lau na dashain manaunu paryo

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

लौ न साथी हो, दशै मनाउनु पर्‍यो भन्य।।। तास्, खसि, साथी हरु, सबै को arrangement गरियो।। तर अब खसि को मासु सँग जाड पनि खानु पर्‍यो भनेर छ्याङ् बनाउने recipe खोजेको कुरै मिलेन।।।।सबैले ले भात पकायेर मर्चा लगाउनु भन्छन तर कुरा बूझन गाह्रो भो भन्या।।। अली detail ma कसैलाइ थाहा छ भने येसो दुई चार् शब्द लेखिदिनु पार्यो।।।। छ्याङ को recipe detail मा लेखिदिनुहोस् न क्रिपया।।। धन्यवाद  

grokhali · Sep 22, 2009 1:10 PM · 12,108 views

2 Replies

You remind me .."LOTA story"...when time to go..looking for lota... Well, Dashain is here....enjoy with Bud and share your happiness..thats all it matters....

Gay Goat · Sep 22, 2009 2:44 PM

गोर्खाली बन्धु! छ्याङ बनाऊन त अलि गाह्रो र समय पनि लाग्छ बरु छ्याङ खोज्ने किन्ने र पिउने तरिकाहरु यस प्रकार छन्। छ्याङ के हो?- अन्न (विशेषगरि भात तथा कोदो) बाट बनाईन्छ र जस्ताको तस्तै अर्थात मजाले नछानिकन छोक्रासहितको सेतो झोल निकालिन्छ। जापानमा धेरै पहिलेदेखि नै छ्याङकै एक रुप साकीको चलन चलिआएको छ। भातको साकि जुन फिल्टर गरिएको हुँदैन वास्तवमा छ्याङ जस्तै हुन्छ (देख्नमा, सुँघ्नमा तथा स्वादमा पनि)। तपाइँ कत्तिको ठूलो शहरमा हुनुहुन्छ थाहा छैन तर कुनै एशियन पसलमा जानुहोस र मदीराको सेक्सन तिर unfiltered sake खोज्नुहोस। nigori ब्रान्डको धेरैजसो ठाउँमा देखेको छु मैले। चिन्नको लागि, यो प्राय: बोतलमा पाइन्छ र तपाइँले बोतलको पिँधमा सेतो पदार्थ थिग्रिएको देख्न सक्नुहुन्छ। भेट्नुभएन भने पसलेलाई unfiltered sake छ छैन सोधेर किन्नुहोला र घर ल्याऊनुहोला। खालि दूधको ग्यालनलाई सफा गर्नुहोस, साकि त्यसमा खन्याऊनुहोस र एउटा मकै छोडाएर बिर्को बनाऊनुहोस। अब तपाइँको खोयाबिर्के छ्याङ तयार भयो। मज्जाले दशैँमा मासु संग खानुहोस!

Birkhe_Maila · Sep 22, 2009 5:24 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all