शुभकामना !!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

शुभकामना !!!! हे काली, हे भद्रकाली हे दक्षिणकाली , हे महाकाली जाग उठ चीर निद्रा पुग्यो अब चुपचाप स्थिर मुद्रा पुग्यो अब धेरै नेपाली को काख रित्तियो धेरै आफ्नाको साख लुटियो । धेरै भो,  शुम्भ निसुम्भहरुको जगजगी धेरै भो,  हत्या हिंसा र आगलगी पापिहरुको अन्त्य हुनै पर्छ, अधर्मिहरुको नाश गर्नै पर्छ। सदियौं देखि पुजेका हौं हामीले आस्थामा मुटु भित्र खोपेका हौ हामीले । हाम्रो विश्वाश माथि खेलवाड नगर्नु काली ssssssssssssss हाम्रो धैर्यमाथि परख नगर्नु महाकाली ssssssssssssssssssss घरघरबाट् अर्को दुर्गा हतियार लिएर पाया:* निस्कन नपरोस गाउंगाउंबाट अर्को भगवति दागबत्ती लिएर निस्कन नपरोस ।  यसपाली दसैं रक्तपिपासुहरुको अन्त्यष्ठीमा यस्पालिको दसैं  डरत्रास अनी धम्की उन्मुक्तिमा   आफन्तजन सँग दसैं मनाउन सकौं देशलाई फेरी देश जस्तै बनाउन सकौं । शुभ बिजया को हार्दिक मंगलमय शुभकामना । (*पाया:= दशमीको दिन नेवार समुदाय बिशेषमा दैत्यहरुको अन्त्यको लागि खड्ग यात्रा निसक्ने परम्परा )

rahulvai · Sep 21, 2009 10:22 AM · 17,325 views

6 Replies

गजब कबिता ठुल्दाइ !   महंगी नआकाशियोस ! परम्परा संस्क्रिती नमासियोस  ! सबै नेपालीमा सुमधुर सम्बन्ध गासियोस ! बडा दशैको सबैमा शुभकामना !  

ritthe · Sep 21, 2009 10:29 AM

निकै राम्रो कबिता ठुल्दाइ बडा दशै को हार्दिक मंगलमय शुभकामना

serial · Sep 21, 2009 11:18 AM

गज्जब छ कबिता राहुलदाइ, बडा दशैको सभै नेपालीहरुलाई शुभकामना !!!

Phatte · Sep 21, 2009 1:27 PM

रिट्ठे, लहरे अनी फत्ते लाई मन पराइ दिनु भएको मा धन्यवाद दिदै पुन: एक पटक शुभकामना।

rahulvai · Sep 22, 2009 10:06 AM

ठुल्दाइ को कबिता ले नि कत्ती लाई पोल्यो होला हे हे हे हे हे । त्यही अप्नी कबिता कही घच्ची छ ठुल्दाइ । दशै को यस्तो दरो छ भने तिहार को त झन के हुने होला ??   बैर्या परिवार बाट नि सब साझा का इस्ट मित्र हरु लाई विजय दशमी को मंगलमय शुभकामना

???? · Sep 22, 2009 10:09 AM

Mero pani sabailai dashain ko shuvakamana

Krs_84 · Sep 22, 2009 11:23 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all