Taaremaam, puraano chautaari chalena. Nepali font ni aaudaina. Samkraman kaal maa yasai laai chautaari banaaune ki ??
rahulvai · Sep 16, 2009 8:30 AM · 32,497 views
लोल खुशी ! म त खुशी लाई आज को सँग रिस उठेर सराप्न थालेछ भन्ठान्या !
ritthe · Sep 18, 2009 11:12 AM
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। तारेमाम खुशी, मलाई नि यस्तै मेल ( अझ फिमेल ) आए खुशी नै हुन्थें। जिन्दगीमा सबैले राम्रो होस् भनी शुभकामना दिएको दियै छ, तर न शुभ भो न कामना नै । अब उल्टो दिंदा सुल्टो हुन्छ कि। ट्राइ गर्दा के बिग्रिन्छ कसो? मखुला ??
rahulvai · Sep 18, 2009 12:51 PM
दोश्रो राउन्डको जदौ तथा तारेमाम ! तेइ त ठुल्दाइ खै प्रत्येक् दशै र नयाँ बर्षमा शुभकामना को ताँती लाग्छ तर खै न कैले शुभ आउछिन न कामना नै !
ritthe · Sep 18, 2009 1:01 PM
testing testing.. namaste testing. म का त कामना अस्तिन आएकी थी, चिया खाएर गइ। शुभ चाहि आउछु रे अर्को दशैमा, टिका लाउनलाइ।
crazy_love · Sep 18, 2009 1:22 PM
तारेमाम क्रेजी परमात्मा। कस्ती झेल्ली त कामना बाइ। म कहाँ आउँछु भन्दै थिइ , क्रेजिको मा गैछ । शुभ को त झन के कुरा भो, रिट्ठे लाई कुराएको पनि बर्ष दिन भै सक्यो।
rahulvai · Sep 18, 2009 1:32 PM
म का त परार नै आउछु भनेकी थिई अझै आकी छैन निस्ठुरी ! नमस्ते क्रेजी परमात्मा ! तारेमाम ठुल्दाइ असल आत्मा !
ritthe · Sep 18, 2009 2:42 PM
यता हेर सानीनानी केही भन्छु सुन भर परौली सानी नानी केही भन्छु सुन तिम्रो पोइलाई स्यालले लाग्यो स्यालको पुच्छर तान म त भागें खोला पारी डाँडा चौतारी शुक्रबारे जदौ सबै कामचोरहरुलाई। कति दिन पछि बल्ल साझा खोल्न सकियो। सबैलाई दसैंको शुभकामना छ। दुर्गे भवानीले वाइस्याल, दुष्ट राष्ट्र भारत तथा सुङुरे भाईरसबाट सबैलाई बचाउन्। खुशी, कबिता गजब गयो। ठुल्दाइ, बाउचाको र रामचाको पसल अनि तपाईंको जग्गा भएको ठाउँ अनि टोलको ठेगानाहरु थुतुने किताब मार्फत पठाइदिनु होला। भ्याए देखि आजै नभए नेपालबाट बेला बेलामा चिहाउने नै छु।
chipledhunga · Sep 18, 2009 2:42 PM
ओहो चिप्ले सर ! हाम्रो नि सुउकामना छ है ! कैले हो नेपाल हुइकिने? आजै भोली हो क्यारे ! हर्के सँग बाटो मा जम्का भेट होला नि ! लौ शुभ यात्रा !
ritthe · Sep 18, 2009 2:45 PM
ओहो चिप्ले मार्ट्साब तारेमाम् नेपाल जान ला रहेछ शुभ यात्रा अनी शुभ कामना दसैं र तिहार को टन्न घिच्नु मोटाएर आउनु अरु त त्यही हो - -
serial · Sep 18, 2009 3:14 PM
chalyooooooooooooooooooooooooooo chalyoooooooooooooooooooooooooooooooooooooo yahooooooooooooooooooooooooo प्रणाम, सबैलाइ! केलीको केइ खबर? कसैलाइ केइ थाहा छ कि नाइ???
perfectionist · Sep 18, 2009 5:25 PM
sabai chautariko sathiharulai dashainko subha kamana
uptowngal · Sep 20, 2009 8:33 AM
तारेमाम गाम्लेहरु ! मालश्रीमय जदौ । दसैं लाग्यो भन्दै मा चौतारी मा ढिला आउनु को रहस्य ?? लौ केटाकेटिहरु हो , पिङ हाल्नु पर्यो। चौतारी पनि दसैंमय होस् नि । मखुला ??
rahulvai · Sep 21, 2009 8:42 AM
गूड् मर्निङ चौतारी ! गूड् मर्निङ ठुलि तिमीलाई पनि दशैको शुभकामना ! तारेमाम ठुल्दाइ, पिंग त जसरी भये नि हाल्नु पर्छ ठुल्दाइ ! जलपान भयो ठुल्दाइको? ल म मिटिङ सक्काएर आए एक्छिन मा !
ritthe · Sep 21, 2009 9:00 AM
तारेमाम् ठुल्दाइ रिट्ठे दसैं आयो खाउला पिउला के हुँदैछ त - सञ्चै होला केरे नयाँ चौतारी बनाउनु पर्यो दसैं स्पेसल् बरु पुरानो चौतारीमा टाँसेको कपेर पेस्ट गर्न मिल्दैन होला खै के को के हो
serial · Sep 21, 2009 9:18 AM
प्रणाम, खै के के भो, दसैं नि आएछ केरे। लु सब्बै बस्दै गरम, अलिकती काम सकाएर आउँछु। प्रणाम, ह्यापी दशै
perfectionist · Sep 21, 2009 9:24 AM
तारेमाम रिट्ठे, पुरे, लहरे । दसैं चौतारी बनाउनु पर्यो नि लहरे । पुरानो कपेर पेस्ट कति गर्ने ? यसपाली ब्राण्ड न्यू चौतारी खोपेर बेस्ट गर्ने । दसैं भत्ता भनी डबल तलब लिएको के मतलब त ? मखुला ??
rahulvai · Sep 21, 2009 9:31 AM
शुक्रबार नै साझा बनिसकेर ठूल्दाईले संक्रमणकालीन चौतारी बनाऊनुभएको रहेछ थाहा भएन। ढिलै भए पनि ठुल्दाईले बनाएको चौतारीमा अनुपस्थित् हुन त कसरि होला र? भन्दै यहाँ पनि आफ्नो उपस्थिती जनाउँदछु। श्रीमान जो आदेश, बिर्खे_माईला
Birkhe_Maila · Sep 21, 2009 10:12 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion