ऋषि धमला सम्मानित Filed under: समाचार/विचार — admin @ 7:24 pm नेपालको पत्रकारिताको क्षेत्र विशिष्ट योगदान पुर्याएबापत उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलालाई आज दोसल्ला ओढाइ विशेष अभिनन्दन गरेका छन्। नेपाली पत्रकारिता क्षेत्रका भिन्न विधामा आफूलाई समर्पित गरी न्यायपूर्ण र सत्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गरी रिपोटर्स क्लबमार्फत् राष्ट्रिय सहमति निर्माणमा धमलाको महत्वपूर्ण भूमिका रहेको अभिनन्दन पत्रमा उल्लेख छ। अभिनन्दन गर्ने संस्थाको नाम नागरिक तथा सामाजिक सरोकार मञ्च हो। कार्यक्रमको सभापतित्व मञ्चका अध्यक्ष राज शर्माले गरेका थिए। उपप्रधानमन्त्री गच्छदारले धमलालाई राष्ट्रिय नागरिकको रुपमा सम्मान गरेका हुन्। कार्यक्रममा बोल्दै गच्छदारले माधवकुमार नेपालको विकल्प नभएको बताए। सरकारलाई दिएको समर्थन फिर्ता लिने आफ्नो पार्टीका सात जना सभासद्को निर्णय व्यक्तिगत भएको र सरकारबाट फिर्ता हुने पार्टीको निर्णय नभएको बताए। ठूला तीन दल आफ्नो स्वार्थमा भुलेको भन्दै उनीहरु सहमतिमा नआए अब मधेसवादी दलले नेतृत्व गर्ने उनले बताए। समर्थन फिर्ता लिन्छु भन्नेलाई धम्क्याए गच्छदारले Filed under: समाचार/विचार — admin @ 10:46 pm माधवकुमार नेपालको सरकारको जग हल्लिन थालेको छ। यो सरकार बनाउनमा सबैभन्दा बढी सहयोग दिएको मधेसी जनअधिकार फोरमको विजयकुमार गच्छदार समूह नै हो। काँग्रेस र एमाले मिलेर पनि सरकार बनाउन आवश्यक संख्या पुर्याउन नसकेर छटपटिरहेको बेला संसदीय दलका नेता रहेका गच्छदारले समर्थन पत्र बुझाएपछि बल्ल माधवकुमार नेपालको सरकार बन्ने निश्चित भएको थियो। अब अहिले आएर उपेन्द्र यादवलाई छाडेर त्यही गच्छदारसँग लागेका १५ जना सभासदले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका छन्। यो थाहा पाएर औधी रिसाएका उपप्रधानमन्त्री गच्छदारले विद्रोह गर्ने सभासदहरुलाई मारेर बागमतीमा फ्याँकिदिन्छु धम्क्याएको ती सभासदनिकट व्यक्तिले बताएका छन्। आज ऋषि धमलाको क्लबमा हुने विशेष पत्रकार सम्मेलनको निम्तोमा १५ जना सभासदले समर्थन फिर्ता लिने भने पनि सुरक्षाका कारण आठ जना मात्रै सार्वजनिक भएका छन्। भन्नलाई उनीहरुले उपराष्ट्रपति शपथ प्रकरणका कुरा जोडे पनि गाँठी कुरा भने सत्तासित जोडिएको रहेछ। अस्ति गरिएको पुनर्गठनमा मन्त्री बनौँला भनेर बसेकाहरु हिस्सिएपछि यसो गरेको रे। पुजारी पिटेर खुब आन्दोलन गरेँ भन्ठान्या होला Filed under: समाचार/विचार — admin @ 3:26 pm आफ्ना देशका पुजारी कुटिएपछि भारतीय राजदूत राकेश सुद संस्कृति मन्त्री मिनेन्द्र रिजाललाई लिएर पशुपति पुगेका थिए। फोटो सौजन्यः दिनेश श्रेष्ठ/ कृष्णसेन अनलाइन ती निरीह दुई पुजारीको के दोष थियो र। ल्याउनेले नल्याइदिएको भए उनीहरु आउने पनि थिएनन्। पशुपतिमा भारतीय पुजारी नियुक्तिको विरोध गर्ने नाममा माओवादी कार्यकर्ताहरुले हिजो हद नाघे। परम्परा पूरा गर्न गुप्तवास बसिरहेका दुई पुजारीलाई उनीहरुले गुप्तवास बसिरहेको कोठाको ढोका फोरेर चुटेछन्। त्यति मात्र हो र, जनै पनि चुँडालिदिएछन्। बिचरा पूजारीहरु रोए रे। भारतीय पूजारी रोएका हैनन्, त्यहाँ मानवीयता रोएको थियो। पूजारी पिटेर खुब ठूलो आन्दोलन गरेँ भन्ठानेका माओवादीहरु देखेर धर्ममा राजनीति नभइदिओस् भन्ने आशा राखेका सारा नेपालीहरु रोएका हुन्। सुरक्षा व्यवस्थाको धज्जी उडेको देखेर सारा नेपालीको मन रोएको हो। यो प्रकरणमा माओवादीका उच्च नेताहरुले एक शब्द बोलेका छैनन्। तर, माओवादी सरकारको पालामा पुजारी नियुक्त गरिएका ऋषि शर्माको नेतृत्वमा गठित संघर्ष समितिको नाममा भने उपद्रो मच्चिरहेको छ। शायद अब तह लाग्ने छन् होला। किनभने भारतीय विदेश मन्त्रालय र भारतीय राजदूतले थर्काइसके प्रचण्ड लगायतका नेतालाई। हामीले हैन जनताले वा उपद्रो गर्नेले गरेको हो भनेर वक्तव्य पनि आउला शायद। तर उनीहरुले कुरा लुकाउन सक्दैनन्। पशुपतिमा प्रतिस्पर्धाका आधारमा राष्ट्रियता जेसुकै भए पनि योग्यले पुजारी बन्न पाउनु पर्छ, भारतीयको एकाधिकार तोडिनुपर्छ, पशुपतिको भेटीलाई व्यवस्थित र पारदर्शी गरी जनहितमा लगाइनुपर्छ भन्ने मुद्दामा बहस जारी छ। कोही पक्षमा छन् कोही विपक्षमा। तर पुजारी पिट्ने माओवादीको चालालाई कसैले समर्थन गर्छ भनेर नसोचे हुन्छ। विवेकी आँखा भएका कसैले पनि यस्तो उपद्रो काममा समर्थन गर्दैन,गर्ने छैन।
timer · Sep 6, 2009 6:21 PM · 2,473 views
अब काशी मा रहेका नेपाली पूजारीहरु लाई पनि लात हानेर नेपाल भगाउने हुन् कि। अब हेरुम काशी बासी हरु कतिको मनबिय ढंगले बसेका रहेसन्।
raju161 · Sep 6, 2009 6:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion