"दण्डहिनता कहिले सम्म?"

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

"दण्डहिनता कहिले सम्म?" (कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।) &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; ९ बजेको समाचारबाट सुनिताको नमस्कार! आजको प्रमुख समाचारहरुमा- राज्यमा भएको दण्डहिनता अन्त्यको लागि सरकारले अपराध अनुसार कानुन तर्जुमा गर्ने प्रतिबध्त्ता ब्यक्त र तिर्थ यात्री बोकेर जादै गरेको सवारी दुरघटनाबाट ५ को घटना स्थलमै मृत्‍यु ! अब सुन्नुहोस् पुरा समाचार………. &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; off air भएपछी सुनिताको रिसको ज्वाला आज पनी बिस्पोर्ट हुने भयो भनेर सबै जना मुखामुख गरी रहेका थिए। समाचार सिध्दिना साथ आज त उ कसैसँग केही नबोली आफ्नो बाटो लागि। अचम्म माने सबै कर्मचारीहरुले सुनिताको आजको चाला देखेर। नत्र भने उ सधैं समाचार वाचन गरिसकेपछी रिसको आगो हुन्थी, जहीले पनि उही हत्या, हिसाँ अनी मृत्‍यु कै मात्र समाचार हुन्छ हाम्रो देशमा। जहिले नि मूड नै off हुन्छ समाचार वाचन गरेपछी भन्थी। तर आज त अचम्म भयो। &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; सुनिता, पेशाले उ RJ हो। समसमायीक कार्यक्रमहरु चलाऊनुका साथै समाचार वाचन पनि गर्छे उ। पत्रकारितामा पनि उस्को चाख छ। आफ्नो चाख पुरा गर्छे, बेलाबेला पत्र-पत्रीकाहरुमा आफ्ना रचनाहरु छापेर। उस्को मुल बिषयबस्तु नै हाम्रो देशमा भई रहेको दण्डहिनता सम्बन्धी हुन्छ प्राय। उस्ले चलाऊने प्राय कार्यक्रम पनि यसैसँग मिल्दो जुल्दो हुन्छ। जबसम्म हाम्रो देशमा दण्डहिनताले प्रसय पाइ नै रहन्छ, हाम्रो देशमा कानुनीले राज्यको उपहास हरेक स्तरबाट भैइ नै रहन्छ भन्ने उस्को मुल्याङ्कन छ। देशका ठुलाबडा भनाउदाहरु चाँही दश थरी नाटक रचेर मस्तले तमासा हेरिरहेका छन। चुनाव ताका नयाँ नेपाल बनाउने खुब प्रचार गरेपनी खै त्यो नयाँ नेपाल अहिले? क्षितिजमा अझैसम्म पनि देखिएको छैन नयाँ नेपालको झिल्को न त देखाएकै छ कुनै छाँटकाँट, ती ठुलाबडाहरुले देखएको त्यो सपनाले मुर्त रुप लिने। बेरोजगारिको समस्या अझ बडी नै रहेको छ। यस्तै यस्तै बिषयबस्तु हुन्थे उस्को कार्यक्रमहरुमा अनी लेखहरुमा। संचार माध्यम नै एउटा दरिलो माध्यम मानेकी छ उस्ले सारा जनतलाई जाकरुक गराउने अनी आफ्नो लक्ष्य सम्मा पुग्ने। &nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; उस्को आमाको सपना थियो उस्लाई media line तिर लगाउने, जुन पुरा पनि भयो। तर नेपालको media line को के कुरा गर्ने ? न कुनै सुरक्षा छ न त कसैले पत्रकारितालाई इज्जतिलो दर्जाले हेर्छन नै। 'कुनै पनि क्षेत्रमा पुरुष सरह क्षमता प्रदर्शन गर्न एउटी नारीलाई चारगुणा बढी क्रियाशील हुनुपर्छ रे'। तै पनि उस्ले, एउटी नारिले हिम्मत नहारी सफलताको शिखर चुमि रहेकी छ। उस्को एउटा अटल शोभाव छ। कुनै पनि काम "ए मलाई त त्यो आउँदैन" भन्नु भन्दा, एक चोटि प्रयास गर्छु भन्न रुचाउँछे। आउँदैन- भनेर पन्छिनेहरुले त नयाँ कुरा सिक्ने अबसर नै गुमाउँछन नि होइन्न र भन्छे। हरेक कुरा सिक्न खोज्छे त्यसैले "आउँदैन" कहिले पनि भन्दिन उ। जुन कुरा सुरु गर्छे, सफल पनि हुन्छे। &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;पिताको आशिर्बाद, आमाको ममता, दाईहरुको हौसला थियो केही बर्ष पहिला सम्मा उस्को साथ ! त्यही आशिर्बाद, ममता, हौसला अनि साथीभाईहरुको शुभकामना पाएर नै सुनौलो सपना देख्न थालेकी थिइ उस्ले- एउटा सफल महिला पत्रकार अनी RJ हुने - आफ्नो जीवनको अन्तिम घडी सम्म पनि। ढकमक्क फुल्न खोजेका फुल जस्तै थिए उस्का सपनाहरु उस्का सारा परिवार एकै साथ् हुँदा। तर बिगत केही बर्ष पहिला देखी त्यो सपना फुलाउने धुनमा छैन उ। आफ्नो जिबिका धान्न्को लागि लगिपरेको छ आज उस्का सपनाहरु अहिले। २ जना दाईहरु बेपत्ता छन बिगत २ बर्ष देखी। कस्ले केका लागि लगेका हुन अहिले सम्म थाहा छैन। दाईहरुलाई लगेको २-३ दिनमा खोज्दै, भौतारिदै उ मेल्टरी क्याम्प सम्मा पुगेकी थिइ। कान्छा दाईलाई देखेकी थिइ त्यहाँ उस्ले। दाईको शरीर रगताम्य थियो। मरेतुल्य भएको थियो उस्को मन। "को होउ तिमीहरु ? किन यहाँ राखेका छै मेरा दाईहरुलाई ? "भनेर चिच्याउँदा कसैको पनि बोली फुटेको थिएन त्यतिबेला। दाईले पसलमा<FONT face="Times New

Sufal · Sep 4, 2009 1:05 PM · 16,640 views

8 Replies

धेरै राम्रो प्रस्तुती छ - कीप इट अप अरु पनि थप्दै जाउँ

serial · Sep 4, 2009 9:20 PM

Thank you, Serial.

Sufal · Sep 10, 2009 2:26 PM

Error occured here because of server configuration. Any inconvenience is regretted - admin

Sufal · Sep 10, 2009 2:27 PM

कस्तो मन छुने कथा छ - लेख्दै गर्नु राम्रो छ लेखाइ - अली छिटो लेख्नु होला

serial · Sep 10, 2009 2:45 PM

मैले त् भाग १ नै पढेको थीन, आजै एकै साँसमा नरोकी पढें, छाती धक्क फुल्यो, झन्डै साँसै रोकेन। हो कथाकारले यो कथा काल्पनिक भनेर भन्नु त भो तर यो हाम्रो गाउँ-ठाउँमा घटिरहेको आज को कथा जस्तो लाग्यो। केइ हात-खुट्टा चिस्याउने पाटो नआउला भन्न सकिन्न, ब्यग्रताका साथ अर्को भागको प्रतिक्षामा।

perfectionist · Sep 10, 2009 4:05 PM

सुफल जि, मन छुने कथा छ, यो त वास्तबिक नेपाली जनताको घटना सँग मिल्छ। वास्तवमा भन्ने हो भने नेपालको राजनीतिक दलहरु अनि दल कमान्ड गर्नेहरुले सिधा - साधा नेपाली जनताको भबिस्य माथि खेलेको छ। यिनै दु:ख पिडाले भरिएको प्यूयोर् कथा छ। कालेदाइ &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;

Kaledai · Sep 11, 2009 6:33 AM

भाग ३:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; समय आफ्नै बेगमा दौडी रहेको थियो। दाईहरुको केही अत्तोपत्तो थिएन। आश नै मारौ भने पनि लाश नै देखेको छैन,कसरी काजकृया गर्ने। यता फरी आमा बुवा सुनिताको भबिस्य प्रती चिन्तित हुनुहुन्थियो। विवाह गर्ने उमेर पुगिसकेकी छोरी, त्यही माथि पत्रकार, भनेजस्तो केटा पाउन गाह्रो हुन्छ कि भन्नुहुन्थियो आमा। उस्ले पनि "जब सम्म दाईहरु अत्तोपत्तो लाग्दैन तब सम्मा म विवाह गर्दिन" भन्दिएकी थिइ। झन दुखी हुनु भएको थियो उँहाहरु।&nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; अब त उस्को जीवनको लक्ष्य नै दाईहरुको खोजी गर्ने भई सकेको छ। प्रशासन र आयोगहरुका राजनैतीक ओठे प्रतिबद्धता अब उस्लाई विश्वाश लाग्न छाडी सकेका छन। आफ्ना मागहरु पुरा गर्न, प्रशासन र आयोगहरुलाई घच्चघचाउन, &nbsp;देशबाट दण्डहिनताको अन्त्य गर्न अब यस्ता पीडित परिवारहरुको एउटा समुह नै बनाएर आन्दोलनमा उत्रिने बिचार गरेकी छ उस्ले। सबै तिरबाट यस्ता साथीभाईहरुको समुह बनाउन खोज्दै थिइ तर हामी कहाँ खटेर काम गर्ने भन्दा पनि अरुलाई पनि काम गर्न नदिने प्रवृत्तिले नै उस्लाई कती चोटि पछारी रहेको थियो। तर हिम्मत हारिन उस्ले। "थोपा थोपा पानीले समुन्द्र बन्दछ" भने जस्तै अहिले बेपत्ता व्यक्तिको तर्फबाट पिडित परिवारका सदस्यहरु राष्ट्रिय स्तरबाट नै आएका छन। सबै जनाको एउटै बोली थियो- हाम्रो बेपत्ता व्यक्तिहरुको कि त लाश चहियो कि त सास। दण्डहिनताको अन्त्य हुनु पर्छ। देशका ठुलो ओहदामा बसेका ब्यक्तिहरु हरेक छलफलमा सकारत्मक जवाफ दिन्छन तर कार्यवायन चाँही कहिलै गर्दैन। त्यसै हुनाले राज्य आँफैले पनि दण्डहिनतालाई प्रत्सोहन गरिरहेको आभस भइरहेको छ सबै जनताहरुलाई। आखिर किन त ? यस्तो अवस्थामा पीडित पक्षहरु आक्रोशित हुनु स्वाभाबिक नै हो। नियम भित्र रहेर आफ्नो सार्बभौमिकता अभ्यास गर्न पाउनु हरेक जनताको अधिकार हो । त्यो अधिकार राज्यले जनताहरुलाई दिन नै खोज्दैन, किन? के जनताको सुरक्षाको लागि हाम्रो सरकारले अपराध अनुसार कानुन तर्जुमा गर्न सक्दिन्न, आखिर किन ? &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; यो ५ बर्षमा कती चाडबाड आए गए, न त ति चाडबाडहरुले कुनै हर्स उल्लसको रौनकता नै भित्रायो उस्को घरमा न त कुनै उमङ्ग नै। यसै आउथें, जन्थें ति चाडहरु। तर हरेक सालको तिहार आउँदा त सुनिताको मन साह्रै नै रुन्थियो। यसपाली पनि त्यो आँशुको भेल खहरे खोला झै बर्सिने पक्क थियो। अफिस तिर जाने तर्खर गर्दै थिइ आज बिहान उ मोबाइल को घन्टी बज्यो। मोबाइल हेरी उस्ले तर नाम नै आएको थिएन। हत्तपत्त उठाइ। उताको कुरा सुनेर उसको बोली नै फुटेन। उस्ले यो कुरा त सोचेकी पनि थिइन की आफ्नो चाहना अनुसार, आफ्नो रहर पुरा गर्ने नाममा उस्ले उस्कै दाईहरुको ज्यान खतरामा मोलिदिएकी रहिछ। उ पत्रकार भएको कारण नै उस्का दाईहरु उस्को सामुबाट खोसिएका रहेछन, त्यतिबेला भूमिगत भएका दलबाट। अझ फोनमा आवाज आहिरहेको थियो कि अझ उ बेपत्ता व्यत्तिहरुको खोजीमा सकृया रुपमा लागि परेमा वा त कुनै त्यस्ता सम्बन्धी लेख रचना प्रकाशित गरेमा उस्लाई पनि यस संसार बाट बिदा गरिदिने धम्की दिएर फोन रखिदियो। आज भाईटिकाको दिन नै उस्ले यो के सुन्नु पर्‍यो। उ जो जहिले पनि आफ्नो दाजुभाईको सु-स्वास्थ अनी दिर्गायुको कामना गर्छे, उसैले नै गर्दा उस्का दाईहरु पीडित हुनु परेको हो त? यही कुराले मन गरुङ्गो पार्दै आजको समाचार वचन गरेकी थिइ उस्ले अनी कसैसँग पनि केही नबोली सरासर आफ्नो अफिस कोठा तिर लगेकी थिइ। सुनिताको मन छट्पटी रहेको छ। के गर्दा बेश होला, के नगर्दा ठीक होला छुटाउन सकेकी छैन उस्ले। आफ्नो बाँच्न पाउने अधिकार <SPAN lang=HI style="FONT-SIZE:

Sufal · Oct 19, 2009 1:57 PM

आफ्नो बाँच्न पाउने अधिकार पनि उस्ले अरुको ईशारामा प्रयोग भएको महसुस गर्दै छे। &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; के यही नै हो त मानब अधिकारको सुनिश्चितता? दाईहरुको बिछोडबाट बुवा आमा मरेतुल्य हुनुहुन्छ नै, यदी उस्लाई पनि केही भयो भने उँहाहरुले के गर्नुहुन्छ। ५ बर्ष अगाडिको द्रोन्द्रले अनेक थरीका पिडाहरु दिएका छन उँहाहरुलाई, मानसिक स्थिती झन कम्जोर भइरहेको छ। यस्तो परिस्थितीमा अब फरी अर्को एउटा उमा सिंह पनि थपिएमा के हुन्छ होला यो देशको गती? केहि गर्छु भन्ने सुनिता जस्तालाई गर्ने बातबरण छैन, केहि गर्न नसक्नेलाई उचित बाटो देखाउनु भन्दा ति नै जनताहरुबाट समाजमा अलिकति टाठाबाठा भै टोपलेका व्यक्तिहरुले समाजमा उदण्ड मच्याउने मनसायले जातिय, धार्मिक अनी यस्तै यस्तै आपराधिक समुहमा हुलेर आफ्नो स्वार्थ पुरा गरि आफु भव्य जीवन जिइरहेक छन। सभ्यताले भन्दा किन बडी प्राथमिकता पाइरहेको छ भव्यताले आजभोलि? "खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ" भने जस्तै जे जस्तो परिस्थिती आए पनी आफ्नो ज्यानको बाजी लगाएर दण्डहिनता जस्तो जघन्य प्रकृतिका अपराधीलाई नयाँ बन्ने संविधानमा मृत्युदण्डको प्रावधान हुनुपर्छ भने नारा अगाडि सर्ने अठोट लिइ उस्ले। देशका ठुलाबडाहरुले कानुनको शासनलाई नमाने सम्म, देश र जनता भन्दा आफु ठुलो भएको घमण्ड राजनितिक पार्टिहरुले ब्याबहार मै नत्यागे सम्म र कुरामा मात्रै सहमतिको राजनिति गर्ने प्रबृतिको अन्त्य नभएसम्म राष्ट्र र जनता झन झन दलदल भित्र फस्दै जाने निश्चित छ। त्यस्तै गन्तब्यहिन बाटो हिडेको हाम्रो सरकारले मानवीय कल्याणका लागि उठेका सुनिता जस्ताका पाइलाहरु साँच्चिकै कहिले देखी प्रशंसा गरी, देशमा दण्डहिनता अन्त्य गर्न निश्पक्ष रुपमा त्यस्ता अपराधहरुको अनुसन्धान गर्ने? त्यसैले आउनुहोश सरकारबाट केही आशा नराखी फरी अर्को पत्रकारको हत्य हुन नदिन, दण्डहिनताको अन्त्य गर्न सबै जना जागौ, &nbsp;अबेर भैसक्यो ! ~अस्तु~

Sufal · Oct 19, 2009 1:59 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all