This question was asked in yesterday's sajha sawal in BBC.....(the excerpt from nagariknews) watch from 2 minutes and 51 seconds from the following link http://www.canadanepal.net/meg... तेस्रो खण्डको सुरुमै कार्यक्रम प्रस्तोता नारायण श्रेष्ठले एक जना बालिकाको प्रश्न लिए। नारायणकाजी श्रेष्ठ त्यसको जबाफ दिँदै थिए। ओभी भ्यानमा बसेका प्राविधिकले ‘अडियो लेभल' कम भएको भन्दै आवाज चर्को बनाउन लागे। रेकर्डिङ् हलमा पनि सन्नाटा जस्तै व्याप्त भयो। दुई मिनेट पहिलेउम्लिएको नागरिक सर्वोच्चताको बहस सेलायो। सबै भावुक भए। केहीका आँखा रसाए। सामान्यतया चर्को स्वरमा बोल्न रुचाउने नारायणकाजी श्रेष्ठ मलिन हुँदैथिए। कारण थियो ती बालिकाको प्रश्न। उनले भनेकी थिइन् - मेरो नाम समिधा शाह, ठेगाना राम शिखर झाला रतीपुर कैलाली, प्रश्न माओवादी नेता नारायणकाजी श्रेष्ठलाई। मेरो बुवा कांग्रेसप्रति आस्थावान भएकै कारण माओवादीबाट काटिनु पर्यो। तपाँईको पार्टीले मेरो बुवाजस्ता हजाराँै निर्दोष नागरिकको हत्या गरेको थियो। तपाँईको पार्टी सरकारमा गएपछि आफ्फ्फ्ना पार्टीका मरेका कार्यकर्तालाई सहिद घोषणा गर्नुभयो र सहयोग पनि दिनु भयो। तर हामी निर्दोष बालबालिकाले आफ्ना अभिभावक गुमाइसकेपछि कसरी आफ्नो जीवन अगाडि बढाउने? यस विषयमा तपाईलाई कत्ति पनि आत्मग्लानि हुँदैन? कार्यक्रम सकिएपछि समिधासँग फेरि भेट भयो। उनी हिजोआज काठमाडौं नै बस्दिरहिछिन् आफ्ना दाजुदिदीसँग। उनको प्रश्नको सिधा जबाफ नआएकोमा उनी निराश थिइन्। २०५९ साल भदौ १९ गते उनका बाबाको हत्या भएको थियो। घटनाको केही दिन पहिले बुबाले उनीहरूलाई काठमाडौंबाट धनगढी लगेका थिए। समिधा त्यस बेला पाँच वर्षकी थिइन्। उनलाई सम्झना छ, त्यस रात घर नजिकैको केरा घारीमा कोही आएको थाहा पाएपछि कुकुर बेसरी भुकेको थियो। घरको ढोका खुलै थियो। एकैछिनमा तीनजना घरभित्र छिरे। एकजनाले आमालाई घाँटीमा खुकुरी तेर्स्याए, एक जनाले बाबालाई टाउकोमा हिर्कायो र अर्कोले उनीहरूलाई घरको चोटामा थुन्यो। त्यसपछि उनीहरूले बाबालाई घिसारेर बाहिर निकाले। घर नजिकै पानीको धारा छ। त्यहीं पुर्याएर बाबाको घाँटी छिनाए। बावाको टाउको नभएको रगतपच्छे शरीर धारा नजिकै छोडेर ती मानिसहरू गए। टाउको उनीहरूले नै लगे। भोलिपल्ट त्यो टाउको गाउँ नजिकै सडकमा बाँसको लिंगोमा झुण्ड्याइएको थियो। साझा सबालको त्यस अंकको रेकर्डिङ सकिएपछि हामी उत्पादन टोलीका सदस्य पनि आपसमा नै प्रश्न गर्दै थियौँ - राजनीतिक खिचातानीमा रुमल्लिएका हाम्रा नेताले जनताका प्रश्नको सिधा जबाफ कहिले देलान्? द्वन्द्वको घाउ निको नभए त्यस्ता बालबालिकाको मनमस्तिष्कमा पर्ने नकारात्मक प्रभावका कारण फेरि देशले द्वन्द्व बेहोर्न पनि पर्न सक्छ। ती अबोध बालिकालाई आफ्ना बुबाको हत्याले लागेको त्यो चोट निको पार्ने सामर्थ्य हाम्रा नेताहरूमा छ कि छैन? Last edited: 21-Sep-09 05:06 AM Last edited: 21-Sep-09 05:06 AM
no_quiero · Sep 21, 2009 5:00 AM · 13,468 views
" Maobadi lai sahid ghosana garnu bha hamilai k ni ? " bhanda uttar aaena. http://www.canadanepal.net/meg... Watch it from 2 minutes 51 second
no_quiero · Sep 21, 2009 5:13 AM
Question sodhne haru pani sabbai fataha haru ( except little girl ) answer dine pani fataha. wahiyat, thulthula kura, kaam bhane zero
dav · Sep 21, 2009 9:39 AM
Sala kutta,,,sidha jawaf dina nasakne manche ke khana ayeko program ma. Prasna euta jawaf euta.
prem chopda · Sep 21, 2009 11:29 AM
Nepal ko Behaal....
Ved555 · Sep 21, 2009 9:14 PM
is it me or these so called leaders of Nepal sound the same! i mean they speak in similar fashion and exhibit similar boy posture and language...dikka lagcha.
snowfed_river · Sep 21, 2009 9:28 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion