोज्छौ " म - " ल यसो गरौ न , पहिला ठाउँ हेर अनी चित्त बुझेन भने बरु मै न्यू योर्क सरुला " मैले नि जोखिम लिएर भनी दिए । यो बाजी हात पर्छ भनेर होला उसले पनि हुन्छ भनिदियो । अब मलाई र डेन्भर लाई केवल उस्को प्रतिक्षा थियो । क्रमश :
???? · Sep 24, 2009 2:39 PM · 8,532 views
अब मलाई र डेन्भर लाई केवल उस्को प्रतिक्षा थियो । समय ले आफ्नो काचुली फेर्दै गयो । गर्मी महिना चडचढी पोल्ने मौसम लाई उत्तर दिशाको सितल हावा ले ढाकदै गयो , जब ति दुई को मिलन भयो डेन्भर मा बसन्त को जन्म भयो । शायद बस्न्त को आगमनन् गर्न होश वा मेरो प्रियसीको, बोट बिरुवा ले पनि नयाँ पौदा हरु फुलाएर रङ्गी बिरङ्गी भई सजिन थाल्यो । बाटो घाटो मा मान्छे , बच्चा देखी ब्रिध सब को चहल पहल बढ्न थाल्यो । सितल हावामा नयाँ पौधा र बाटोका छेउका रेस्तुरन्त र ठेला गाडा मा खाना किन बेच गर्ने हरु को खाना को बास्ना मिसिदा सुन मा सुगन्ध थपे झै भएको थियो । उु आउने दिन पनि आयो । उसलाई लिन म काम बाट छिट्टै निस्किए , म न्यू योर्क गएको भए उसले शुक्रबार छुट्टी लिन्छु भनेकी थीइ , अब उु यहाँ आउँदा आफु ले पनि सोहि गर्नु पर्ने भएको ले शुक्रबार को छुट्टी मागी सकेको थिए । एअरपोर्ट सम्म जादा , मौसम देख्दा रफी को गीत याद आयो - " बहारो फूल बर्षावो ....... " गीत सँगै मैले नयाँ षड्यन्त्र पनि कोर्दै थिए । उसलाई आफ्नो चक्रबिउ मा फसाउन सकी भने, उु न्यू योर्क छोडेर डेन्भर सर्ने निस्चित थियो । एअरपोर्ट को प्रतिक्षा कक्ष मा उसको प्रतिक्षा गर्दै थिए । उ आइपुगी , दिमाग एक्कासी बर्ष दिन अघी को याद मा भुल्न गयो । त्यो केल्विन क्लैन को बास्ना अझै पनि त्यस्तै छ । उु मुस्कुराउदै मेरो समक्ष आइ , एअरपोर्ट आउनु अघी , पसल छिरी केही रङ्गी चङ्गी गुलाबको बुके किनेको थिए त्यही पसारी , हात खोलेर आफ्नो अङ्गालो मा उस्लाई आमन्त्रण गरे । उसले मेरो आमन्त्रण स्विकार गरी आएर मेरो अङ्गालो मा बाधीई । हुन त मैले एक तिर दो सिकार गरेको थिए , बिचरा उसलाई मेरो कपटी मन को बारे के थाहा । उु कल्युग अभिमन्यु थियो, मेरो चक्रबिउ बनेको देख्ने बित्तिकै भागने सुर उसको थियो । तर मेरो कपटी सकुनी मनले गुलाब र अङ्गालो सँगै चक्रबिउकोद्वार खोलेर उसलाई फसाइ सकेको उसले थाहा पनि पाएन । अब मैले खुखार खेलाडी झै नाप तौल सित खेल खेल्नु पर्ने थियो । आफ्नो चक्रबिउ को द्वार उसले देख्न नपाउने गरी बलुउटेमा भसाउदै लानु पर्ने थियो । हामी त्यहाँ बाट निस्की मेरो डेरा तिर लाग्यौ , बाटो मा उही त्यो दिन को रिपोर्ट एक अर्का लाई बुझाईयो । मैले डेरा जाने बाटो सिधा बाटो पनि बदलीदिए, हाईवे बाट नलगी उसलाई भित्री बाटो बाट लगे , बाटा मा मानिस हरु चहल पहल थियो , घर हरु का बगैचा हरु रङ्गी बिरङ्गी फूल हरु ले सजिएको थियो । आँखा अगाडि हरियो डाँडा काडा हरु माकही राता, कही पहेला र कही अनेक रङ्ग हरु मिसिएको थियो । "Fall in Denver" डेन्भर विवाह मा सजेकी दुलही झै सजिएको थियो । त्यो रमणिय बातावरण मन नपर्न त मुटु बिना को मान्छे हुनु पर्छ । म - " कस्तो लाग्यो त डेन्भर " उु - "so far, so good, मलाई थाहा छ तिमीले के गर्न खोज्दै छौ , म तिम्रो जाल मा फस्ने वाला छैन " ... म तिर हेर्दै उु मुस्कुराइ रहेकी थिई म - "मैले केही गर्या छैन , अब म बस्ने ठाउँ , नै यती रमाइलो छ भने, त्यस मा मेरो के दोष ? " उु - "मैले तिमीलाई राम्ररी चिनेको छु , Either way you are coming to New York " मन मनै - Ohh I wish you really knew me झै लाग्यो , फेरी डाइलग दिए - " It doesn't matter where one is , what matters is who one is with ....." तरुनी दङ्ग !!!!! केही क्षण मै हामी मेरो डेरा तिर नि पुग्यौ । भित्र पस्दा उसको होष हरायो, कोठा मिलेको थियो । न्यू योर्क मा उसको कोठा मुसो को डुलो जत्रो थियो भने , यहाँ लिभिङ , डाइनिङ , र सुत्ने कोठा छुट्टै थियो , तर त्यो कुरा ले भन्दा मेरो कोठा चटक्क मिलेको देखेर होला उसको होष हराको । लिभिङ रूम बाट बाल्कोनी जाने ढोका खुल्लै थियो, क्षितिज मा रहेको डाँडा हरु, मेरो कोठा र आफु बिच पर्ने शहर का घर हरु लाई पन्छौदै चिहाउदै थियो । ठीक समयमा ठीक ठाउँ मा हुनु पर्छ भन्थे , कोठा भित्र छिर्ने समय र हावा को बेग बाल्कोनी बाट छिर्ने साहित् मिलेको रहेछ , ठ्याक्क हिन्दी फिल्म मा झै पर्दा हरु पनि हल्लिन थाले । उु - " Am I Dreaming ? तिम्रो कोठा यस्तो राम्रो त्यो माथि नि यस्तो मिलेको , पक्कै मलाई फकाउन " समान भित्र राख्दै - " होइन अली अली सफा मात्रै गरेको हुँ , अब एक्लो ज्यान कती नै फोहर हुन्छ र " उु - " हो , भेगस मा देख्या थिए तिमी कती सफा थियौ भनेर " - " समय सँगै मान्छेको पनि परिवर्तन हुन्छ " उु - " ल ल पत्ताए , धेरै डाइलग नहान , बरु म फ्रेश हुन्छु , तिमी पनि चेन्ज गर, एक छिन थकाइ मारु अनी बेलुका को लागि तयारी गरुला हुन्न ? " हुन्छ भन्दै , म कोठा तिर लागे , उु चाँही सुटकेस खोल्न लागि । म चेन्ज गरेर बाहिर कोठा मा निस्किदा उु बाथरूम मै थीइ , उसको समान फेरी कोठा तिर लगेर राखी दिए । मरी मरी कोठा सफा गर्या यती चाडो भताभुङ्ग हुन त दिनु भएन , ३-४ दिन त हो नि सफा राख्नु पर्ने त्यस पछी त आँफै राजा आँफै प्रजा बालै छैन । म किचन तिर गएर जुस , फल्फूल र केही कूकिस हरु तयार पार्न गए । बाल्कोनी मा सधैं चुरोट निभाउने खरानी दानी मात्रै हुन्थ्यो , तर उसले डेन्भर आउछु भने सि , गराज सले मा २ वोटा कुर्शी र एउटा सानो टेबुल पनि किनेर ल्याए । खाना त्यही राखी कुरे , उु बाथरूम बाट निस्की, मस्किदै - " इन्तेरेस्तिङ " भनेर छेउ मा बसी । - "एक छिन बस्दै गर है , म पनि हात मुख धोएर आउछु " भनी उठे , बाथरूम तिर लाग्द मनले -" कत्ती न सधैं गर्या झै " भन्यो मन ले बोलेको नि सुन्ला कि भनेर बाथरूम भित्र छिरी हाले । आफ्नै बाथरूम पराया झै लाग्यो । चुरोट को गन्ध , ऐना मा पानी को छिटा हुने बाथरूम आज बास्ना सुगन्धित थियो , सिशा मा पनि चमक थियो , रुमाल झुण्डाउने ठाउँमा , एउटा बाथ टोवेल , एउटा फेस टोवेल र अर्को ह्यान्ड टोवेल मिलेर राखीएको थियो , म्याट र मत्चिङ शावर कर्टेन थियो । बाथरूम सँग पनि गफ गरियो - " $१०० खर्च गर्या छु तरुनी लाई फसाउन सकेन भने सब रिफन्ड गरिदिन्छु " भनेर थर्काए । मुखा पानी पर्दा त मुख पनि झस्कियो होला लौ न नसुती बिहान भयो कि क्या हो भने हो !!! ऐना हेरे , र आफ्नो प्रतिबिम्भ लाई सम्झाए , " Play it Right " Thumbs up दिएर निस्किए बाहिर । उु मलाई कुह्री रहेकी थीइ , एक छिन बसी खाजा खायौ । बाहिर को रमणिय द्रिश्य सँगै हामी दुई रमाइ रहेका थियौ । क्रमश :
???? · Sep 24, 2009 2:41 PM
मुखा पानी पर्दा त मुख पनि झस्कियो होला लौ न नसुती बिहान भयो कि क्या हो भने हो !!! ऐना हेरे , र आफ्नो प्रतिबिम्भ लाई सम्झाए , " Play it Right " Thumbs up दिएर निस्किए बाहिर । उु मलाई कुह्री रहेकी थीइ , एक छिन बसी खाजा खायौ । बाहिर को रमणिय द्रिश्य सँगै हामी दुई रमाइ रहेका थियौ । उु - " कस्तो रमाइलो ठाउँ रहेछ है यहाँ त " म केवल उस्लाई हेरी मुस्कुराइ रहे , म त्यो द्रिश्य र मेरी प्रियसी को दाजो गरी रहेको थिए । हार जीत कस्को भयो त्यो ठम्म्याउन सकिन । - " Please मलाई त्यसरी नहेर , I Know what you are thinking । मलाई Time चाहिन्छ , I will seriously consider this ." - "मैले के नै भने र , म त तिमीलाई यो पल सँग दाजो गरी रहेको मात्रै थिए " उु - " अनी कुन राम्रो त ? " यथार्थ र सहि जवाफ मा फरक हुदो रहेछ , तर मलाई मेरो प्रश्न को सहि जवाफ थाहा थियो मैले न हिच्किचाई भनी - " तिमी " उसको जवाफ - " I Know " केही क्षण हामी त्यही बसी रहयौ , र बाहिर निस्किने तर खर गर्न आट्यौ । तयार भई राख्दा उसले मलाई सोधी - " आज यही खाने कि बाहिर ? " - "बाहिरै केही खाउ हुन्न र ? " मन मनै सोचे घर मा पकाउदा काट कुट गर्नु पर्यो , पकाउनु पर्यो , भाडा माज्नु पर्यो , हिजो रात भरी उु आउने भनेर सफा सुगर गर्न लाग्या थिए फेरी गर्नु पर्छ भनेर घरमा खाने कुरा उपयुक्त लागेन । उु आफ्नो आँखा मा गाजल लगाइ रहेकी थीइ , आँखा को पारीली मा आइ लाइनर कोर्दै थी , कहिले ब्लश ले गाला टक्टकाउथी भने कहिले कपाल सुम्सुमाउथी । - "के हेरी रहेको , give me 2 mins , जाउ बाहिर बसी राख " - "किन मैले तिमीलाई हेर्नु हुन्न ?" - " हुन्छ , तर तिमी लाई केटी को श्रिङ्गार पटार मा किन interst नि ?" म केही नबोली बाहिर गएर बसे । एकै छिन मा उु बाहिर निस्की - "How do I Look ?" उत्तर - " Beautiful " उु - " को जस्तै देख्या छु भन त " उत्तर - " रानी मुखर्जी " उु - "रानी मुखेर्जी कि ऐश्वर्य राय " उत्तर - " ऐश्वर्य राय " उु फेरी दङ्ग परी, भन्दै मा मेरो केही जाने होइन , उु दङ्ग पर्छ भने त Angelina Jolie नै भनी दिन्थे मेरो के बिग्रन्छ र ? हामी डेन्भर डाउन टोव्न घुम्न निस्कियौ , केही बेर यता उता घुमीयो , उसले पोज पोज मा फोटो खिची कत्ती पोज त आफु ले नि मारियो , बाट मा हिडि रहेका लाई खिचिदिन आग्रह पनि गरियो । केही बेर को हिडाइ र फोटो खिचाइ पछी खुट्टो ले सर्नै छाड्यो , खुट्टा ले हड्ताल सुरु गरी सकेको थियो भने पेट पालो कुर्दै थियो , लौ भएन खुट्टो लाई फकाउनु र पेट लाई युद्ध मा सामिल हुन दिनु अघी केही उपाय गर्नु पर्यो भनेर हामी एउटा डाईन आउट रेस्तुरन्त मा पस्यौ । आफ्नो अर्डर दिएर हामी , त्यो सितल साझ सँगै रमाइ रहेका थियौ । उु - " म नहुँदा अरु सँग पनि यस्तै गर्ने गरेको छौ कि क्या हो ?" हरे भगवान कुरा फेरी अतित तिर जाला भन्ने डर ले - "किन नचाहिने कुरा गरी रहा " भने उु - " तिमी सँग जिस्किन पनि हुन्न ? "कस्तो un-romantic मान्छे टाईम " - " त्यसो भन्या होइन , कहाँ अरु सँग आउनु नि हान्न पो खोज्या त " उु - " एउटा कुरा सोधु " मुन्ना भाई मा झै मत पुछो भनी दिउ क जस्तो ला थियो तर , मुखबाट - " हुन्छ " भनी उत्तर आयो उु - " तिमी प्राय जसो बाहिरै खान्छौ हो ? मैले केही नसोची - " कहिले काही " भनी दिए , फेरी सोधे - " किन ?" उु - " त्यतिकै सोधेको " - " तिमीले कहिले त्यतिकै सोध्दैनौ , किन भन त !" उु - " होइन खासै केही होइन , यसरी सधैं बाहिर खानु हुन्न , अहिले कमाइ छ त्यसइ ले सोच्दैनौ , तर savings को पनि बिचार गर्नु पर्छ । आफ्नो भविश्य को बारेमा पनि सोच्नु पर्छ , We are not kids anymore " मलाई उसको कुरा ले चित्त बुझ्यो , हुन पनि हो मैले अब भविश्य को बारेमा सोच्नु पर्ने त थियो , त्यही पनि उस्लाई जिस्काउन - " कमाए पछी खर्च पनि त गर्नु पर्यो नि , आखीर मरी लानु केही छैन " उु - " मैले त्यसो भन्या होइन , खर्च अवस्य गर्नु पर्छ , दु:ख ले कमाको पैसा मा मोज गर्न अर्कै मजा आउछ , आफ्नो पसिना को कमाइ भन्ने याद हुन्छ तर जीवन को कुन कुना मा झरी लुकेर बसेको छ त्यो थाहा हुन्न , त्यो पल नआए पनि त्यसको लागि जगेणा भने गर्नु पर्छ । फेरी भविश्य भोली तिमी एक्लो हुने छैनउ , आफ्नो जीवन साथी को पनि तिमीले खयाल गर्नु पर्छ , त्यसैले अहिले देखी saving गर्ने बानी पर्यो भने तिमी लाई पछी लाई सजिलो हुन्छ । Its not how much a Man makes, Its how much he saves ....." - "Save गर्ने तिमी छ्दैचाउ नि , मैले किन गर्नु पर्यो ?" उु - " अ तिम्रो पैसा मलाई चलाउन दिन्छौ होला नि " - " मेरो भन्नु नै तिम्रो हो, तिम्रो भन्नु नै मेरो हो , म सँग मेरो तेरो भन्ने कुरा नगर , मलाई मन पर्दैन " अली रिसाएर भने मैले त्यही बिच वेटरले खाना ल्यायो । खाना खाइ सके पछी , हामी बाहिर निस्क्यौ , म चुरोट सल्काउन लागे । - " आज नखाए हुन्न " - " अली कती मात्रै तान्छु " खाना खाए सि तान्नै पर्ने आफु लाई , उसलाई भने पटक्कै मन नपर्ने उु - " अघी को कुरा ले अझै रिसाइ रहेको छौ कि क्या हो ? " - "होइन किन रिसाउनु , तर आइन्दा प्लिज यस्तो तेरो मेरो कुरा चाँही नगर, मैले अघी नै भनी सके जे तिम्रो हो त्यो मेरो हो , जे मेरो हो त्यो तिम्रै हो " हान्न पाको डाइलग किन छोड्ने , दिए मैले नि एकै सास मा उु - " ल ल , अब देखी गर्दिन, बरु तिमी ले चाँही चुरोट खान कहिले छोड्ने हो ? अब त उमेर पुगी सक्यो अब त न स्टाईल न पोज किन तानी रहनु पर्यो ?" - " पहिला त तिमी लाई केही हुँदैन थियो अहिले चाँही किन एकासी के बिगारयो चुरोट ले तिम्रो ?" उु - " तिमी ले भन्या होइन जे तिम्रो त्यो मेरो , जे मेरो त्यो तिम्रो , तिम्रो श्वासथ बिगारएे राख्या छ त्यो चुरोटले , तिम्रो र मेरो बिच को हरेक पल चोरी चोरी पर लागि राख्या छ , तिम्रो चुरोट ले " उसले नि एकै सास मा भनी । आफु ले खन्या खाल्डो मा आँफै परीयो , हुन पनि हो अब त यो जिन्दगी मा उसको पनि अधिकार छ , आफु चाँही तेरो मेरो नभन भन्ने फेरी मलाई मन पर्छ भने तिम्रो टाउको किन दुख्ने त भन्नु भएन । - " छोडि दिउला , बिहे पछी " मैले नि भनी दिए त लौजा । उु - "बहाना त कत्ती आउछ हगी तिमीलाई " म केही बोलिन । हामी हिड्दै गाडी भएको ठाउँ तिर गयौ । कोठा पुगेर एक छिन टि.भी हेरी बस्यौ । - " ल अब सुत्ने तर्खर गर्ने होइन ? भोली बिहान एस्पेन तिर जाउला " - " हुन्छ " भनी उु पनि उठी र हामी सुत्ने तर्खर गर्न लाग्यौ .................... क्रमश :
???? · Sep 24, 2009 2:43 PM
- " हुन्छ " भनी उु पनि उठी र हामी सुत्ने तर्खर गर्न लाग्यौ .................... बिहान आँखा ७ बजे नै खुल्यो , आफ्नो नित्य कर्म सकाएर किचन मा गई, ब्रेक फास्ट तयार पारी उस्लाई उठाए , मेरो यो नयाँ रूप देखेर उु दङ्ग थियो , तर उस्लाई के थाहा उु मेरो जालो भित्र फस्दै गएको थियो भनेर । डेन्भर बाट एस्पेन कारीब ४ घण्टा को बाटो थियो । हामी निस्किदा कारीब ९ बज्न आटेको थियो । गाडी हाई वे मा छिर्ने बित्तिकै उु नुन खाको कुखुरा झै झोक्राउन थाली , मैले दुबै झ्याल खोली दिए , हावा को बेग र आवाज उस्लाई उठ्ने कर लाग्यो । उु - "एक छिन सुत्न देउ न १ घण्टा मात्रै अनी म फ्रेश हुन्छु के " - " कहाँ सुत्ने , यस्तो रमणिय मौसम छ, साथ मा तिमी अली Romantic हुन सिकन " आफ्नो बज्रले आँफै लाई प्रहार हान्दा कस्तो हुन्छ उसलाई महसुश भयो । उु मुस्कुरायो , मेरो हात लाई आफ्नो हात ले समाइ र मलाई फकाको झै फेरी मेरो काध लाई सिरानी बनाउन पुगी । - " please यस्तो bore नगर न , एक्लै चलाऊन एकदम गाह्रो हुन्छ क्या , जाबो ४ घण्टा को बाटो मा साथ दिन सक्दैनौ , जिन्दगी मा के साथ दिन्छौ ?" अब मैले उसको माया लाई लल्कारेको थिए , यो चुनौती मलाई भारी पर्ला जस्तो थियो , तर सोचे ४ घण्टा त मैले चलाऊनु पर्ने हो कसरी गाह्रो पर्ने मलाई , तर पनि डर भने लागि रहेको थियो , कती बेला यही डाइलग आफु लाई पेल्न आउँला भनेर । उु - " ल ल अब त उठ्नै पर्यो , यस्तो डाइलग हाने पछी, ल भन के कुरा गर्नु मन छ, Besides Move to Denver " म - " दु:ख सुखका कुरा गर , हामी दुई को कुरा गर । भाग्य ले तिमी लाई फेरी म सँग अगाडि को सिट मा राखी दियो, पहिले यही सिट मा बस्दा आसुँ झर्थ्यो अब यही बेसी भयो " पेले मैले पेल्न पाको बेला । उु - " Please , म केही रोको थिईन के , त्यती खेर म बच्चै थिए , ईमोसनले टेक ओभर गरेर मात्रै हो , नभए रुन्थे तिमी जस्तो निर्दही को लागि , तिमी ले नि काम पापड बेला थियौ । म सोझी भएको ले फसे नभए त ......" - " नभए के , मैले त केही गर्या थीईन , तिमी आँफै फस्या त हो नि । म त च्याङ्ग्रा को बिहे को लागि मात्रै गाको थिए । " उु - "म नि त्यसकै बिहे को लागि गाको थिए , तिमी ले नै के के गर्यौ .......... तर कस्तो अच्चम्म हगी I Never thought I Would be with you again " - " It was meant to be " उु - "तिमिले च्याङ्ग्रा र केरेन लाई नि बोलाको भए हुने नि, तिनी हरु लाई नभेट्या नि बर्ष दिन भयो " - "कवाफ मा हड्डी किन बेकारमा " उु - "त्यो पनि हो " हाँस्दै समय बित्दै गयो , बाटो सकिदै र साथ मा गर्ने कुरा हरु पनि , घडी हेर्दा ११ बजी सक्या रहेछ , भोक नि लाग्यो , खानेको बन्दो बस्त गर्नु पर्यो । - " केही खान को लागि रोक्नु पर्ला जस्तो छ " उु - " के खाने , Mc Donalds हरु त नखाउ , बरु लन्च कै ब्यब्स्था गर्ने हो कि ? " - " होइन लन्च त एस्पेन मै गर्नु पर्ला अहिले केही लाईट खाउ , हुन्न ?" उु -" हुन्छ " एक्सित लिएर गाडी Mc Donalds मै रोक्यौ , उु - " ल म अली फ्रेश हुनु पर्ला " उु रेस्टरूम तिर लागि , मैले फोन हेरे ११:२० सोचे अझै टाईम भाको छैन , अब एक घण्टा बाँकी छ । गोर्खे लाई चिकेन बाहेक अरु के नै पाईन्छ र Mc Donalds मा । चिकेन सन्द्विच मगाइयो , र फेरी बाटो नापियो । गाडी मा गफ गाफ त्यती खासै केही भएन , सि.डि सुनियो, हिन्दी फिल्म मा राजेश खन्ना ले झै अली अली आफु ले नि गाइयो । सि.डि आधुनिक र पुराना हरु गीत हरु संकलन थियो , "पिया बसन्ती रे " घन्क्यो , आफु उस्ताद नभएनी सुल्तान खान को लय मा लय मिलाएर गाउँन थाले , उु पनि के कम ? चित्रा नै हुँ झै गरे , म हाँस्दै गाउँन लागे । गीत को घन्काइ मधुरो भयो , उु - " किन हास्या मेरो स्वोर सुनेर ?" - "होइन (साचो बोल्न डर लाग्यो ), तिमीले मेरो साथ दिएकोले हास्या नि " उु - " अनी मेरो स्वोर कस्तो छ त " हरे भगवान आफ्नो स्वोर कहिले सुन्या थिन कि के हो , मलाई बिच मा किन पार्ने , हरेक चोटि झूठो बोल्दा , यामुण्ड ले चित्र गुप्ता लाई हेरेर - "यस्को नाम मा २ किलो इट्टा अझै थप " भनेको सुन्छु । त्यो मह जोडी को टेलिफिल्म झै "प्रभु मुख सानो छ छिर्दैन" भन्दा नि "ए त्यसो भए दात फोड्दे अनी पस्छ" भन्ला कि भन्ने डर आफ्नो नाम २-३ ट्रक इट्टा त जम्मा भई सक्या थियो । अब अर्को जुग होला कि नहोला, यो जुगाँ त त्यस्को फल नभुग्त्ने बिचार ले - " ठ्याक्क चित्रा " भनेर जसाव्फ दिए । तरुनी नि दङ्ग आफु ले अरु थप केही भन्नु नपर्ने , के को टिकी ट्यास ट्यास । एस्पेन आउन केवल १ घण्टा बाँकी थियो , खल्टी मा फोन भाईब्रेट भएको महसुश भयो । मेरो कुराही सकिएको थियो । फोन निकालेर कतै फोन गर्न लागेको झै गरे , टेक्स्ट मेसेज थियो - " २:०० " उु -" का फोन गर्न आट्या " - " एस्पेन मा रूम बुक गर्या थिए , त्यही कोन्फिर्म गरु कि भनेर " मैले कुरा घुमाए उु - "नेट बाट बुक गर्या रूम लाई नि किन कोन्फिर्म गर्नु पर्यो ? कस्तो पाखे तिमी " मैले उस्को पाखे भन्ने भनाइ लाई घुरेर हेरे ... उु " त्यस्तो भन्न खोज्या होइन, जिस्क्या मात्रै " - " यही पाखे नभै भाको थिएन पहिले , अहिले मै बेसी भए " उु - " तिमी त कस्तो un-interesting character , अली sense of humor किनेर राख " - " अब त त्यही त हो नि " उु - " ल ल भयो , सक्दिन तिमी सँग झगडा गर्न , म चाँही उु भनेर यहाँ सम्म आए , उु भने चाँही खाली ठुस्स को ठुस्स , बरु आज को के प्लान छ भन न, एस्पेन मा अझै हीउँ हुन्छ , मलाई स्कीङ गर्न कस्तो मन छ " - "हुन्छ , पहिले मोटेल मा चेक इन गरु अनी स्कीङ जाउला " उु - " तिमी लाई स्की आउछ " - "हल्का फुल्का " उु - " I'm so excited " हाम्रो अगी एस्पेन का द्रिश्य हरु सुरु भई सकेको थियो , हावा मा पनि बद्लावत भई सकेको थियो , चिसो हावाले मन मस्तिस्क नै बिउझाएको थियो । गाडी को सिशा खोलेर त्यो हावा को महसुश लिदै थियौ । एस्पेन शहर भित्र प्रबेश गरियो , घडी हेर्दा १:५२ भएको थियो , गाडी आफ्नो लक्ष बाट अली घुमाए । उु - "किन यहाँ घुमाको " म - " यहाँ को इन्फर्मेसन सेन्टर मा हामी स्की गर्न जाने ठाउँ को पास छ रे , त्यही लिन " गाडी पार्क गर्दा २:०० बज्न आटी सकेको थियो । म - "तिमी पनि जान्छौ कि यही बस्छौ ? " उु - "कती टाईम लाग्छ " - "१० मिनट जती " उु - " ल ल चाडो आउ , म यही बस्छु " केही बेर पछी म आए , उु शायद गीत सुनेर मग्न भई रहेको हुनु पर्छ , मैले उु झसँङ भएको देखे , शायद उस्ले मेरो आपेक्षा गरेको थियो तर उसको नजर मा म होइन अरु कोही थियो । उु थर्ररर काप्दै थियो , उसका आँखा रसाएको थियो । क्रमश :
