चौतारी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो चौतारी आईतवार सम्मको लागि बनाइएको छ - सोमबार चौतारी जन्मोत्सब मनाइने हुँदा नयाँ चौतारी सोमबार को शुभ साइत मा बनाइने छ।   चौतारी जन्मोत्सब चौतारी चौथो जन्मोत्सब एही आउदो सोमबार पर्ने हुनाले यो खुशी को मौका मा सबैलाई बिदा दिने घोषणा गरिन्छ र मंगलवार सेप्टेम्बर ८ गते का दिन चौतारी चौथो जन्मोत्सब भब्यता का मनाइने कुरा को जानकारी पनि गराउदैछौ। सबैलाई जिम्मा दिइएको काम गरेर चौतारी जन्मोत्सब भब्यता का साथ मनाउँ। सबै पुराना चौतारी बासी हरु लाई पनि त्यो मंगलवार को दिन एकदिन भएनी चौतारी प्रबेश गरी केही मनमा लागेको कुरा गरी दिनु हुन अनुरोध गरिन्छ। चौतारी जन्मोत्सब समारोह समिती

serial · Sep 4, 2009 1:01 PM · 37,143 views

46 Replies · Showing 41 - 46
Page 3 of 3

Testing                          "चौथौ वार्षिकोत्सव बिशेष"  समयको खुडकिलो संगै दिन हप्ता महिना बर्ष गर्दा गर्दै आज सम्पूर्ण चौतारी गाउँलेहरुको सदभाव, माया ममता र भाईचाराले गर्दा घर देखी टाढाको घर यस चौतारी चौथौ बसन्त पार गरी आज पाँचौ बसन्त टेक्दैछ ! यस सुखद घडीमा नयाँ पुराना सबै गाउँलेहरु भेला भई आ-आफ्नो रचना (कबिता, गीत, गजल, चुटकिला जे भएपनी) प्रस्तुत गरी यो अवसरलाई अझ बढी रोमान्चकारी तथा स्मरणिय बनाउन सहयोग गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौ !   (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।  'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' **********************************************************************   लौ बसुम यही चौतारीमा तिमी  यसरी नै सधैं मुस्कुराइ रहनु  चौतारी चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु तिमी मुसुक्क मुस्काउनु चौतारी म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु ~रिट्ठे राएमाझी~ सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके, perfectionist-पुरे, keli-केली,chipledhunga-चिप्ले, gal-गेली, spoken-स्पोके, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,  laa- hoo-rays, all on the stage of Chautari of Sajhaland  (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 158 editions. चौतारी - वार्षिकोत्सव विशेष "चौथौ वार्षिकोत्सव बिशेष"  अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ  बधाइ तथा धन्यवाद ! भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस् गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस् यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा- १) चौतारीमा आफ्नो अनुभव सुनाउनुहोला। २) यो बिशेष अंकमा चौतारीका सबै पुराना औतारीहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै  ब्यस्त भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला। Last edited: 06-Sep-09 09:43 AM

serial · Sep 5, 2009 2:19 PM

"चौथौ वार्षिकोत्सव बिशेष" यस्को फन्ट् साइज सानो भयो।

rahulvai · Sep 5, 2009 2:25 PM

ओहो लहरेले वार्षिकोत्सव बिशेष चौतारी बनाउने तयारी गरेछ ! ल ल बौचा यो एउटा मेरो पिस पनि कतै टासिदेउ है नयाँ चौतारीमा ! राम्रो त छैन तै पनि मैले प्रयास भएको ले गर्दा ! तिमी  यसरी नै सधैं मुस्कुराइ रहनु  चौतारी चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु तिमी मुसुक्क मुस्काउनु चौतारी म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु

ritthe · Sep 5, 2009 3:18 PM

ल मलाइ त राम्रो लाग्यो। अरु थप थाप गर्ने भए सल्ला दिम। बरु के के गर्ने यसो ति पनि राखे हुन्थ्यो नि?

nepalean · Sep 5, 2009 4:28 PM

ल मलाइ त राम्रो लाग्यो। अरु थप थाप गर्ने भए सल्ला दिम। बरु के के गर्ने यसो ति पनि राखे हुन्थ्यो नि?

perfectionist · Sep 6, 2009 8:32 AM

kasto sun saan. lau dar lagyo ma ta bhage.

nepalean · Sep 6, 2009 10:05 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all