"चौथौ वार्षिकोत्सव बिशेष" समयको खुडकिलो संगै दिन हप्ता महिना बर्ष गर्दा गर्दै आज सम्पूर्ण चौतारी गाउँलेहरुको सदभाव, माया ममता र भाईचाराले गर्दा घर देखी टाढाको घर यस चौतारी चौथौ बसन्त पार गरी आज पाँचौ बसन्त टेक्दैछ ! यस सुखद घडीमा नयाँ पुराना सबै गाउँलेहरु भेला भई आ-आफ्नो रचना (कबिता, गीत, गजल, चुटकिला जे भएपनी) प्रस्तुत गरी यो अवसरलाई अझ बढी रोमान्चकारी तथा स्मरणिय बनाउन सहयोग गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौ (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा तिमी यसरी नै सधैं मुस्कुराइ रहनु चौतारी चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु तिमी मुसुक्क मुस्काउनु चौतारी म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु ~रिट्ठे राएमाझी~ सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- क्रेजी, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके, perfectionist-पुरे, keli-केली,chipledhunga-चिप्ले, gal-गेली, spoken-स्पोके, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानोअभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 158 editions. चौतारी - वार्षिकोत्सव विशेष "चौथौ वार्षिकोत्सव बिशेष" अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ बधाइ तथा धन्यवाद ! भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस् गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस् यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा- १) चौतारीमा आफ्नो अनुभव सुनाउनुहोला। २) यो बिशेष अंकमा चौतारीका सबै पुराना औतारीहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै ब्यस्त भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला। Last edited: 08-Sep-09 12:05 PM
serial · Sep 7, 2009 12:13 AM · 156,696 views
क्रेजी आत्मा-पर्मात्मा
perfectionist · Sep 11, 2009 2:51 PM
माफ गर्नुहोला उक्त अन्तरवार्ताको अर्को भाग भेटिएन। यहि पुराना चिहान खन्ने सिलसिलामा एउटा प्रश्नपत्र हात पर्यो। हुन त उक्त प्रश्नपत्रको उत्तर दिएर पुरस्कार पनि पाइसक्नुभएको थियो कोहि कोहिले तर पनि यि प्रश्नहरु नयाँ चौतारीमा पुन: एकपटक सोधिँदैछ। यो प्रश्नपत्र ले हाम्रा चौतारीका अग्रज तथा भेटेरान औतारी ठूल्दाईलाई कसले कति चिन्छ भन्ने देखाउँछ। प्रस्तुत छ प्रश्नपत्र- (१) ठूल्दाईले नेताहरुको खिल्लि उठाउँदा के ठुल्दाई दिल्लिमा थिए? २) चुरोट जेठो कि ठुल्दाई जेठो? ३) ठूल्दाईले म:म खाएको र पकाएको अनुभवलाई केलाउनुहोस र भन्नुहोस, यो सबै अनुभव प्राप्त गर्न कतिवटा भैँसिको प्राण आहुती भयो? त्यसबाट छोयला कचिलाको अनुभवमा परेका भैँसिहरु घटाउनुहोस! ४)सरकारी कामको अनुभवले ठुल्दाईलाई यि तीण मध्ये कुनमा बढि आनन्द दियो? क) चिया खानमा, ख) घाम ताप्नमा, ग)चिलिम तान्नमा ५)भोकाएको बेला आफ्नो अगाडि एक प्लेट म:म, एक खिल्लि चुरोट, टीविमा वन डे म्याच, र रेडियोमा नेपालको राजनैतीक परीवर्तनको ब्रेकिङ न्यूज आएरहेको छ, र ठूल्दाई यि सबै चिज मध्ये कुनै एक चिज गर्न सक्छन, भन्नुहोस ठुल्दाई के गर्नुहुन्छ?
Birkhe_Maila · Sep 11, 2009 2:59 PM
ल यो नि पढियो जिमाल-बा, मोलाई मोज्जा लाघेरा अा-यो। अघिन्है राक्द्या भे के जान्थ्यो। बाबाSSSSS न्हसघिने पो रिह्छ। ल्होल ल्होल
perfectionist · Sep 11, 2009 2:59 PM
हाहा च्याङ्बा को अन्तरवार्ता त भब्य छ है ! पुरे चौतारी छिर्न अली ढिलो गरेउ नि, तेती खेर कता थियो कुन्नी
ritthe · Sep 11, 2009 3:05 PM
(१) ठूल्दाईले नेताहरुको खिल्लि उठाउँदा के ठुल्दाई दिल्लिमा थिए? उत्तर: ठुल्दाले नेताहरुको होइन चुरोटको मात्र खिल्ली उडाउनु हुन्छ ! २) चुरोट जेठो कि ठुल्दाई जेठो? उत्तर: हात्ती बलियो कि हात्ती छाप चप्पल बलियो भने जस्तै भईहाल्यो नि ! ३) ठूल्दाईले म:म खाएको र पकाएको अनुभवलाई केलाउनुहोस र भन्नुहोस, यो सबै अनुभव प्राप्त गर्न कतिवटा भैँसिको प्राण आहुती भयो? त्यसबाट छोयला कचिलाको अनुभवमा परेका भैँसिहरु घटाउनुहोस! उत्तर: ठुल्दाइकै मुख बाट सुने बमोजिम ३६ बर्षे म:म अनुभवमा कम्तिमा पनि बर्षको एउटा भैंसी जोड्ने हो भने ३६ वटा भैंसी को प्राण आहुती भएको मान्न सकिन्छ ! ४)सरकारी कामको अनुभवले ठुल्दाईलाई यि तीण मध्ये कुनमा बढि आनन्द दियो? क) चिया खानमा, ख) घाम ताप्नमा, ग)चिलिम तान्नमा उत्तर: चिया सुरुप्प पार्दै चिलिम फुइ फुइ तान्नमा ! ५)भोकाएको बेला आफ्नो अगाडि एक प्लेट म:म, एक खिल्लि चुरोट, टीविमा वन डे म्याच, र रेडियोमा नेपालको राजनैतीक परीवर्तनको ब्रेकिङ न्यूज आएरहेको छ, र ठूल्दाई यि सबै चिज मध्ये कुनै एक चिज गर्न सक्छन, भन्नुहोस ठुल्दाई के गर्नुहुन्छ? उत्तर: महेन्द्र बौचा को म:म सम्झिदै वान डे म्याच हेर्नु हुन्छ ! अरु त उपाय नै छैन? मखुला?
ritthe · Sep 11, 2009 3:12 PM
हाहाहाहा पुन: एकपटक फेरि ठूल्दाई महीमा। यो चाहिँ स्वस्थानीमा ठूल्दाईको चित्रण-- :-) द्वितीय अद्याय- भगुतेन्द्र योगी अनेकन अलाप बिलाप गर्दै तरुनिमोहमा परेर नानाँभाँती दुख पाउँदा भया भनेर मैले प्रथम अध्यायमा कहेँ। द्वितिय अध्यायमा गोताएँ मुनिले भुत,प्रेत,पिशाच, प्रमथगण,यक्ष, गन्धर्व,किन्नर सहित धतुरोको नशामा लाल लाल चच्छु पार्दै यस चौतारी भूखन्डको कथा कहे। अब म कसरि दिपेन्द्र र उनका सखाहरु भगुतेन्द्र योगिको हालत देखेर प्रतिकृया गर्दा भया सो कुरा कहन्छु। तहाँ उपरान्त भगुतेन्द्रको अस्तव्यस्त शरीर,पँहेला चच्छु, कामेका हातखुट्टा र फक्रेर पानी समेत नपाएर त्यसै ओइलाउँदै गएको बैँश देखेर दिपेन्द्र र उनका सखाहरु ठूली ब्राम्हणीले खित्का छोडेको जस्तो गरेर खितितिति गर्न थाले। उक्त खितितिति कस्तो थियो भने,सम्पूर्ण वनलाई नै कँपाउने, रोलर कोस्टरको ट्रयाक मुनि बसेर माथि गुडेको आवाज श्रवण गरे भन्दा भयानक,पुन्टेन्द्र योगीको मुख छोडाइ भन्दा लाजमर्दो, ठुल्दाइस्सोरको अनुभव भन्दा पनि बटारिएको, माष्टरनी नानिले सोचेको अचेलको चौतारी भन्दा पनि बिग्रिएको, किरेजीको कथा भन्दा पनि तातो, सान्नानिको रेसिपि भन्दा पनि पिरो, लहरेको बोलि भन्दा पनि तोते, चनातरकारी भन्दा पनि खल्लो, अन्तरेले बाखरि बाखरि भनेर नाचे भन्दा पनि भयानक तथा ठूली ब्राम्हणीले बोले भन्दा नन स्टप थियो। रौद्र तथा अतिभयंकर यस्तो अट्टाहास रुपि खितितिति बाट यो सम्पूर्ण लोक काँप्न थाल्यो। यो कंपन यति रौद्र थियो कि, फुलौरे गाउँको वनमा "साझाबाट सन्यास पाउँ" भनि श्रिमहादेवको भुमिगत तपस्या गरेर बोका चम्रमा बसेका कुम्ले योगीको समेत तपस्या भङ्ग हुन पुग्दा, तपस्या सपस्या यस्तै हो भन्दै, उक्त बसेको बोका चम्रलाई टुक्रा टुक्रा पारेर, अनेकन मरमसला हालेर पकाई खाइ चौतारि तर्फ प्रस्थान गर्दा भया। नमे ऋषी चिम्टा बजाउँदै 'दौँतरी दौँतरी' को मन्त्र जाप गर्दै दौँतरीको ढोकामा भित्र छिर्ने टिकट बेच्न व्यस्त भएको बेलामा आएको उक्त अट्टाहासले गर्दा एकछिन आत्तिए, तर बरदानका धनि नमे ऋषी उत्तिनखेरै सम्हालिए र 'आउँछ मौका पर्खँदैन, बगेको खोला फर्कँदैन" भन्दै चौतारी लोकमा पुगेर अब 'दौँतरी' नगर मात्र उक्त अट्टाहसबाट सुरक्षित छ सम्पूर्ण देवताहरु उतै लागौँ भनेर सबैलाई आग्रह गर्दा भया। उक्त अट्टाहसले गर्दा, लुकेर सम्पूर्ण गतिबिधि नियालिरहेका र गजलमा मग्न भएका नेपे मुनीको बासस्थान समेत डगमगाउन थाल्यो। 'केवल त्यहि एक रात म जिउँदै थिएँ" भन्दै गरेका नेपे मुनिको बासस्थान डगमगाउन थालेपछि उनको मुखबाट वास्तविक गजलबाचन हुन थाल्यो। "केवल यो खितितिति नआउँदा सम्म म जिउँदै थिएँ" भन्दै उनि ठुल्दाइस्सोर महादेवको शरणमा जाँदा भया। अनुभव पर्वतमा ठुल्दाईस्सोर आफ्नि अर्धाङ्गिनी नेप्चिभवानि संग ठट्टामा व्यस्त थिए। अनुभव पर्वत कस्तो थियो भने ३६ बर्ष लामा ममचा पर्वत हरुले घेरिएको,जताततै इलाहाबादि पानका बोटहरुले शोभायमान भएको,सम्पूर्ण निकेतन हेर्दा यस्तो लाग्दथ्यो मानौँ बिश्व निकेतन यहि हो, नारायाण गोपालको गितले सम्पूर्ण वातावरणलाई सेन्टि बनाइरहेको, यत्र तत्र टिरेन गुडिरहेको र वातावरणमा 'अनुराधा अनुराधा!'को मन्त्र जाप भैरहेको!यस्तो लोकमा पुगेर नेपे मुनिले ठुलदाइस्सोरको अगाडि आएर 'त्राहिमाम् त्राहिमाम्' गर्दा भया। ठुल्दाईस्सोरले नेपे मुनिको 'त्राहिमाम त्राहिमाम' सुनेर 'तारेमाम तारेमाम' मात्र भन्दा भया! नेपे मुनिले कसरि दिपेन्द्र र उनका सखाको अट्टाहासले सम्पूर्ण लोक कम्पन भयो भनेर बताउँदा ठुल्दाईस्सोरले 'बा'बा' गर्दै हाँस्दै भन्दा भया- "हे नेपे मुनि, म यो अट्टाहासलाई साम्य पार्न सक्छु, इलाहाबादि काइदा, यसैमा छ फाइदा, तारेमाम्। " ठुल्दाईस्सोरको यस्तो बचन सुनि नेपे मुनि पुन: शान्त भएर गजल बाचन गर्दा भया! ठुलदाइस्सोरले गुप्त इलाहाबादि काइदा लगाएर त्यहाँबाट अन्तर्ध्यान भएर भगुतेन्द्र योगि मुर्छा परेको वनमा जाँदा भया। ठुलदाइस्सोरको इलाहाबादि काइदाले पनि जब दिपेन्द्र र उनका सखाको अट्टाहास रोक्न सकेन तब सबैले श्रि पुन्टेन्द्र योगिको नाम जप्दा भया। तहाँ उपरान्त पुन्टेन्द्र योगि आफ्नो बाहन ट्याक्सीमा चढेर उक्त वनमा आउँदा भया। पुन्टेन्द्र योगिले ठुलो स्वरमा गिटार बजाउँदै धोबिनिको च्यात्तेको पेटिकोटले तालु छोप्दै, दिपेन्द्र र उनका सखालाई सोमरस र कालो पदार्थको आश्वासन दिन थाले। यो आश्वासन सुन्ने बित्तिकै उक्त अट्टाहास रोकियो। अट्टाहास रोकिएपछि सबैको नजर भगुतेन्द्र योगिमा पर्न गयो। त्यतिबेला भगुतेन्द्र योगि अचेत अवस्थामा थिए तर अचेत अवश्थामै भए पनि उनको ओठबाट मसिनो स्वरमा "तरुनी!तरुनी" निस्किरहेको थियो। इति श्री ग्वाँचन्दपुराणे चौतारी खन्डे माघमहात्म्ये ग्वाँचागालबस्त संवादे श्री सोस्तानीपररररमेस्वरि प्रथमोध्याय
Birkhe_Maila · Sep 11, 2009 3:24 PM
>>>ठुल्दाईस्सोरले नेपे मुनिको 'त्राहिमाम त्राहिमाम' सुनेर 'तारेमाम तारेमाम' मात्र भन्दा भया!<<<
ritthe · Sep 11, 2009 3:35 PM
<<<पुरे चौतारी छिर्न अली ढिलो गरेउ नि, तेती खेर कता थियो कुन्नी>>>
perfectionist · Sep 11, 2009 3:44 PM
लु आजआ चौतारी यहिं बीट मारुम - सप्ताहन्त राम्ररी बितेस ।
chanaa_tarkaari · Sep 11, 2009 5:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion