आफ्नो हत्याको षडयन्त्र भएको प्रचण्डको दावी विरोध सभामा बोल्दै प्रचण्डले दलहरुलाई नागरिक सर्वोच्चताको आफ्नो माग पूरा गर्न चेतावनी दिए एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु प्रधानमन्त्री हुँदा बालुवाटारमै आफ्नो हत्या गर्ने षडयन्त्र भएको वताएका छन्। नेपाली सेनाका तत्कालीन सेनापति हटाएपछि प्रधानमन्त्रीको सरकारी निवासभित्रै आफ्नो हत्या गर्ने षडयन्त्र कसले गरेको भन्ने कुराचाहीं उनले खुलाएनन्। आफुले हटाएको सेनापतिलाई राष्ट्रपतिले पुनर्स्थापना गरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका प्रचण्डले त्यही ताका आफ्नो हत्या गर्ने षडयन्त्र भएको वताए। खुलासा माओवादीले नागरिक सर्वोच्चता हुनुपर्छ भन्दै गरिरहेको सरकार विरोधी प्रदर्शनहरुका क्रममा राजधानीको खुलामञ्चमा शुक्रवार आयोजित विरोध सभा सुन्न गएका मानिसहरुलाई प्रचण्डले करीब चार महिना अगाडिको षडयन्त्रबारे वताएका थिए। यसअघिपनि श्रीलंकाका सरकारी सेनाद्वारा मारिएका तामिल विद्रोही नेता प्रभाकरणको जस्तो हालत आफ्नो बनाउने षडयन्त्र भइरहेको प्रचण्डले वताउने गरेका थिए। शुक्रवारको सभामा बोल्दै उनले सरकारी निवासमै आफ्नो हत्या हुन लागेको कुरा ख्यालठट्टा नभएको जनाउँदै भने, “सेनापति कटवाललाई हटाएपछि बालुवाटारलाई घेरेर कु गर्ने र हत्या गर्ने षडयन्त्र अँध्यारो कुनामा गरीएको थियो। यो बनावटी कुरा होइन, मलाई थाहा थियो।” हजारौं मानिसहरुको उपस्थितिमा उनले त्यसो भनेपछि एकछिन सबैजना अन्योलमा परे। लगत्तै उनले आफुले त्यस्तो षडयन्त्रबारे पूर्वजानकारी पाएपनि बालुवाटारभित्रै बलिदान दिन आफु तयार रहेको वताए। चेतावनी सेनापति प्रकरणको सेरोफेरोमा राजीनामा दिएपछि प्रचण्ड नेतृत्वको पार्टी माओवादी हाल देशव्यापी विरोधसभामा व्यस्त छ। शुक्रवारको सभा सम्बोधन गर्ने क्रममा प्रचण्डले पटकपटक खासगरी सत्ताधारी पार्टिहरु नेपाली कांग्रेस र नेकपा एमालेलाई माओवादीको नागरिक सर्वोच्चता र राष्ट्रपतिको असंवैधानिक कदम सच्च्याउने माग पूरा गर्न चेतावनी दिए। विगतमा माओवादीले हासिल गरेको शक्तितर्फ संकेत गर्दै उनले आफ्नो हालको शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता नगर्न चेतावनी दिएका थिए। “अहिले हामीसंग अपार जनसमुदाय, हजारौं बन्दुक, र लाखौं सेना छ। दलहरुले बेलैमा विचार पुर्याउन्,” उनले भने। पार्टीहरुप्रति तीखो आक्रोश व्यक्त गरेका प्रचण्डले माओवादी बाहेक अरु दल शान्ति प्रक्रिया र संविधान निर्माणमा इमान्दार हुन नसक्नेमा जोड दिए। शान्ति र संविधानलाई उनले माओवादीको संघर्षको बच्चाको संज्ञा दिए। “हाम्रो बच्चालाई हामी जल्लादहरुको हातमा छाड्न सक्दैनौं,” उनले दलहरुप्रति संकेत गर्दै भने। प्रचण्डका ताता उदघोषहरुलाई उनको भाषण सुन्न आएका मानिसहरुले तालीका गडगडाहटले स्वागत गरेका थिए। तर माओवादी र अन्य मुख्य दलहरुबीचको बढ्दो तिक्तताका कारण शान्ति प्रक्रिया ओझेलमा परेकोमा चिन्तित भएकाहरुलाई भने प्रचण्डको भाषणले कुनै उत्साह जगाउन नसक्ने कतिपय विश्लेषकहरुको भनाइ छ। Courtesy: www.bbc.co.uk/nepali
deshbhaktanepali · Sep 11, 2009 9:09 PM · 4,231 views
अब नेपालाँ गिर्जो जस्तो चतुर मनुस्ये पनि कतै छ त? यमाले लाई नि अली अली चिनी टेस्टाई हाल्यो । प्रचन्डो लाई नि ८-९ मैना प्रधान मुन्तरी को लाली पोप खुवाएर नाङेझार् बनाइहाल्यो । फाइनल्मा सुजु नानी लाई पर्धान मुन्तरी कुर्सी मा चडायेर कुर्सी को खम्बो भएर सिट्छ ।सिटेको सिटै गर्छ। अनी कस्ले लडाउने सरकार ? यो यो गिर्जो कुन दिन बोर्नेको रैछ नि ।
BudoBaaje · Sep 11, 2009 9:59 PM
Ullu Prachanda.... still trying to cheat Nepalese.. but no more.. he he.. Prachanda is proven to be a used CONDOM of INDIA... he knows well about this....
Ved555 · Sep 11, 2009 11:34 PM
A person who ignited a fire in the morale and wisdom of nepalese civilian from the very foundation, is not telling us, that a plan is being hatched to execute him. I don't think anyone can kill a person who is sole responsible for a massacre of 12000+ nepalese. This blockhead so called prachanda is simply trying to deceive uneducated Nepalese civilian for another one year in the name of constitution drafting followed by bullshit civilian supremacy. What a leaders we have got?
raju161 · Sep 12, 2009 12:16 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion