Political Threads

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Lately, I notice that the number of political threads in Sajha has dwindled very significantly. Does this mean that we have completely lost interest and faith in the "same old, same old" politics back home?

newlynew · Sep 4, 2009 7:48 AM · 2,404 views

3 Replies

Seems like it. I've stopped reading Nepalese news as well. I woudn't be surprised if people living in nepal stopped reading the news. There is only so much one can take.

grgDai · Sep 4, 2009 8:08 AM

Did you read this news, Estranged teenager blocks highway for his girlfriend In US and Europe when people get frustrated they carry gun and kill innocent peoples. But we have CHAKKA JAAM. May be it is not a political but as someone said is a " jaila majanu" incident.

NayaSadak · Sep 4, 2009 8:36 AM

सर्वहाराको सम्पत्ति ज्वाइँराजाको नाममा १९-भदौ-२०६६,शुक्रवार भाषणमा सधै सर्वहाराको भजन गाउने एकीकृत नेकपा माओवादीको नेतृत्व भित्रभित्रै कसरी व्यक्तिकेन्द्रित विलासी र येयासी जीवन बिताइरहेको छ भन्ने कुराको उदाहराण खोज्न अब धेरै टाढा पुग्नु नपर्ने भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै यसका अब्बल उदाहरण बनेपछि अन्य नेता तथा कार्यकर्तालाई पनि वैध वा अवैध जुनसुकै तरिकाले भए पनि व्यक्तिगत सम्पत्ति थुपार्न मार्गप्रशस्त भएको छ। लडाकु शिविरको गोप्य प्रशिक्षणमा क्यान्टोनमेन्टमा आएको रकमले हतियार खरिद गरी निर्णायक लडाईं लडेर कांग्रेस एमालेजस्ता दलहरूलाई समाप्त पारी नयाँ जनवाद ल्याउने गुरु योजना प्रस्तुत गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरका सम्पूर्ण सर्वहाराको सम्पत्ति आफ्नै ज्वाइँको खातामा थुपारी परिवारसहित विलासी जीवन बिताएको तथ्य फेला परेको छ। पार्टीका नेताहरूको सम्पत्ति छानविन गर्न गठित मोहन वैद्य नेतृत्वको आयोगमा अध्यक्ष दाहाललगायतका स्थायी समिति सदस्यहरू विरुद्ध यस्तो उजुरी परेपछि देशभरका सर्वहाराहरू झस्किनुपर्ने स्थिति उत्पन्न भएको छ। नेताहरूको सम्पत्ती छानविन गर्न बनेको समितिको बुधवार बसेको बैठकमा अध्यक्ष दाहालले सर्वहारा कार्यकर्ताले बुझाएको रकम र उनीहरूले उद्योगी ब्यापारीहरूसँग दुःख गरी उठाएको चन्दा अध्यक्ष दाहालका ज्वाईँ अर्जुन पाठकको नाममा खाता खोली पारिवारिक मोजमस्तीमा खर्चने गरेको भन्दै हालेको उजुरी फेला पारेको छ।   पार्टीका प्रत्येक सभासद्ले बुझाउने मासिक १० हजार रुपैयाँ, क्यान्टोनमेन्टमा लामखुट्टेलाई शरिर टोकाई घर छोडी बसेका छापामारको नाममा आएको रकम र चन्दावापत उठेको केही रकम ज्वाई नेता पाठकको नाममा खाता खोलेको र सोही खातावाट रकम निकालेर प्रचण्ड,उनकी पत्नी सीता र छोरा प्रकाश देश विदेश शयर गरेको तथा देशका महंगा तारे होटेलमा चार पुस्तै बसेर डिनर गर्ने गरेको भन्दै दाहाल विरुद्ध उजुरी परेको थियो। माओवादीका २ सय ३९ जना सभासद्ले मासिक १० हजारका दरले बुझाउने रकम र छापामारको भरणपोषणका लागि सरकारले दिएको रकम प्रचण्ड परिवारले मस्तीमै खर्चने गरेकोप्रति उनीहरूको आपत्ती रहेको थियो। स्रोतका अनुसार छानविन आयोगले छानविनका क्रममा बुधवार पाएको उजुरीमा अध्यक्ष दाहालले आफ्नै ज्वाइँ अर्जुनलाई स्वकीय सचिव पनि राखेको उनैका नाममा पार्टीको पुरै नगद बैंकमा राखेको र अर्जुनकी पत्नी तथा प्रचण्डपुत्री रेणु दाहाललाई सभासद् बनाएर ब्यक्तिगत विकासको अवसर आफ्नालाई मात्र दिएको आरोप छ।   जनयुद्धका क्रममा ज्यान गुमाएका सयौंको परिवारमा बिचल्ली रहेको र उनीहरूको जीवन खण्डहर बन्दै गएको अवस्थामा राज्य र जनतावाट उठेको रकममा अध्यक्षले परिवारसहित देश विदेश घुम्ने र आफ्ना चारपुस्ता तारे होटेलमा ज्युनार गरेर सर्बहारा वर्गमाथि कुठाराघात रहेको उजुरीमा उल्लेख छ।   प्रचण्ड विरुद्ध मात्र होइन करिव तीन दर्जन उजुरी पार्टी स्थायी समिति सदस्य विरुद्ध परेका छन्। स्थायी समिति सदस्य विरुद्धका उजुरीमा गुप्त रुपमा लुकाएर परिवारका सदस्यका नाममा घर बनाएको, जग्गा किनेको र तस्करहरूसँग मिलेर अकुत सम्पत्ती कमाएको तथ्य पनि फेला परेको छ। पार्टी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकरीले शैक्षिक ठग भन्दै एमाले कांग्रेस समर्थकलाई कारवाही गर्ने घोषणा गरेका वेला पार्टीका नेताहरूले गुप्त रुपमा महंगा शैक्षिक संस्थाहरूमा लगानी गरेको पनि फेला परेको छ। मंहंगा घर घडेरी खरिद गरेको, बोर्डिङ स्कूल र उच्च माविमा लगानी गरेका नेताहरूको नामै किटानी गरी परेका उजुरीमा स्थायी समिति सदस्य वर्षमान पुन अनन्त, नेवा राज्य समितिका इन्चार्ज हितमान शाक्य देखि ट्रेड युनियनका अध्यक्ष शालिकराम जमरकट्टेलसम्म छन्। यस्ता नामको सूचिमा कृष्णबहादुर महरा, सीपी गजुरेल, जनार्दन शर्मा, दीनानाथ शर्मा लगायत ८ जना नेता परेका छन्। उनीहरूले रक्तचन्दन तस्कर र भन्सार कारोवारीवाट पनि नियमित रकम असुली गरेको तथ्य फेला परेको पनि उजुरीमा छ। यस्तै पोलिटब्युरो सदस्य अग्नि सापकोटाका छोराले सरकारी गाडी प्रयोग गरेरै रक्तचन्दन खासा निकासी गर्ने गरेको र उनीहरूवाट संकलित रकम एक मासिक पत्रिकामा लगानी गरेको र राजमार्गमा वाइसीएल परिचालन गरी संकलन गरेको रकम पनि सापकोटाले अनियमितता गरेको उजुरीमा छ।   नेताहरूलाई चोख्याउन मात्र आयोग बनाइएको हुन सक्ने कार्यकर्ताहरूले आवाज उठाएका छन्। दुई वर्ष अगाडी मात्र सार्वजनिक भएका माओवादीका प्राय सबै नेताहरू हाल करोडौं रुपैया पर्ने गडी चढ्छन् र उनीहरूले महंगा होटेलमा खान पिनको हैसियत बनाएका छन्। कार्यकर्ताहरूलाई भने सर्वहारा जीवनशैलीको प्रशिक्षण उनीहरूले दिंदै आएका छन्। कार्यकर्ताले पालना गर्नु पर्ने १५ बुँदे आचार संहिता केन्द्रले पारित गरी कार्यकर्ताहरूमा लागु गर्ने वताउदै आएको छ।

sYaKuuRiolAKU_nchImb · Sep 4, 2009 10:25 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all