???? · Sep 24, 2009 2:44 PM
प्रभु हरु सान दाई ले यो सर्वर उप्ग्रेड गर्ने क्रम मा मेरो नाउ नै ढुस गरिदिनु भयो बल्ल कोम्पुटर मा खोजी भेटे ..... ढिलाई को लागि माफ पाउँ
???? · Sep 24, 2009 2:47 PM
केही बेर पछी म आए , उु शायद गीत सुनेर मग्न भई रहेको हुनु पर्छ , मैले उु झसँङ भएको देखे , शायद उस्ले मेरो आपेक्षा गरेको थियो तर उसको नजर मा म होइन अरु कोही थियो । उु थर्ररर काप्दै थियो , उसका आँखा रसाएको थियो । उसले हत्त न पत्त गाडी को ढोका खोलेर च्याङ्ग्रा लाई अंगालो हाली र पछी केरेन लाई - उु - " What a Surprise !!!!!!!!!!!!!!!!!!!! " च्याङ्ग्रा - " के छ तेरो खबर , मलेवा जोडी हाम्रो बाल नै छैन " उु - " कहाँ त्यस्तो हुनु , म त तिमी हरु बिजी भन ठान्या नि " म - च्याङ्ग्रा लाई हेर्दै " खै अघी सम्म, तलाई कवाफ मा हड्डी भनी रहा थि " उु - मलाई घुरेर हेरेर - " आमा ..... केही नहोश अझै आफु ले भन्या कुरा मलाई भन्ने " ( तरुनीको "आमा" ........ भन्ने बानी घातक हुने के गर्नु ) केरेन - " You guys want to stay here all day , or shall we get moving " च्याङ्ग्रा र केरेन को समान गाडीमा राखेर हामी निस्किन तयार भयौ । च्याङ्ग्रा - " बाटो भरी अगाडि बस्या थिस् , जा अब पछाडि बस " एक बर्ष ढाड नपड्क्या आवाज फेरी सुनियो । च्याङ्ग्रा - "सल्काउने हो " - "नाइ त भन्नै जान्या छैन " एस्पेन को त्यो चिसो हावा लाई केही डिग्री ले तताइयो अनी आफ्नो लक्ष तिर लागियो । रिया केरेन सँग कुरा गर्दै - " Oh my God , tomorrow is your Anniversary ! How has this idot treated you " केरेन - " You Know all Guys are the same, after they get married, they all lose interest " च्याङ्ग्रा - " Hey Baby , that is not what you have been saying for the past year " , च्याङ्ग्रा ले आँखा झिम्कायो , केरेन लजाइ । रिया - " So you guys had this trip planned before ?" केरेन - " I guess these two made the plans, I did not know until the last moment " च्याङ्ग्रा - " त यहाँ आउने थाहा भयो अनी लौ एनिभर्सरी हीउँ मा मनाइ दिउ न , जाडो ले अनेक काम गर्छ भनेर नि " हाँस्दै रिया - " बिहे भई सकेर नि कस्तो छिल्लिन सक्या , तलाई त्यतिकै मान्छे ले बोका भन्छ " च्याङ्ग्रा - " लौ मैले के नै भने र ? " म तिर हेर्दै - "बैरे, मैले केही भने त त्यस्तो " म उनी हरु को कुरा सुनी हासी रहेको थिए - " मलाई किन बिच मा पार्छस तिमी हरु को कुरा मा ....... No Comment " केही बेर मै हामी होटेल पुग्यौ , चेक इन गरेर आ-आफ्नो कोठा मा लाग्यौ । ३० मिनट पछी निस्किने खाली फ्रेश हुने अनी स्की गर्न जाने निधो भयो । फ्रेश भएर हामी लबी मा भेटी लन्च खान तिर लाग्यौ । केरेन - " So Whats the plan for the day and the week " केरेन को एउटा नासो म सँग थियो , फर्काउने बिचार गरे - " Plans for the week , let time take its toll , as for the day we'll go skiing " केरेन - " For some reason, I knew it would come back to hunt me, You guys are alike, even he does the same thing , whenever I say something to him, I know he is going to use it against me in the near future " - " He learnt from the best " खाना खाएर हामी स्की रेन्टअल तिर लाग्यौ । खासै स्की त कसै लाई आउँदैन थियो त्यही पनि लडी बुडी गरियो एकै छिन । म र च्याङ्ग्रा केटा भाको देखाउन अली चाडो चाडो अगी बढ्दै थियौ , केरेन र रिया पछी पछी आउँदै थिए । दुरी अली धेरै भएको लागेर हामी उनी हरु लाई कुर्न बस्यौ । उनी हरु हामी भए ठाउँ मा आए । रिया - " Are you guys here by yourself on vacation ?" केरेन च्याङ्ग्रा लाई हेर्दै - " Baby I fell and hurt my hands " च्याङ्ग्रा केरेन को हात मा चुम्दै - " Hope this feels better " केरेन - " It Does " (तरुनीहरु को नाटक नै अनेक , फकाउन कती नाटक गर्नु पर्ने ) रिया च्याङ्ग्रा लाई हेरेर हाँस्दै - " When she feel she hurt her @$$ too , why don't you kiss it as well " हामी सब हास्यौ , च्याङ्ग्रा ले रिया लाई लखेट्न थाल्यो , छुट्टाउने मा म रे केरेन परे । स्की गरेर थाकेका थियौ , खुट्टा दुखेर थाम्नै गाह्रो भयो , लडेर घुडा र पछाडि नि निलो भई सक्या झै लाग्यो । हामी स्की फिर्ता गरी क्याफे तिर लाग्यौ । क्याफे मा हल्का फुल्का नास्ता अर्डर गर्यौ , च्याङ्ग्रा बाथरूम गएर फर्कियो , उु हात ले आफ्नो पछिल्लो तिर सुम्सुमाउदै थियो । आ गर्दा अलन्कार बुझे झै , उसको आउने वाक्य मैले बुझे को थिए , नभनोश जस्तो लाग्या थियो , बोली हाल्यो - "लड्दा लड्दा , दुई टुक्रै भए छ " केटी मान्छे कस्तो सोझो हुदो रहेछ , केरेन र रिया दुबै ले - "व्हाट" भनी सोधे , च्यङ्ग्राले लाजै पचाएर के टुक्रेको भनी दियो । तरुनी हरु को मुख हेर्न लायक को थियो । आफ्नो वाक्य सकिए पछी म तिर हात उठाउदै हाइ फाइभ दिन खोज्यो , कसरी नकारु आफ्नै साथी लाई , मैले नि उठाइदिए के नै जान्छ र । " तिमी किन दङ्ग ?" रिया को प्रश्न उत्तर - " नो कमेन्ट " कमेन्ट गरेर नि किन आफ्नै खेदो खन्नु , बरु नो कमेन्ट भने कम से कम, उसको प्रहार बाट त बचिन्थ्यो । एक छिन त्यही बसेर , कफी पिउदै , द्रिश्य सँगै मान्छे हरु स्की गरेको हेर्यौ , को लड्छ को लड्दैन भन्दै बाजी नि खेलियो , समय बितेको पत्तो नै भएन । सुर्य को प्रकाश लाई निलुला झै गरेर सन्ध्या छाउन थाल्यो , हामी पनि होटेल गएर बेलुकी को तयारी गर्न लाग्यौ । क्रमश :
???? · Sep 24, 2009 3:06 PM
लामो अन्तराल पछी बैरे को सफल जिन्दगी पढेर फेरी एक पटक मुसु मुसु हासे ! रमाइलो छ ब्रो ! अब चाँही साझा बिग्रिदैन होल, छिटो छिटो हात चलाऊ है !
ritthe · Sep 24, 2009 3:28 PM
माकुरी, बबाल, हा हा हा हा हा हा हा हा हा हा, ब्'बाल प्रभो, माने मैले माने, ग्रु, च्याङ्ग्रा र केरेन आउँलान भन्ने त सपनामा पनि सोचेको थेन, dat indeed was a pleasant surprise. खै कती खुशी लाग्यो भनेर भनी साध्य छैन, लौ प्रभो खै के गरौँ, खुशीको सीमै रहेन बाSSSSSS
perfectionist · Sep 24, 2009 3:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion